Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा पुनः पुष्पा
    कनकाई नगरपालिका

    सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा पुनः पुष्पा

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष २९, सोमबार ०९:१३ गते2 Mins Read

    कनकाई खबर \ सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा पुनः पुष्पा भट्टराई कडेल सर्वसम्मत रुपमा चयन भएकी छन् ।

    कनकाई माविको सभा हलमा सम्पन्न केन्द्रको एघारौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले कडेलको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिमा क्रमशः उपाध्यक्ष मुनादेवी सिटौला, सचिव लिलादेवी प्रसाईँ, कोषाध्यक्ष ममता सेडाईँ साथै सदस्यहरुमा चन्द्रकला दाहाल, विवेक शिवाकोटी, मेदनीप्रसाद पाठक, कर्णबहादुर डाँगी(प्रधानाध्यापक कनकाई मावि), युवराज चम्लागाईँ(वडाअध्यक्ष) सर्वसम्मत रुपमा चयन भएका छन् ।

    समिति सर्वसम्मत चयन गर्न सिकाई केन्द्रकी संस्थापक अध्यक्ष शारदा प्रसाईँ पाठकको संयोजकत्वमा टिकाप्रसाद कट्टेल र पुनम सिग्देल सदस्य रहेको निर्वाचन समितिले भुमिका खेलेको बताइएको छ ।

    सिकाई केन्द्रकी अध्यक्ष कडेलको अध्यक्षता एवं कनकाई वडा नं.३का वडाअध्यक्ष युवराज चम्लागाईँको प्रमुख आतिथ्य रहेको सभामा कनकाई महिला उपभोक्ता समिति अन्तर्गतका दुईवटा समुहलाई नगद सहित सम्मान गरिएको थियो । यसरी सम्मानति हुने समुहमा कनकाई वडा नं.४ को समुह नं.४ र कनकाई वडा नं.६ मा रहेको समुह सम्मानित भएको हो । कनकाई नगरपालिका क्षेत्रका सबै वडामा सिकाई केन्द्र अन्तर्गत क्रियाशिल रहेका महिला समुह मध्ये प्रत्येक समुहको कार्यप्रगतिका आधारमा मुल्याङन गरी प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको केन्द्रकी संस्थापक अध्यक्ष शारदा प्रसाई पाठकले जानकारी दिएकी छन् ।

    सिकाई केन्द्रका सदस्य विवेक शिवाकोटीले कार्यक्रमको औचित्य सहित शाव्दीक स्वागत गरेको औपचारिक कार्यक्रममा केन्द्रकी अध्यक्ष कडेलले भावी योजना सहितको संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा केन्द्रकी संस्थापक अध्यक्ष शारदा प्रसाई पाठक, कार्यपालिका सदस्य कृष्णमाया भुजेल र सावित्रा बर्देवा, कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगी, सल्लाहकारहरु शिवकुमार कडेल र टिकाप्रसाद कट्टेल, समुह नं.४ की सम्मानित सदस्य सुमित्रा न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव लिलादेवी प्रसाईले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.