Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानबाट विद्यार्थीलाई सुइटर वितरण
    कनकाई नगरपालिका

    शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानबाट विद्यार्थीलाई सुइटर वितरण

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष २९, सोमबार ०६:४२ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानले ग्रामिण क्षेत्रको एक विद्यालयका विद्यार्थीलाई जाडोको कपडा (स्वीटर) वितरण गरेको छ । प्रतिष्ठानले ग्रामिण क्षेत्रको विद्यालय कनकाई ३ स्थित जनचेतना आधारभुत विद्यालयका १३० विद्यार्थीलाई जाडोको कपडा स्विटर वितरण गरेको हो ।

    शहिद गौतमको माघ ५ गते पर्ने ६० औं जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले जाडो बढेसँगै स्विटर वितरणको कार्यलाई अघि बढाएको जनाइएको छ । प्रतिष्ठानकी संरक्षक समेत रहेकी शहिद पत्नी देवका गौतमको व्यवस्थापनमा स्विटर वितरण गरिएको हो ।

    प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको एक संक्षिप्त कार्यक्रमका बीच विद्यालयमै उपस्थित भएर विद्यार्थीलाई स्विटर वितरण गरिएको हो । ग्रामिण क्षेत्रमा रहेका विपन्न परिवारका वालवालिका अध्ययनरत विद्यालयमा प्रतिष्ठानले जाडोको समयमा स्विटर वितरण गरेर ठूलो राहत पुगेको विद्यालयका प्रधानाध्यापक होमकुमारी कुमालले बताएकी छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीका रुपमा रहेका नगर प्रमुख पोखरेलले समाज रुपान्तरणकालागि सामाजिक एकता अपरिहार्य रहेको बताए । शहीद डिल्ली गौतमको व्यक्तित्वका बारेमा चर्चा गर्दै नगर प्रमुख पोखरेलले अन्याय, अत्याचार र विभेदका विरुद्ध लड्ने क्रममा वि.सं. २०५० को साउन ४ गतेका दिन शहादत प्राप्त गरेका शहिद गौतम अत्यन्तै लगनशील र मेहनेती भएको स्मरण गरे ।

    प्रतिष्ठानका उपाध्यक्ष तोयानाथ अधिकारीले स्वागत गरेको कार्यक्रममा पुर्व प्रदेश मन्त्री हिराकुमार थापाले शहीदको सपना साकार पार्ने कार्यमा सबै राजनीतिक दल, सामाजिक संघसंस्थाहरु एक ठाउँमा उभिनु पर्ने कुरामा जोड दिए ।

    २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय रुपमा हत्या भएको थियो । हत्याकाण्डको विरुद्धमा देशव्यापी शोक फैलिएसँगै हत्याको सत्यतथ्य सार्वजनिक गर्न आन्दोलन चर्किएको थियो । सोही समयमा पार्टीको आयोजनामा झापाको दमकमा स्वतस्फुर्त निस्किएको मजदुरहरुको जुलुश अगाडि बढिरहेको बेला प्रहरीले चलाएको गोली लागेर गौतमले अमरत्व प्राप्त गरेका थिए ।

    यसरी देश र जनताका निम्ति आफ्नो ज्यानको बलिदान दिने शहिद गौतमको स्मृत्तिमा सामाजिक गतिविधि संचालन गर्न कनकाईमा स्थापना भएको प्रतिष्ठानले रहेक वर्ष वार्षिक रुपमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । सोही क्रममा यस पटक जन्मजयन्तीको अवसर पारेर न्यानो कपडा वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्साल बताउँछन् ।

    कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, कार्यपालिका सदस्य कृष्णमाया भुजेल र लक्ष्मी कटुवाल, वडा सदस्य अनिल गोयल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरण्यकुमार राई, शहिद गौतमकी माता पुण्यवती र पत्नी देवका गौतम लगायतको उपस्थिती रहेको औपचारिक कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव विनोद रानाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.