Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » उपचारपछि आफ्नै निवासमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा
    कनकाई नगरपालिका

    उपचारपछि आफ्नै निवासमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा

    कनकाई खबरBy कनकाई खबर२०८१ माघ ६, आईतवार २०:३३ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई १ स्थित जुकेकल्भर्ट आसपासको सडक खण्डमा रहेको डाइभर्सनमा केही व्यक्तिबाट आक्रमणको घटनामा परेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा उपचारपछि हाल आफ्नै निवासमा फर्किएका छन् ।

    पूर्वमुख्यमन्त्री थापाको आँखा र निधारमा चोट लागेको थियो । रगत लतपतिएको अवस्थामा थापालाई उपचारका लागि बिर्तासिटी हस्पिटल पुर्याइएको थियो । हाल उपचारपछि थापा आफ्नै निवास फर्किएका हुन् । नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका थापामाथि शनिवार साँझ भएको आक्रमणको घटना चालकको उत्तेजक व्यवहारका कारण भएको अनुमान गरिएको छ ।

    नेपाल प्रेस युनियन झापाले पर्यटकीय क्षेत्र दोमुखामा सम्पन्न गरेको साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी भई घर फर्किने क्रममा थापा आक्रमणमा परेका थिए । आक्रमणमा नेपाल विद्युत प्राधिकरण सुरुङ्गाको गाडीका चालक समेत संलग्न थिए । चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरी कानूनी कार्वाही सुरु गरेको बताइएको छ ।

    समय साँझको साढे छ बजेको थियो । सडकमा अँध्यारो छाउन थालिसकेका कारण गाडीहरुले लाइट बाल्न थालिसकेका थिए । पूर्वमुख्यमन्त्री थापा बा १ झ ६५३ नम्बरको गाडी चढेर निवास फर्किदैथिए । थापालाई आक्रमण गर्ने कर्मचारीहरु प्राधिकरणको बा. १ झ. १८७० नम्बरको गाडीमा चढेका थिए ।
    जुकेकल्भर्ट नजिकको डाइभर्सनमा पुग्दा पूर्वमुख्यमन्त्री सवार गाडीको पछाडि थियो प्राधिकरणको गाडी । दुबै गाडीको अगाडि थियो एउटा ट्रक ।

    भीइआइपी सवार गाडीले ट्रकलाई उछिनेर जान खोज्दा प्राधिकरणको गाडीले समेत ओभरटेक गरेर जान खोजेको थियो । त्यही क्रममा प्राधिकरणको गाडीसँग थापा सवार गाडी आपसमा ठोक्किएला झै गरी आमनेसामने भएका थिए ।

    दुबै गाडी रोकिएपछि चालकबीच विवाद सुरु भएको थियो । सुरुमा प्राधिकरणका चालकले मुख छाडेका थिए । थापा सवार गाडीको चालकले भीआइपी गाडी भएको कारण अगाडि जान चाहेको प्रष्टिकरण दिएका थिए । थापासँगै गाडीमा रहेका पीएसओ (सुरक्षाकर्मी)ले पनि प्राधिकरणका गाडी चालकको व्यवहारप्रति आपत्ति जनाएका थिए ।

    घटना त्यत्तिमै सीमित भएन । प्राधिकरणको गाडी चालकले दलबलसहित मुख छाडेपछि पूर्वमुख्यमन्त्री थापा विवाद मिलाउन आफ्नो गाडीबाट उत्रिएका थिए । चिनेपछि विवाद मिल्ला भनेर थापा प्राधिकरणको चालक भएठाउँमा गए । थापाले ‘किन यसो गरेको भाइ’ भन्न मात्रै भ्याएका थिए –प्राधिकरणका चालकले उत्तेजनामा आएर थापामाथि मुक्का हाने । थापा घाइते भए । प्राधिकरणको गाडीमा चढेका अरु व्यक्ति पनि थापामाथि जाइलागे ।

    थापाको पीएसओको भूमिका कमजोर

    सरकारले भीआइपी सुविधा प्राप्त पूर्वमुख्यमन्त्री थापाको बडीगार्डको रुपमा सरकारी सुरक्षाकर्मी (पीएसओ) खटाएको हुन्छ । घटनाका बेला पीएसओ गाडीमै थिए ।
    घटना सामान्य कारणले भएको छ भने घटना सुनियोजित पनि होइन । तर आकस्मिक कुनै पनि घटनाका लागि तयारी हालतमा रहनु पर्ने थापाका पीएसओको भूमिका यसपाली कमजोर देखियो ।

    पीएसओले हरपल भीआइपीको सुरक्षामा ध्यान दिनु पर्ने जिम्मेवारी हुन्छ । तालिम प्राप्त सुरक्षाकर्मी भएको हुँदा उनले जस्तोसुकै घटना भइहालेमा त्यसको प्रभावबाट भीआइपीलाई जोगाउनु वा सुरक्षित राख्नु पहिलो दायित्व हो ।

    पहिलो कुरा, थापाका पीएसओले पूर्वमुख्यमन्त्री थापालाई गाडीबाट ओर्लनु पर्ने अवस्था नै आउन दिनु हुँदैनथ्यो । विवाद भएमा पीएसओले समस्याको आँकलन गरी आफैले समाधान गर्ने वा जटिल परिस्थिति उत्पन्न भएको आफुलाई लागेमा थप सुरक्षाकर्मी मगाउनु पर्ने हो ।

    थापाका पीएसओले प्राधिकरणका चालक उत्तेजक अवस्थामा छन् भन्ने जान्दाजान्दै थापालाई नजिक जानबाट रोक्नु पथ्र्यो । कुनै पनि भीआइपी गाडीमा चालकको छेउको अगाडिको सिटमा पीएसओ बस्ने प्रचलन यस्तै आइपर्ने सुरक्षा चुनौतिको सामना गर्नका लागि हो ।

    दोसो कुरा, भीइआपीको सवारी प्राय अरु गाडीलाई उछिनेर अगाडि बढाउने गरिन्छ । तर सुरक्षाको दृष्टिले पछाडि नै बस्दा उचित हुन्छ भन्ने लाग्यो भने पीएसओले गाडीलाई ओभरटेक नगर्न निर्देशन दिन सक्छन् ।

    थापाका पीएसओ यस घटनामा सुरक्षा कोणबाट निर्णायक देखिएनन् । प्रधानमन्त्री र राष्ट्रपति जस्ता भीभीआइपीहरुको सवारीका बेला पनि बडिगार्डले सुरक्षा कोणबाट दिएको इशारालाई पछ्याएको पाइन्छ ।

    पूर्वमुख्यमन्त्री थापाको गाडी डाइभर्सन रहेको स्थानमा केहीबेर पछाडि नै रहँदा पनि खासै केही बिग्रने थिएन । यदि प्राधिकरणको गाडीलाई ओभरटेक गर्न दिएकै भए तापनि घटना हुने थिएन । यो विषयमा निर्णय लिन थापाका पीएसओ चुकेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.