कनकाई खबर \ सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा पुनः पुष्पा भट्टराई कडेल सर्वसम्मत रुपमा चयन भएकी छन् ।
कनकाई माविको सभा हलमा सम्पन्न केन्द्रको एघारौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले कडेलको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिमा क्रमशः उपाध्यक्ष मुनादेवी सिटौला, सचिव लिलादेवी प्रसाईँ, कोषाध्यक्ष ममता सेडाईँ साथै सदस्यहरुमा चन्द्रकला दाहाल, विवेक शिवाकोटी, मेदनीप्रसाद पाठक, कर्णबहादुर डाँगी(प्रधानाध्यापक कनकाई मावि), युवराज चम्लागाईँ(वडाअध्यक्ष) सर्वसम्मत रुपमा चयन भएका छन् ।

समिति सर्वसम्मत चयन गर्न सिकाई केन्द्रकी संस्थापक अध्यक्ष शारदा प्रसाईँ पाठकको संयोजकत्वमा टिकाप्रसाद कट्टेल र पुनम सिग्देल सदस्य रहेको निर्वाचन समितिले भुमिका खेलेको बताइएको छ ।
सिकाई केन्द्रकी अध्यक्ष कडेलको अध्यक्षता एवं कनकाई वडा नं.३का वडाअध्यक्ष युवराज चम्लागाईँको प्रमुख आतिथ्य रहेको सभामा कनकाई महिला उपभोक्ता समिति अन्तर्गतका दुईवटा समुहलाई नगद सहित सम्मान गरिएको थियो । यसरी सम्मानति हुने समुहमा कनकाई वडा नं.४ को समुह नं.४ र कनकाई वडा नं.६ मा रहेको समुह सम्मानित भएको हो । कनकाई नगरपालिका क्षेत्रका सबै वडामा सिकाई केन्द्र अन्तर्गत क्रियाशिल रहेका महिला समुह मध्ये प्रत्येक समुहको कार्यप्रगतिका आधारमा मुल्याङन गरी प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको केन्द्रकी संस्थापक अध्यक्ष शारदा प्रसाई पाठकले जानकारी दिएकी छन् ।

सिकाई केन्द्रका सदस्य विवेक शिवाकोटीले कार्यक्रमको औचित्य सहित शाव्दीक स्वागत गरेको औपचारिक कार्यक्रममा केन्द्रकी अध्यक्ष कडेलले भावी योजना सहितको संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा केन्द्रकी संस्थापक अध्यक्ष शारदा प्रसाई पाठक, कार्यपालिका सदस्य कृष्णमाया भुजेल र सावित्रा बर्देवा, कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगी, सल्लाहकारहरु शिवकुमार कडेल र टिकाप्रसाद कट्टेल, समुह नं.४ की सम्मानित सदस्य सुमित्रा न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव लिलादेवी प्रसाईले गरेकी थिइन् ।

