Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संघर्ष र अनुभवले खारिएका बौद्धिक व्यक्तित्व भट्टराई त्रिदेव क्याम्पसको प्रमुखमा नियुक्त
    कनकाई नगरपालिका

    संघर्ष र अनुभवले खारिएका बौद्धिक व्यक्तित्व भट्टराई त्रिदेव क्याम्पसको प्रमुखमा नियुक्त

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ माघ ७, सोमबार ०८:४८ गते2 Mins Read

    कनकाई खबर \ झापाको मेचीनगर १३, चारालीस्थित त्रिदेव बहुमुखी क्याम्पसको प्रमुखमा बौद्धिक व्यक्तित्व गोपीकृष्ण भट्टराई नियुक्त भएका छन् ।
    विश्वविद्यालय अनुदान आयोग नेपालबाट क्यु.ए.ए. प्राप्त पूर्वक्षेत्रकै एक प्रसिद्ध शैक्षिक प्रतिष्ठान त्रिदेव बहुमुखी क्याम्पस चारआलीको क्याम्पस प्रमुखमा नियुक्त भट्टराई यसै क्याम्पसका संस्थापक शिक्षक साथै दाता समेत हुन् ।

    क्याम्पस सञ्चालक समितिको शुक्रवार सम्पन्न बैठकले भट्टराईलाई आगामी चार वर्षका लागि क्याम्पस प्रमुख नियुक्त गरेको समितिका अध्यक्ष हरि घिमिरेले जानकारी दिए । संघर्ष र अनुभवले खारिएका बौद्धिक व्यक्तित्व भट्टराईले माघ ६ गते आइतबारदेखी आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
    कनकाई मावि सुरुङ्गाका पूर्व प्रअ, नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर समितिका निवर्तमान अध्यक्ष तथा हाल संगठनका कोशी प्रदेश प्रतिनिधि समेतको जिम्मेवारीमा रहेका भट्टराई मानवअधिकारकर्मी, विद्यार्थीमाझ लोकप्रिय प्राध्यापकका रुपमा परिचित छन् । वौद्धिक व्यक्तित्व भट्टराईले वि.सं. २०६५ सालदेखि १२ बर्षसम्म कन्काई बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको शिक्षण अनुभव प्राप्त गरेका छन् ।

    यसअघि त्रिदेव क्याम्पसमा माधव प्याकुरेल क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका थिए । स्थापना कालदेखिकै क्याम्पस प्रमुख प्याकुरेलले दुई महिना अघि नै स्वेच्छिक अवकाश लिएपछि सहायक क्याम्पस प्रमुख तेजप्रसाद खनालले निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
    पिता मनप्रसाद र माता गोमादेवी भट्टराईका कान्छा सुपुत्रका रूपमा २०२३ सालमा जन्मीएका गोपीकृष्ण भट्टराईको बाल्यकालको आफ्नै संघर्षमय कथा छ । जन्मीएको छ महिनामै बुबाको निधन भएपछि विकट पहाडी क्षेत्रमा २३ वर्षको उमेरमै एकल जीवन बिताउँन बाध्य भएकी आमा र फुपू दिदीहरुको रेखदेखमा हुर्किएका भट्टराई अत्यन्तै संघर्षशिल व्यक्तित्वका रुपमा परिचित छन् ।

    आफ्नै संघर्ष र दुःखले पढ्दै पाँचथरको सुवाङ विद्यालय, इलामको महेन्द्र बहुमुखी क्याम्पसबाट आई.एड.तह र काठमाण्डौ कीर्तिपुरबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका भट्टराईले २०४७ माघदेखि कीर्तिपुरको बाघभैरव इङ्लिस बोर्डिङ स्कुलबाट शिक्षण पेशा सुरु गरेका हुन् । वि.सं. २०५६ देखि ६१ सालसम्म इलामको महेन्द्ररत्न क्याम्पसमा समेत शिक्षण गरेका भट्टराईले आफ्नो व्यवहारिक कारणले झापा बसाई सरेसँगै इलाम क्याम्पसको जागिर छोडेर माध्यमिक तहको शिक्षक साथै कन्काई माविको प्रधानाध्यापकको जिम्मेवारी र अनुभव समेत प्राप्त गरेका छन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.