कनकाई खबर \ रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा ग्रामिण क्षेत्रका कृषकलाई व्यवसायिक च्याउ खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ ।

परम्परागत रुपमा कृषि कर्म गर्दै आएका ग्रामिण क्षेत्रका कृषकहरुलाई प्रविधिसँग जोड्दै कनकाई–८ स्थित भेटवाल गाउँमा व्यवसायिक च्याउ खेती प्रविधि तालिम सम्पन्न गरेको हो । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको रोटरी क्लव अफ सुरुङ्गाले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, कृषि तथा स्वरोजगारमूलक कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ । त्यस्तै शुद्ध पिउने पानी वितरण, महिला तथा वालवालिका, अपाङ्गता, ज्येष्ठ नागरिकको स्वास्थ्योपचारका क्षेत्रमा समेत रोटरीको भूमिका अब्बल रहेको बताइएको छ ।
यसै क्रममा च्याउ खेतीको प्रवद्र्धन गर्ने उद्येश्यले रोटरी क्लब अफ सुरुङ्गाले शुक्रवार एक दिवसीय तालिमको आयोजना गरेको हो । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा न्यू सिद्धि बिनायक च्याउ फार्ममा तालिमको आयोजना गरिएको क्लवका प्रेसिडेन्ट इलेक्ट डिल्लीराम मैनालीले जानकारी दिए ।
कनकाई स्वावलम्बी अपाङ्गता संस्थाका अपाङ्ग भएका १५ जनासहित २८ बढीको सहभागीता रहेको तालिमको सहजीकरण युवा वैज्ञानिक प्रशोधन निरौलालले गरेका थिए ।तालिममा सहभागी सबैलाई जनही ५० पोका च्याउको बिउबिजन बितरणसमेत गरिएको थियोे ।
रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन तालिममा कनकाई–८ का वडाअध्यक्ष लिलाबहादुर कटुवालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, कनकाई नगरपालिका कृषि शाखा प्रमुख समिता सोती, कृषि विकास अधिकृत यदुकुमार उप्रेती, नगरकी महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडा, कनकाई स्वावलम्बी अपाङ्गता संस्थाका अध्यक्ष पुष्पलाल घिमिरे, रोटरी क्लब अफ सुरुङ्गाका प्रेसिडेन्ट इलेक्ट डिल्लीराम मैनाली, प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोरा, रोटरी क्लब अफ सुरुङ्गाकी सदस्य सुष्मा न्यौपाने उप्रेती , मेनुका उप्रेती लगायतको आतिथ्य रहेको थियो ।
क्लवका अध्यक्ष लुवराज उप्रेतीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन सचिव सोमनाथ उप्रेतीले गरेका थिए ।
