Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई वडा नं.३ को आग्रहः ‘इन्टरनेट प्रदायक संस्थाले स्थानीय तहमा जोडिनुपर्छ’
    कनकाई नगरपालिका

    कनकाई वडा नं.३ को आग्रहः ‘इन्टरनेट प्रदायक संस्थाले स्थानीय तहमा जोडिनुपर्छ’

    कनकाई खबरBy कनकाई खबर२०८१ माघ १२, शनिबार ०७:४५ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई वडा नं. ३ को कार्यालयले इन्टरनेट प्रदायक संस्थालाई स्थानीय तहमा जोडिन आग्रह गरेको छ ।

    वडा कार्यालयले पटक–पटक गरेर इन्टरनेट, केवल तथा फोन प्रदायक संस्थालाई पत्राचार गरेर छलफलका लागि बोलाएपनि थोरै संख्यामा मात्र उपस्थित हुने गरेको भन्दै कडा चेतावनी दिइएको छ । यसरी पटक पटक जानकारी गराउँदा पनि अटेरी गरेमा कानुनी कार्वाहीको प्रक्रियामा अघि बढ्ने वडा अध्यक्ष युवराज चम्लागाईँले जानकारी गराएका छन् ।

    स्थानीय सरकारले बोलाउँदा समेत अटेर गर्ने इन्टरनेट प्रदायक संस्थालाई वडा कार्यालयमा छलफलका लागि उपस्थित भएर सुचिकृत तथा दर्ता र केवल तार व्यवस्थापनका लागि कडा चेतावनी दिएको हो ।

    कनकाई–३ का वडाध्यक्ष चम्लागाईले शुक्रवार इन्टरनेट, टेलिकम, केवलवालालाई अन्तर सम्वादका लागि पत्राचार गरेको बताए । ‘यो तेस्रो पटक पत्राचार गरेको हो’ वडाध्यक्ष चम्लागाईले भने ‘पटक–पटक गरेर सहकार्य र सहजताको लागि पत्राचार गर्दासमेत केही मात्र संस्थाको उपस्थिति छ ।’ यस अघि भएको छलफलमा ९ वटा इन्टरनेट प्रदायक संस्थाको उपस्थित भएपनि यस पटक चार वटाको मात्र उपस्थिति रहेको चम्लागाईँ बताउँछन् ।

    वडाअध्यक्ष चम्लागाईँले कनकाई नगरस्थित सुरुङ्गा बजार क्षेत्रमा रहेका बिजुलीका पोलमा जथाभावी इन्टरनेट, केवल, टेलिफोन लगायतका तार अब्यवस्थित हुँदा आगलागी र सवारी दुर्घटना हुने भएकाले त्यसलाई ब्यवस्थित गराउने उदेश्यले सम्बन्धीत संस्थाहरुसँग अन्तर सम्वाद कार्यक्रमका लागि छलफल गर्न बोलाइएको बताए ।
    पछिल्लो समय अव्यवस्थित तारका कारण आगलागीका घटना समेत भएको कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य कृष्णमाया भुजेल बताउछिन् ।

    १४ वढी इन्टरनेट प्रदायक संस्थालाई पत्राचार गरेपनि आजको छलफलमा फाइबर वर्ड कम्युनिकेशन, डिस होम, बर्डलिंक र नेपाल लिंक कम्युनिकेशनका प्रमुख तथा प्रतिनिधिको मात्रै उपस्थित रहेको बताइएको छ ।

    वडा सदस्य गोविन्द सुवेदीले विद्युतीय पोलहरुमा टाँगिएका अव्यवस्थित तारले नगर क्षेत्रलाई कुरुप बनाउनुका साथै दुर्घटनाको जोखिम बढाएको भन्दै कनकाई सहित अन्य पालिकाले समेत यसको व्यवस्थापनमा जुट्नुपर्नेमा जोड दिए ।

    वडा कार्यालयमा भएको अन्तर सम्वाद कार्यक्रममा इन्टरनेट प्रदायक संस्थाले माघ मसान्तसम्ममा वडामा सुचिकृत तथा दर्ता गर्नुपर्ने, पोलमा अब्यवस्थित रुपमा रहेका इन्टरनेटका केवल तथा तारहरु ब्यवस्थित गरी लिखित रुपमा वडा कार्यालयमा कार्य सम्पादन बारे जानकारी दिनु पर्ने निर्णय गरिएको छ ।

    साथै उपस्थित नहुने इन्टरनेट प्रदायक संस्थालाई पुनः पत्राचार गर्ने र ती संस्थालाई पनि उक्त निर्णय कार्यन्वयन गराउने वडाअध्यक्ष चम्लागाईले बताए । छलफलमा उपस्थित इन्टरनेट प्रदायक संस्थाले उक्त निर्णय पालना गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
    कार्यक्रममा कार्यपालिका सदस्य कृष्णमाया भुजेल, वडा सदस्य सुश्मा परियार, वडासचिव कमल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.