Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    मानवीय सेवामा समर्पित लिलाप्रसाद चिमरिया : लायन्स गभर्नरको नयाँ यात्रामा

    २०८२ चैत्र २१, शनिबार १६:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजको पद हस्तान्तरणःचर्चित कवि पराजुलीलाई उत्कृष्ट नागरिक सम्मान
    कनकाई नगरपालिका

    सुरुङ्गा जेसीजको पद हस्तान्तरणःचर्चित कवि पराजुलीलाई उत्कृष्ट नागरिक सम्मान

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ माघ १७, बिहीबार ०६:३२ गते5 Mins Read

    कनकाई खबर \ अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था सुरुङ्गा जेसीजको १६औं पद हस्तान्तरण एवं उत्कृष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    सुरुङ्गा जेसीजको सभा हलमा एक भव्य समारोहका बीच सम्पन्न कार्यक्रममा वर्ष २०२५का नवनिर्वाचित अध्यक्ष दिपेन्द्र प्रधानलाई वर्ष २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) ले आफ्नो गलाको जेसीज चेन हस्तान्तरण गर्दै पदहस्तान्तरण गरेका हुन् ।सोही अवसरमा सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरीया सहित सबै पुर्व अध्यक्षहरुले सहजीकरण गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रधानले आफ्नो कार्यसमितिलाई पूर्णता समेत दिएका थिए ।

    केही दिन अघि नै सम्पन्न जेसीजको वार्षिक साधारणसभाले स्थानीय समर मेडिसिन सेन्टरका संचालक समेत रहेका जुझारु युवा दिपेन्द्र प्रधानलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । सोही दिन सम्पन्न साधारण सभाले कार्यकारिणी उपाध्यक्षमा डिल्ली रिजाल र विमान लामा तथा उपाध्यक्षहरुमा सोहन उप्रेती, सरीता गुरागाईँ, सुस्मीता बास्तोला र जेनीस चम्लागाईँ तथा जनसम्पर्क अधिकारीमा सारिका गिरीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष प्रधानले कानुनी सल्लाहकारमा मेनुका उप्रेती शिवाकोटी र महासचिवमा पुर्णराज श्रेष्ठलाई मनोनयन गरेका छन् ।

    त्यसैगरी कोषाध्यक्षमा रिसवसिंह चाहार, सचिवमा सुजता ओली, सहकोषाध्यक्षमा प्रतापबाबु जमरकट्टेल, जेसीज सप्ताह संयोजकमा विवेक शिवाकोटी सहित अन्य विभिन्न संयोजकहरु समेत मनोनय भएको बताइएको छ छ । नवनिर्वाचित अध्यक्ष प्रधानले अध्यक्ष सल्लाहकार र आर्थिक सल्लाहकार समेत चयन गरेका छन् । अध्यक्ष सल्लाहकारका रुपमा पुर्व अध्यक्षहरु जनक कार्की, त्रिलोचन चिमरीया, सरला दहाल पोखरेल, जविन तिम्सिना र जेसीज सदस्य सोमनाथ उप्रेती रहेका छन् । त्यस्तै आर्थिक सल्लाहकारका रुपमा कमल कट्टेल, उषा उप्रेती, सुष्मा न्यौपाने, किशोर दहाल र शिव काफ्ले रहेका छन् ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रधानलाई हाल निवर्तमान भएका पाठकले सपथ गराएका थिए भने वर्ष २०२५ को कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष प्रधानले नै सपथ गराए । वर्ष २०२५ को कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष जविन तिम्सिनाको संयोजकत्वमा रहेको निर्वाचन समितिले भुमिका खेलेको बताइएको छ । निर्वाचन समितिको सदस्यहरुमा पुर्व अध्यक्षद्वय सरला दहाल पोखरेल र त्रिलोचन उप्रेती साथै जेसीजका पुर्व सदस्य सोमनाथ उप्रेती रहेका थिए । कार्यक्रममा सुरुङ्गा जेसीजको कार्यसमितिमा रहेर उत्कृष्ट कार्य सम्पादन गर्ने जेसीज पदाधिकारी तथा सदस्यहरुलाई सम्मान सहित पुरस्कृत गरिएको थियो । यसरी वर्ष उत्कृष्ट जेसीज पुरस्कारबाट सम्मानित हुनेहरुमा क्रमशः रिसवसिंह चाहार, जेनीश चम्लागाईँ र सरीता नेपाल रहेका छन् ।

    सोही अवसरमा जेसीजको वार्षिक कार्यक्रमका रुपमा रहेको उत्कृष्ट नागरिक सम्मान कार्यक्रमलाई यस वर्ष समेत निरन्तरता दिइएको छ । नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै चर्चित कवि नवराज पराजुलीलाई उत्कृष्ट नागरिकको रुपमा सम्मान गरिएको हो । स्वदेश तथा विदेशमा समेत नेपाली सांगीतिक क्षेत्रको श्रीवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै कवि पराजुलीलाई सुरुङ्गा जेसीजले यस वर्षको उत्कृष्ट नागरिकको रुपमा सम्मान गरेको हो ।

    सुरुङ्गा जेसीज वर्ष २०२४ का अध्यक्ष दुर्गाप्रसाद पाठक(राजु) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी हिमालयन टेलिभिजनका प्रधान सम्पादक समेत रहेका वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ, विशिष्ट अतिथी कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, नेपाल जेसीज क्षेत्र(क) निरुपित कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा, सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरीया सहित पुर्व अध्यक्षहरुको उपस्थितीमा कवि पराजुलीलाई उत्कृष्ट नागरिकको सम्मान दिएको हो । सुरुङ्गा जेसीज पुर्व अध्यक्ष सुस्मा न्यौपाने उप्रेतीले कवि पराजुलीको व्यक्तित्वका बारेमा चर्चा गरेकी थिइन् ।

    सन् २००८ मा स्थापित सुरुङ्गा जेसीजले २०१० देखी सुरु गरेको उत्कृष्ट नागरिक सम्मान कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ पत्रकार बानियाँले जेसीजका युवाहरुलाई उत्प्रेरणा जगाउँदै विश्वास, ईमान्दारिता र समर्पणका साथ जेसीज अभियानमा लाग्न सुझाव दिए । समाजमा सकारात्मक परिवर्तन ल्याउन नेतृत्व एवं व्यक्तित्व उत्कृष्ट हुनु पर्नेमा जोड दिँदै प्रमुख अतिथी बानियाँले समाज रुपान्तरणमा जेसीजका युवाहरु सक्रिय बन्नु पर्ने बताए । पछिल्लो समय सामाजिक संजालको चरम दुरुपयोग भएका कारण समाजमा विकृति फैलिएको भन्दै बानियाँले यसको न्युनिकरणका लागि जेसीजका युवाहरुले अभियान चलाउँन सुझाव दिए ।

    त्यसै गरी नेपाल जेसीजका क्षेत्र(क)निरुपित कार्यकारिणी उपाध्यक्ष सापकोटाले समाजमा रहेका १८ वर्षदेखी ४० वर्ष सम्मका युवाहरुको व्यक्तित्व साथै नेतृत्व क्षमतामा विकास गर्दै आएको जेसीजले समाज रुपान्तरणमा सकारात्मक सन्देश दिँदै अघि बढेको बताए । कार्यक्रममा जन्मदाता आफ्नी आमाका साथमा उपस्थित भएका सम्मानित व्यक्तित्व चर्चित कवि पराजुलीले अनुभूती मन्तव्य राख्ने क्रममा प्रस्तुत गरेको अत्यन्तै मर्मस्पर्शी कविताले सभा हलमा सन्नटा छाएको थियो ।

    नौमति बाजासहित भव्य समारोहका बीच सुरुङ्गा जेसीजबाट भएको सम्मानले आँफूलाई सगरमाथाको उचाईमा पुर्याए झैं महसुश भएको भन्दै कवि पराजुली अत्यन्तै भावुक बनेका थिए । कवि पराजुलीले आफूले कविता लेखेर सुनाएका कारण सुरुङ्गा जेसीजबाट पाएको उत्कृष्ट नागरिकको सम्मानले जीवनमा अझै जिम्मेवारी थपिएको भन्दै आफ्नी आमाप्रति समर्पित ‘हेप्पी बर्थडे छोरा’ नामक कविता प्रस्तुत गरेका थिए । आफ्नो छोरालाई जेसीजबाट भएको सम्मानले अत्यन्तै खुशी भएकी आमाको अझै धेरै वर्ष बाँच्ने साहस बढेको भन्दै कवि पराजुलीले आयोजक संस्थाप्रति आभार प्रकट गरे ।

    कार्यक्रममा वर्ष २०२४ की तालिम निर्देशक मेनुका उप्रेती शिवाकोटीले आस्थावाचन साथै सदस्य खुस्बु पौडेल तिम्सिनाले जेसीज मिसन भिजन प्रस्तुत गरेकी थिइन् । कार्यक्रम संयोजक वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष विवेक शिवाकोटीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको उद्घाटन विशेष समारोहमा स्थानीय हाम्रो पाठशालाका वालवालिकाहरुबाट स्वागत नृत्य प्रस्तुत भएको थियो । कार्यक्रममा सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरीया, पुर्वअध्यक्षहरु कुमारमणी पोखरेल, एलपी उप्रेती, शिव कडेल लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । पहिलो सत्रको कार्यक्रम संचालन वर्ष २०२४ का महासचिव रिसवसिंह चाहारले गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम संचालन वर्ष २०२५ का महासचिव पुर्णराज श्रेष्ठले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    मानवीय सेवामा समर्पित लिलाप्रसाद चिमरिया : लायन्स गभर्नरको नयाँ यात्रामा

    २०८२ चैत्र २१, शनिबार १६:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    मानवीय सेवामा समर्पित लिलाप्रसाद चिमरिया : लायन्स गभर्नरको नयाँ यात्रामा

    २०८२ चैत्र २१, शनिबार १६:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते

    महाकालेश्वर शिवालय मन्दिरमा भएको महायज्ञको आयव्यय सार्वजनिक

    २०८२ चैत्र २०, शुक्रबार २३:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.