Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोड महोत्सवको तयारी पूरा, मुख्यमन्त्री कार्कीले समुद्घाटन गर्ने
    कनकाई नगरपालिका

    बिर्तामोड महोत्सवको तयारी पूरा, मुख्यमन्त्री कार्कीले समुद्घाटन गर्ने

    कनकाई खबरBy कनकाई खबर२०८१ माघ ७, सोमबार २२:२८ गते2 Mins Read

    झापा \  बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन् ।

    भोलि मंगलबारबाट शुरु गर्न लागिएको ब्यापार महोत्सवको सबै तयारी पूरा भएको बिर्तामोड उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी जनाएको हो । माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवलाई एपोलो पेन्टसले मुख्य प्रायोजन गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

    बिर्तामोड नगरपालिका ५ धर्मकाटा रोडस्थित महोत्सवस्थलमा आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष न्यौपानेले महोत्सवमा १५० वटा स्टलहरु रहेको बताए । यहाँका व्यवसायीहरुले देश विदेशका विभिन्न भागमा उत्पादित सामग्रीहरुको भण्डारण, वितरण र निर्यातको काम गरिरहेको भन्दै अध्यक्ष न्यौपानेले अलैंची, अदुवा, कुचो, चिया, सुपारी, मसलाजस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रवर्धन गर्ने अपेक्षा रहेको सुनाए ।

    महोत्सवले यहाँका व्यवसायी मार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी बस्तु उत्पादन गरेर रोजगारी सिर्जना गराउन थप बल प्रदान गर्ने विश्वास लिएको उनको भनाई छ । महोत्सवमा मित्रराष्ट्र भारत, भुटान, बंगालादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टलहरु समेत रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको महासचिव कुशल खतिवडाले बताए ।

    माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने व्यवस्थापक ललित सिम्खडाले बताए । यसैगरी विभिन्न जात जातिका कला संस्कृतिहरुलाई समेत समेटिने बताइएको छ ।

    महोत्सव अवधिभर दुई लाख जनाभन्दा बढी अवलोकनकर्ताले व्यापार महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको र महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा सीसी क्यामेराको प्रवन्ध गरिएको पत्रकार सम्मेललनामा जानकारी दिइयो ।

    शान्ति सुरक्षाको चुस्त व्यवस्थापनका लागि स्थानीय प्रशासनसँगको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समेत सहयोग लिइएको र महोत्सवलाई थप उल्लासमय बनाउन बालबालिकाहरुलाई लक्षित गरी मनोरञ्जनपूर्ण खेलहरु समेत महोत्सव परिसरमा व्यवस्थापन गरेको अध्यक्ष न्यौपानेले बताए ।

    महोत्सवको उद्घाटन सत्रमा अपरान्ह १ बजे दर्जनौं जातिका भेषभूषा, बाजागाजा, सामाजिक संघ–संस्था, उद्योगी व्यवसायी र शुभेच्छुकहरुको उपस्थितिमा नगरपरिक्रमा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । नगर परिक्रमा संघको कार्यालयबाट प्रारम्भ हुने छ ।

    नेपालसहित छिमेकी मुलुकका उपभोक्तालाई एकै थलोबाट उपभोग्य वस्तुको खरिद र अवलोकन गराउँदै आर्थिक गतिविधिलाई थप चलायमान बनाउन यो महोत्सवले टेवा पुर्याउने आयोजकको विश्वास छ ।

    पत्रकार सम्मेलनमा संघका जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले स्वागत गरेकी थिइन् भने सञ्चालन महासचिव खतिवडाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.