Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई घाटमा विद्युतीय शवदाह गृह बन्ने
    कनकाई नगरपालिका

    कनकाई घाटमा विद्युतीय शवदाह गृह बन्ने

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८१ माघ ७, सोमबार ०६:२१ गते4 Mins Read

    कनकाई खबर \ कनकाई नगरपालिका–४ स्थित कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ ।

    कनकाई नदीको पूर्वी किनार कोटीहोमस्थित कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको हो । शवदाह गृह निर्माणका लागि कोशी प्रदेश सरकार र कनकाई नगरपालिकाले लगानी गर्ने तय भएको छ । दुई करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको शवदाह गृहको निर्माण चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने तयारी छ । विद्युतीय शवदाह गृहमा एउटा शव जलाउन ४५–५० मिनेट लाग्ने र लगभग ६ सय रुपैयाँको बिजुली खपत हुने बताइएको छ । एक पटकमा २ वटासम्म शव जलाउन मिल्नेछ ।

    वनजङ्गलको बढ्दो विनाशका कारण दाउरा पाउन मुश्किल पर्ने, विपन्नलाई दाउरा खरिद गर्न महङ्गो पर्ने र अन्त्येष्टिका लागि समय पनि धेरै लाग्ने भएका कारण विद्युतीय दाहसंस्कार स्थल बनाउन लागिएंको कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष रोशन सुवेदीले बताए । विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीय सरकार कनकाई नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको सुवेदीले बताए । हरहालतमा यो परियोजनालाई पुरा गर्न कनकाई नगरपालिका सङ्कल्पित रहेको सुवेदीको भनाइ थियो ।

    कोशी प्रदेश सरकार खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्री माननीय एकराज कार्कीको विशेष पहलमा मेची अञ्चलको पहिलो विद्युतीय शवदाह गृह निर्माण हुन लागेको हो । आम जनताको मागलाई शिरोपर गर्दै विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको र त्यसका लागि आवश्यक मेसिन खरिद गर्न कोशी प्रदेश सरकार तयार भएको खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्री एकराज कार्कीले बताए ।

    विद्युतीय शवदाह गृह यन्त्र खरिदका लागि सहयोग गर्दा बाँकी काम स्थानीय सरकार र जनस्तरबाट हुने अपेक्षा गरिएको, यसका लागि प्रदेश सरकारले २ करोड रुपैयाँ लगानी गर्ने र कनकाई नगरपालिकाले शवदाह यन्त्र राख्नका लागि आवश्यक आधार निर्माण गर्ने द्विपक्षीय सम्झौता भएको मन्त्री कार्कीले जानकारी दिए ।

    कनकाई घाटको सबैभन्दा दक्षिणमा रहेको चितास्थललाई आधार बनाएर विद्युतीय शवदाह गृह बनाउँदा बढीमा १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । हाल कनकाई घाटमा दाउराबाट जलाउने ५ वटा चितास्थल रहेका छन् । पहिलो र दोस्रो चितास्थल कनकाई घाट संस्थाले, तेस्रो विर्तामोड निवासी समाजसेवी माता तिलरुपा खडकाले, चौथो मारवाडी सेवा समिति विर्तामोडले र पाँचौं आफ्ना स्वर्गवासी आफन्त मोहरादेवी, रामलाल, सरमनदेवी, सुरेन्द्र मित्तल लगायतको सम्मान र स्मृतिमा ४५ लाख रुपैयाँको लागतमा विर्तामोड निवासी दिनेश मित्तल, प्रदीप मित्तल, मोहन मित्तल, हनुमान मित्तल, कैलाश मित्तल, ईश्वर मित्तल, राजेश मित्तल, रोशन मित्तल लगायतले निर्माण गरेका हुन् ।

    विद्युतीय शवदाह गृह निर्माण गर्ने सोच कनकाई घाट संस्थाले आफ्नो गुरुयोजनामा राखेको, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारसँग पटकपटक अनुरोध गरेको र आज सो सपना पुरा हुने क्रममा रहेको कनकाई घाट संस्थाका परिकल्पनाकार एवम् संस्थापक अध्यक्ष प्रभाखर कडरियाले जानकारी दिए । यसले गर्दा आफ्ना आफन्त गुमाउँदा दाहसंस्कार गर्न आर्थिक अभावले पिरोलिनु पर्ने बाध्यता हट्ने अपेक्षा गरिएको संस्थापक अध्यक्ष कडरियाले बताए ।

    कनकाई घाटमा दैनिक आधा दर्जन बढी शव दाहसंस्कार गर्न ल्याउने गरिएको र विद्युतीय शवदाह गृह बनाउन वर्षौंदेखि आवाज उठिराखेकोमा विशेषतः प्रदेश र स्थानीय सरकारको सहयोगमा वैधानिक रूपमा इ–टेण्डर भई निर्माणको प्रक्रिया अगाडि बढेपछि सबैमा आशा पलाएको कनकाई घाट संस्थाका उपाध्यक्ष डिल्लीराम मैनालीले बताए ।

    पूर्वी क्षेत्रको जनङ्ख्या बढ्दै गएको, विर्तामोड वा सिलिगुडीका विभिन्न अस्पतालमा निधन भएका मेची अञ्चलभरिका मानिसका शव कनकाई घाटमा ल्याइने र दाउराको अभाव पनि बढ्दै गएका कारण समस्या बढ्दै गएकोमा विद्युतीय शवदाह गृह निर्माणले समस्या न्यूनीकरण हुने कनकाई घाट संस्थाका वरिष्ठ उपाध्यक्ष खेमनाथ मिश्रले बताए । वरिष्ठ उपाध्यक्ष मिश्रले भने, ‘दाउराको प्रयोग गरेर शव जलाउँदाभन्दा विद्युतीय माध्यमको प्रयोग गर्दा सस्तो र वातावरणलाई पनि राम्रो हुन्छ ।’ यसबाट वनविनाश रोकिने र वातावरण प्रदूषण कमी हुनेछ ।

    विद्युतीय शवदाह गृह निर्माण गरी घाटमा आउने सबै शवलाई निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न सकिने बताइएको छ । यसका लागि कनकाई घाट संस्थाले अक्षय कोष स्थापना गरेको र हाल उक्त कोषमा ६ लाख रुपैयाँ पुगिसकेको छ । सो अक्षयकोषलाई कम्तीमा १ करोड पु¥याउने लक्ष्य रहेको छ । विद्युतीय शवदाह गृह निर्माणपछि निःशुल्क सञ्चालनका लागि कोषबाट आएको ब्याजबाट लागत बेहोर्नुपर्ने देखिन्छ । यसका लागि कोष वृद्धि गरी कम्तीमा १ करोड पु¥याउनुपर्ने देखिन्छ । तर इच्छुक दाताका लागि स्वैच्छाले कोषको खातामा आर्थिक सहयोग गर्न चाहेमा विकल्प खुला राखिने संस्थाले जनाएको छ ।

    काठमाण्डौंस्थित पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शवदाह गृहमा चार हजार रुपैयाँ शुल्क तोकिएको छ । कनकाई घाटमा दाउरा वापत ४ हजार रुपैयाँ र सरसफाइ वापत १ हजार पाँच सय रुपैयाँ लिइने गरेको संस्थाका कार्यालय सचिव खेम शिवाकोटीले जानकारी दिए । नेपालमा यस प्रकारका विद्युतीय शवदाह गृह काठमाण्डौंस्थित आर्यघाट, चितवनको देवघाट, पोखरा र इटहरीमा निर्माण भइसकेका छन् ।

    कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण भइसकेपछि बेवारिसे शवहरूको दाहसंस्कार गर्न सहज हुने कनकाई घाट संस्थाका कोषाध्यक्ष गोपाल खरेलले बताए । ‘विद्युतीय शवदाह गृह भएको अवस्थामा बेवारिसे लास जलाउन पनि सहज हुन्छ,’ खरेलले भने, ‘कुनै शुल्क बिना नै गरीब, विपन्न मानिसहरूको शव जलाउनका लागि सहज हुने भएकाले कनकाईमा अहिलेको अवस्थामा यसको आवश्यकता छ ।’

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.