Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको राष्ट्रपति रनिङशिल्डको उपाधि आदर्श विद्यामन्दिर घैलाडुवाको पोल्टामा
    कनकाई नगरपालिका

    कनकाईको राष्ट्रपति रनिङशिल्डको उपाधि आदर्श विद्यामन्दिर घैलाडुवाको पोल्टामा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ माघ २०, आईतवार ०६:३८ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा सम्पन्न स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिर मावि घैलाडुवाले चुमेको छ ।

    प्रतियोगितामा १० स्वर्ण, ८ रजत र ६ कास्य सहित २४ पदक प्राप्त गर्दै आदर्श विद्यामन्दिर मावि घैलाडुवाले उपाधि चुमेको हो । उपाधिसँगै आदर्श विद्यामन्दिरले मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

    कनकाई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा एवं कनकाई नगर खेलकुद विकास समितिले संचालन गरेको प्रतियोगितामा ८ स्वर्ण, ६ रजत र १० कास्य सहित २४ पदक प्राप्त गर्दै कनकाई मावि द्वितीय भएको छ । त्यस्तै ७ स्वर्ण, ५ रजत र ६ कास्य सहित १८ पदक प्राप्त गर्दै पशुपति अंग्रेजी मावि तृतीय भएको बताइएको छ ।

    प्रतियोगितामा भृकुटी माविले ५ स्वर्ण, ८ रजत र ४ कास्य, फक्तालुङ एजुकेशन फाउण्डेसनले ५ स्वर्ण र ३ रजत, हरिकुल माविले ४ स्वर्ण र ५ कस्य, हिमाली माविले ३ स्वर्ण, ५ रजत र ४ कास्य , झापा मेरीगोल्डले ३ स्वर्ण, ३ रजत र ४ कास्य, चम्पापुर माविले २ स्वर्ण,३ रजत र ५ कास्य प्राप्त गरेको छ ।

    त्यस्तै सिंहदेवी मावि २ स्वर्ण, १ रजत र ५ कास्य, सरस्वती माविले १ स्वर्ण, ४ रजत र ५ कास्य, ग्लोबल एडुकेयर एकाडेमी १ स्वर्ण, १ रजत र ३ कास्य, दिव्यरत्न अंग्रेजी मावि १ स्वर्ण, पाथिभारा अंग्रेजी मावि १ स्वर्ण, देवकोटा अंग्रेजी मावि १ स्वर्ण, विद्योदय अंग्रेजी मावि १ स्वर्ण, नवयुग अंग्रेजी मावि ३ कास्य, बेनुबाजा अंग्रेजी मावि १ रजत, प्यारागन एकाडेमी अंग्रेजी मावि १ कास्य पदक प्राप्त गर्न सफल भएको सरस्वती माविका शिक्षक मित्रजंग कार्कीले जानकारी दिए । प्रतियोगितामा एथलेटिक्स तर्फका विभिन्न खेलहरु, भलिबल, कबड्डी, तेक्वान्दो र कराँतेका खेलहरु संचालन भएको बताइएको छ ।

    आदर्श विद्यामन्दिर मावि घैलाडुबामा तीन दिनसम्म संचालन भएको प्रतियोगिता नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो । नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयका २० वटा विद्यालयहरुको सहभागीता रहेको प्रतियोगिता समापन समारोहमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य एवं उपप्रमुख आशा शिवाकोटीको विशिष्ट आतिथ्यमा सुक्रबार सम्पन्न भएको हो । नगरभित्रका विद्यार्थीहरूलाई खेलकुदप्रति आकर्षित गर्ने तथा उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलमा अघि बढ्न प्रेरित गर्ने विश्वासका साथ प्रतियोगिता संचालन गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

    प्रतियोगितालाई सहज रुपमा सम्पन्न गर्न विद्यालयको तर्फबाट महत्वपूर्ण भुमिका खेलेको भन्दै आदर्श विद्यामन्दिर माविलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । आदर्श विद्यामन्दिर माविका प्रधानाध्यापक नरहरी न्यौपाने र कराँते तर्फका गुरु दुर्गा निरौलाले संयुक्त रुपमा संचालन गरेको समापन विशेष समारोहमा कनकाई नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजकुमार ओडारी, कनकाई वडा नं.९ र वडा नं.२ का वडाअध्यक्ष क्रमशः राजेन्द्रप्रसाद उप्रेती र बलराम राई सहित अन्य जनप्रतिनिधिहरु,आदर्श विद्यामन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमोहन उप्रेती, समाजसेवी शेरवहादुर थापा, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु सहित खेलप्रेमी व्यक्तित्वहरुको सहभागीता रहेको कार्यक्रम संयोजक नगर खेलकुद विकास समितिका उपाध्यक्ष गोविन्द उप्रेतीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.