Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भीमसेन सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा तेजबहादुर श्रेष्ठ
    कनकाई नगरपालिका

    भीमसेन सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा तेजबहादुर श्रेष्ठ

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष २१, आईतवार ०८:०२ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई –३ स्थित सुरुङ्गामा प्रधान कार्यालय रहेको भीमसेन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तेजबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

    सुरुङ्गा जेसीजको सभाहलमा शनिबार सम्पन्न संस्थाको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । अध्यक्ष श्रेष्ठसँगै उपाध्यक्षमा दिव्यराज ढकाल, सचिवमा रुद्रबहादुर श्रेष्ठ, सह–सचिवमा अनिता श्रेष्ठ र सदस्यहरुमा क्रमशः निता श्रेष्ठ, मैयाकुमारी चौहान, तीर्थराज खरेल, भोजकुमार श्रेष्ठ र तीर्थबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक खेमराज भट्टराईले जानकारी दिए ।

    यसैगरी कमलप्रसाद भट्टराईको संयोजकत्वमा कुमार पाठक र उर्मिला खड्का सदस्य रहेको लेखा समिति सर्वसम्मत चयन भएको जनाइएको छ । निर्वाचन समितिका संयोजक खेमराज भट्टराई सहित सदस्यद्वय मीनकुमार प्रधान र यशोदा श्रेष्ठले सर्वसम्मत नेतृत्व चयनका लागि सहजीकरण गरेका थिए ।

    संस्थाका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका अध्यक्ष श्रेष्ठले सभामा संक्षिप्त रुपमा सम्बोधन गर्दै आँफू अस्वस्थ भएका कारण अध्यक्षको प्रतिवेदन सञ्चालक सदस्य तीर्थराज खरेललाई प्रस्तुत गर्ने अनुमति प्रदान गरेका थिए ।

    कार्यक्रममा जेष्ठ सदस्यका रुपमा कमलादेबी श्रेष्ठ, पदमबहादुर श्रेष्ठ, दुर्गादेबी प्रधान, कृष्णप्रसाद पोखरेल र रुद्रनारायण श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै असल बचतकर्ताका रुपमा रामबाबु महर्जन र कामेश्वरलाल कर्ण, असल ऋणिका रुपमा रामप्रसाद कोइराला र सरस्वतीदेबी श्रेष्ठ साथै उत्कृष्ट कर्मचारीका रुपमा जुनु खनाल अधिकारीलाई नगदसहित सम्मान गरिएको संस्थाका व्यवस्थापक खगेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष चम्लागाई, संस्थाका संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठ, दोमुखा सहकारीका सचिव खगेन्द्रप्रसाद खनालले शुभकामना मन्तव्य राखेका थिए । स्वागत संस्थाको उपाध्यक्ष रत्नकुमार श्रेष्ठले गरेको कार्यक्रमको सञ्चालन सचिव तेजबहादुर श्रेष्ठले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.