कनकाई खबर \ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल झापाको सहसचिवमा कनकाईका विनोद सुव्वा सहित अध्यक्षमा बुद्धशान्तीका छत्रबहादुर कार्की निर्वाचित भएका छन् ।
आइतबार भएको १४औँ जिल्ला अधिवेशनबाट कनकाई ५ स्थित बेनुबाजा अंग्रेजी माविका प्रिन्सिपल समेत रहेका सुव्वा र अध्यक्षमा कर्णाली एजुकेशन फाउण्डेशन बुद्धशान्तिका कार्की निर्वाचित भएका हुन् । अध्यक्ष कार्कीले १७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी जनार्दन ढकालले १०८ मत प्राप्त गरेका थिए ।

प्याब्सनको विधान अनुसार सहसचिवद्वयमा प्रजिता एजुकेशन एकाडेमी दमकका जिवन शिवाकोटी १७० र बेनुबाजा इङ्गलिस बोर्डिङ स्कुल कनकाईका विनोद सुब्बा १६८ मतसहित विजयी बने भने डम्बर रुचालले १३२ मतमात्र प्राप्त गरे
त्यस्तै वरिष्ठ उपाध्यक्षमा बुद्धस्मृति एजुकेसन फाउण्डेशन बिर्तामोडका हरिकृष्ण (एचके) पाठक निर्वाचित भएका छन् । उनले १८९ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्दी उत्तम खनालले ९५ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा एम्स एकेडेमी अर्जुनधाराका टीआर गौतम १२२ मतसहित विजयी बनेका छन् । उनका प्रतिद्वन्दीहरु बदिराम राईले ९६ र भवानी पाठकले ६१ मत प्राप्त गरेको प्याब्सन झापाका सचिव त्रिलोचन गौतमले जानकारी दिए ।
सचिवमा दिपजन अंग्रेजी बोर्डिङ स्कुल बाह्रदशीका लक्ष्मीप्रसाद उप्रेतीले १६९ मत प्राप्त गरी विजयी बने । अर्का उम्मेदवार रुद्र सिटौलाले ११४ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्ष पदमा सगरमाथा इङ्गलिस बोर्डिङ स्कुल शिवसताक्षीका अमृतकुमार तिम्सिना निर्वाचित भए । उनले १४९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी जनार्दन मैनालीले १३६ मत प्राप्त गरेका थिए ।
सहकोषाध्यक्षमा साउथ होराइजन इङ्गलिस स्कुल झापाका नारायण सुवेदी निर्विरोध निर्वाचित बनेका छन् । सदस्यहरुमा क्रमशः मोहन थापा , सुमन शर्मा जमरकट्टेल, दशरथ (देवेन्द्र) हुमागाई, कुलबहादुर श्रेष्ठ, कुमार राया, कल्पना थापा र प्रेमकुमार ओझा निर्विरोध चयन भएका छन् ।
सदस्य पालिकाबाट १५ पदसंख्या मध्ये गणेशकुमार श्रेष्ठ, सुर्यबहादुर कटुवाल, युवराज बराल, गोपाल ढुंगेल, भोजबहादुर कार्की, सन्तोष सुब्बा, दिपेन्द्र सुब्बा र अनुप राय चयन भएका छन् ।
त्यस्तै अधिवेशनले १३ जना महाधिवेशन प्रतिनिधीमध्ये पाँच जना चयन गरेको छ । इश्वरी श्रेष्ठ, डिल्लीप्रसाद चापागाई, श्रवण पोखरेल, चन्द्रप्रकाश राई र गीताराज खड्का (हरी) महाधिवेशन प्रतिनिधीमा चयन भएको निर्वाचन समिति संयोजक अमृतबहादुर बुढाथोकीले जानकारी दिए । ३०९ जना मतदाता मध्ये २८९ मत खसेको थियो ।