Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई खेलकुद प्रतिष्ठानको अध्यक्षमा पुनः थपलिया
    कनकाई नगरपालिका

    कनकाई खेलकुद प्रतिष्ठानको अध्यक्षमा पुनः थपलिया

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष २१, आईतवार ०७:०२ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगर क्षेत्रमा खेलकुदका गतिविधिहरु संचालन गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानको आगामी कार्यकालका लागि पुनः छबि थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।

    प्रतिष्ठानको नवौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट पुर्व जनप्रतिनिधि समेत रहेका यस क्षेत्रका जुझारु युवा थपलियाको नेतृत्वमा आगामी कार्यकालका लागि कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो /

    “खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको खेलकुद प्रतिष्ठानको उपाध्यक्षमा भुवन खतिवडा र महिला उपाध्यक्षमा चित्रा श्रेष्ठ, सचिवमा रामप्रसाद निरौला सर्वसम्मत रुपमा चयन भएका छन् ।त्यस्तै सहसचिवमा गीता खरेल र कोषाध्यक्षमा डम्बर फुयाल चयन भएका छन् ।

    समितिको सदस्यहरुमा क्रमशः गणेश संग्रौला, गोमा कार्की, अर्जुनकुमार ओली, ईश्वरकिरण सुवेदी, राजेश अघोरी, धनबहादुर बोगटी र रामकुमार देवान सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक ज्योतीकुमार उप्रेतीले जानकारी दिए ।

    आगामी दिनमा विधानमा भएअनुसार एक सहसचिव र एक सदस्य मनोनित गरी १५ सदस्यीय कार्यसमितिलाई पूर्णता दिइने जनाइएको छ । कार्यसमिति सर्वसम्मत चयनका लागि प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेतीको संयोजकत्वमा पुर्व अध्यक्षहरु दुर्गा प्रसाईँ र दिननाथ खतिवडा सदस्य रहेको निर्वाचन समितिले सहजीकरण गरेको जनाइएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका सदस्य एवं प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा प्रसाईँले सपथग्रहण गराएका थिए ।

    समाज रुपान्तरणकालागि पछिल्लो समय सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको प्रतिष्ठानले आगामी दिनमा वडास्तरीय फुटबल, भलिबल,क्रिकेट प्रतियोगिता संचालन गरी खेलाडी छनौट गर्ने योजना बनाएको नवनिर्वाचित अध्यक्ष थपलियाले जानकारी दिए । यसरी छनौट गरिएका खेलाडीहरुलाई नियमित प्रशिक्षणको व्यवस्था गर्दै प्रतिष्ठानले आगामी दिनमा खेल क्षेत्रका विभिन्न विधामा खेलाडी उत्पादनमा विशेष जोड दिने बताइएको छ ।

    कनकाई माविको खेलमैदानलाई व्यवस्थित गर्ने कार्यको निरन्तरता दिँदै कनकाईको वडा नं.४ मा निर्माणाधिन अवस्थामा रहेको खेलमैदानलाई फुटबल तथा एथलेटिक्सका विधाहरुका लागि मिनि रङ्गशालाको स्वरुप दिई निर्माण कार्यमा सहयोग पुर्याउँने उद्येश्य रहेको प्रतिष्ठानका अध्यक्ष थपलियाले संस्थाको प्रतिवेदन मार्फत जानकारी दिए ।

    प्रतिष्ठानका अध्यक्ष थपलियाको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले कनकाईको दिगो विकासका लागि खेलकुदका क्षेत्रमा काम गर्ने संस्थाहरु सक्रिय भएर अघि बढ्नु पर्ने सुझाव दिए । नगर क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु मध्ये कुन संस्थाले के गर्ने भन्ने विषय प्रष्ट हुनु पर्नेमा जोड दिँदै नगर प्रमुख पोखरेलले क्रियाशिल संघसंस्थाहरुले वार्षिक क्यालेण्डर निर्माण गरी सोही अनुरुप अघि बढ्न सकेमा लक्ष्यमा पुग्न सकिने बताए । संघसंस्थाहरुलाई थप सुझाव दिँदै नगर प्रमुख पोखरेलले संस्थाको दिगो विकासका लागि अक्षयकोष निर्माणमा पहल गर्न अनुरोध गरे ।

    प्रतिष्ठानका सहसचिव भुवन खतिवडाले सहभागीहरुलाई शाव्दीक स्वागत साथै सचिव मान्ता खरेलले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगी, सामाजिक व्यक्तित्व शिवकुमार कडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.