Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पत्रकार झापालीको अध्यक्षतामा सुरुङ्गा प्रेस क्लवको नेतृत्व सर्वसम्मत
    कनकाई नगरपालिका

    पत्रकार झापालीको अध्यक्षतामा सुरुङ्गा प्रेस क्लवको नेतृत्व सर्वसम्मत

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष २७, शनिबार ०७:४१ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगर क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संस्था कनकाई सुरुङ्गा प्रेस क्लवको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट लीलाराज झापालीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।

    सुक्रबार सुरुङ्गामा सम्पन्न अधिवेशनबाट झापालीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा संगिता उप्रेती र चुडामणि तिम्सिना, सचिवमा मनोज बस्नेत, सहसचिवमा अनुप भण्डारी र कोषाध्यक्षमा चन्द्र बस्नेत निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा आइपी भट्टराई, सूर्यप्रसाद अधिकारी, केशव चापागाईँ, होमकुमारी कुमाल र जनक न्यौपाने चयन भएका छन् ।

    सर्वसम्मत नेतृत्व चयनका लागि प्रेस क्लवका सल्लाहकार संयोजक सूर्यप्रकाश उप्रेतीको संयोजकत्वमा संस्थापक अध्यक्ष तीर्थराज खरेल र नारी संचार गृह झापाकी अध्यक्ष रेजिना गौतम सदस्य रहेको निर्वाचन मण्डलले भूमिका खेलेको बताइएको छ । संस्थापक अध्यक्ष खरेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरुको नामावली सार्वजनिक गरेका थिए ।

    क्लवका अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, वडा नं.२ का वडाअध्यक्ष बलराम राई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई, प्रेस क्लवका सल्लाहकार सूर्यप्रकाश उप्रेती, सामाजिक व्यक्तित्व शेरबहादुर थापा, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राख्दै बर्तमान अवस्थामा पत्रकारिता क्षेत्रमा चुनौती बढदै गएको भन्दै यसलाई चिर्न सबैको साथ र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

    सोही अवसरमा बर्तमान समयमा समृद्धिका लागि सञ्चार माध्यमको भुमिका विषयमा अग्रज पत्रकार सन्तोष आचार्यले कार्यपत्र समेत प्रस्तुत गरेका थिए । क्लवले आफ्नो नियमित कार्यक्रमका रुपमा रहेको संचारकर्मी सम्मानका रुपमा कनकाई ७ , दुर्गापुर निवासी पत्रकार अमृत योङहाङलाई रु. ५ हजार १ सय नगद सहित सम्मान गरेको छ । क्लवका अध्यक्ष सहित कार्यक्रमका प्रमुख अतिथी, विशेष अतिथीहरुबाट पत्रकार योङहाङलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ विशेष सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वका बारेमा प्रष्ट पार्दै पत्रकार चुडामणि तिम्सिनाले सम्मान पत्र बाचन गरेका थिए ।

    कार्यक्रममा क्लवका अध्यक्ष निरौलाबाट प्रेस क्लवको स्थापनाकालदेखी हाल सम्मको अवस्थाका बारेमा जानकारी दिँदै आर्थिक गतिविधि सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष निरौलाले प्रेस क्लवको स्थापनासँगै भएका विभिन्न तालिम र गोष्ठीहरुको उपलब्धीका कारण सङ्गठित सञ्चारकर्मीहरूबाट खोजमूलक साथै भएका गतिविधिहरुको प्रचारप्रसार तिब्र रुपमा अघि बढेको बताए । जसका कारण स्थानीय तहका जनप्रतिनिधि साथै विभिन्न संघसंस्थाहरूबाट यस .क्षेत्रका सञ्चारकर्मीहरुसँग भएको सहकार्यले आफ्नो उद्देश्य प्राप्तिका लागि ठूलो सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । संचारको माध्यमबाट सम्बन्धित निकाय, विभिन्न व्यक्ति एवं संघसंस्थाहरुले आफ्नो उद्देश्य प्राप्त गर्न सक्नु नै संस्थाको उपलब्धी भएको अध्यक्ष निरौलाले प्रतिवेदन मार्फत प्रष्ट पारे ।

    जिल्ला प्रशासन कार्यालय झापामा नियम अनुसार दर्ता कायम रहेको साथै नियमित संस्था नविकरण समेत भइरहेको प्रेस क्लवले सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान उजागर गर्न सफल भएको बताइएको छ । संस्थाको दिगो विकासका लागि अक्षयकोषको सुरुवात भएको प्रेस क्लवले राजस्व कार्यालय भद्रपुरबाट छुट्टै पान(प्यान) प्राप्त गरेको प्रतिवेदन मार्फत जानकारी गराइएको छ । क्लवले सुरुवात गरेको अक्षयकोषलाई थप व्यवस्थित गर्दै छुट्टै कार्यविधि बनाएर अघि बढ्ने योजना रहेको अध्यक्ष निरौलाले सभामा जानकारी गराए ।

    नारी संचार गृह झापाकी संस्थापक अध्यक्ष समेत रहेकी क्लवकी उपाध्यक्ष सावित्रा दहाल भट्टराईले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको औपचारिक कार्यक्रमको संचालन क्लवका सचिव मनोज बस्नेतले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.