शिवसताक्षी \ झापाको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको अध्यक्षमा तुलाराम बोखिम पुनः निर्वाचित भएका छन्।
बोखिम सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले ७२४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिए । निर्वाचनमा अध्यक्ष पदका दावेदार उदय प्रकाश राईले ३६९ , भोजकुमारी नेपालले २०४ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा कृष्णप्रसाद खरेलले ८७१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्ष कै अर्का उम्मेद्वार मोहन पौडेलले २८८ मत प्राप्त गरेका थिए । सचिव पदमा कालीप्रसाद रिजालले ७९६ का साथ निर्वाचित भए भने, अर्का उम्मेद्वार मोहन राईले ४४० मत प्राप्त गरे ।
निर्वाचनमा सहसचिव पदमा डिकबहादुर बुढाथोकी ७३४ मत प्राप्त गरी विजयी भएका छन् । सोही पदका अन्य उम्मेद्वार भगिरथा घिमिरेले १२५ र मदनमोहन अधिकारले ३३१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कोषाध्यक्षमा झमक बहादुर गौतम विजयी भएका छन् । गौतमले ६९३ सोही पदका अकाई उम्मेद्वार भिमबहादुर कार्कीले ४७९ प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
खुल्ला सदस्यहरुमा कुवेरनाथ लुईटेल, गणेश भेटवाल, गंगाधर तिम्सिना, डिल्लीराम भण्डारी, दाताराम विष्ट, योगनिधि बास्तोला विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा खनिमाया श्रेष्ठ र निर्मला यादव विजयी भएका छन् । निर्वाचनमा १९०९ मतदाता मध्ये १३१३ मत खसेको थियो ।
अध्यक्ष
उदय प्रकाश राई ३६९
तुलाराम बोखिम ७२४ विजयी
भोजकुमारी नेपाल २०४
उपाध्यक्ष
कृष्णप्रसाद खरेल ८७१ विजयी
मोहन पौडेल २८८
सचिव
कालीप्रसाद रिजाल ७६९ विजयी
मोहन राई ४४०
सह सचिव
डिकबहादुृर बुढाथोकी ७३४ विजयी
भगिरथ घिमिरे १२५
मदनमोहन अधिकारी ३३१
कोषाध्यक्ष
झमकबहादुर गौतम ६९३ विजयी
भीमबहादुर कार्की ४७९ विजयी
खुल्ला सदस्य र महिला सदस्यहरु
कुबेरनाथ लुइटेल ५६९ विजयी
गणेश भेटवाल ६४२ विजयी
गोकुलप्रसाद पौडेल ४६७
गंगाधर तिम्सिना ५९५ विजयी
डम्बरबहादुर दाहाल ४६२
डिल्लीराम भण्डारी ५२२ विजयी
दाताराम विष्ट ५४७ विजयी
धनबहादुर पराजुली ४७५
प्रकाश श्रेष्ठ २१३
मनबहादुर थापा २६९
योगनिधि बास्तोला ५४१ विजयी
सन्तकुमार आङदेम्बे ३२६
सन्तकुमार राई ५११
महिला सदस्य
खनीमाया श्रेष्ठ ६५४ विजयी
दिलकुमारी बस्नेत २६२
निर्मला यादव ५८२ विजयी
ललिता सापकोटा ३३९