कनकाई खबर \ झापाको कनकाई–१ जामुनवारीमा रहेको तुर्षा हेमरम स्मृति प्रतिष्ठानले २८ औं तुर्षा हेमरम स्मृति दिवस बिविध कार्यक्रम गरेर मनाएको छ ।
प्रतिष्ठानले शनिवार निर्माणाधिन कार्यालय परिसरमा विविध सांस्कृतिक तथा खेलकूद कार्यक्रम गरेर मनाएको हो ।
प्रतिष्ठानका अध्यक्ष एवं नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको सभापत्विमा भएको कार्यक्रममा बरिष्ठ अधिबक्ता लीला उदासीको प्रमुख आतिथ्य रहेको थियो ।

स्मृति दिवसका अवसरमा छेलो, लमजम र तीरधनुष साथैं सांस्कृतिक कार्यक्रम समेत गरिएको प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले जानकारी दिए ।
खेलकूद र सांस्कृतिक कार्यक्रममा पहिलो, दोस्रो ,तेस्रो र सान्त्वना हुनेलाई प्रमाणपत्रका साथमा नगद पुरस्कार समेत प्रदान गरिएको खेलकूद समितिका प्राविधिक संयोजक दुर्गाराज निरौलालले बताए ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे , लेखक एवं संचारकर्मी रश्मिशेखर सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा झापा लायन्सका अध्यक्ष जयनारायण शाह, झापा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेबी थपलिया, प्रतिष्ठानका जग्गादाता उमाप्रसाद सिटौला, तुर्षा हेमरमका छोरा लुखीराम हेमरम, छोरी मुखिया हेमरम लगायत कनकाई नगर क्षेत्रका जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमको स्वागत तथा सचिव कुमारमणि पोखरेलले औपचारिक कार्यक्रमको संचालन गरेका थिए भने प्रतियोगितात्मक नृत्यको निर्णायक मण्डलीमा टिकाप्रसाद जमरकट्टेल र शिबु मुर्मू रहेका थिए ।
