Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भट्टराई, अधिकारी र भण्डारीलाई ‘साझामञ्च दशक सेवा सम्मान’ प्रदान
    बिर्तामोड नगरपालिका

    भट्टराई, अधिकारी र भण्डारीलाई ‘साझामञ्च दशक सेवा सम्मान’ प्रदान

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष १८, बिहीबार ०१:२६ गते3 Mins Read

    साझामञ्च मिडिया प्रालिको सञ्चालक समिति सर्वसम्मत चयन

    झापा \  साझामञ्च मिडिया प्रालिले झापाका तीनजना सक्रिय पत्रकारहरुलाई ‘साझामञ्च दशक सेवा सम्मान’ प्रदान गरेको छ ।

    साझामञ्च डटकमको १२औं स्थापना दिवस एवम् साझामञ्च मिडिया प्रालिको आठौं र नवौं वार्षिक साधारणसभाको अवसरमा पत्रकार सरोज भट्टराई, उमानाथ भण्डारी र द्रोण अधिकारीलाई पुरस्कार रकमसहित कदरपत्र प्रदान गरी सम्मान गरिएको हो ।

    आज जनवरी १ तारिकका दिन बिर्तामोडमा आयोजित विशेष कार्यक्रममा तीनजना पत्रकारहरुलाई कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई र कम्पनीका उपााध्यक्ष खड्गप्रसाद दाहालले ११ हजार १११ रुपैयाँको चेकसहित दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

    साझामञ्च डटकममा स्थापनाकालदेखि आवद्ध रहेर निरन्तर सेवारत पत्रकारहरुलाई दशक सेवा सम्मान गरिएको यसका प्रधानसम्पादक तथा कम्पनीका कार्यकारी प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।

    सो अवसरमा साझामञ्च मिडिया प्रालिले नेपाल पत्रकार महासंघ झापा, कोशी प्रदेश र केन्द्रका विभिन्न जिम्मेवारीमा नवनिर्वाचित पत्रकारहरुलाई अबिर लगाई खदा ओढाएर बधाई ज्ञापन गरेको छ ।

    सो अवसरमा मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मन्त्री कार्कीले वेथिती र अराजकता विरुद्ध मिडिया क्षेत्रले बलियो ढंगबाट कलम चलाउनुपर्ने सुझाएका छन् । तीन दर्जन हाराहारी पत्रकारहरु सहभागी कार्यक्रममा उनले पछिल्लो समय गलत सूचनाका कारण समाजमा निराशा बढाएकोमा चिन्ता पनि व्यक्त गरे ।

    केही भएन भन्ने भाष्य निर्माण गरिएको बताउँदै मन्त्री कार्कीले भने, विकास भए नभएको हेर्न आफ्नै घर अगाडि हेरे पुग्ने प्रतिक्रिया दिए ।

    उनले यूरोपको विकाससँग तुलना गरेर नहुने धारणा राखेका थिए । प्रदेश सरकारले पर्यटन वर्ष मनाउने र लगानी सम्मेलनको तयारी गरिरहेको जानकारी दिँदै मन्त्री कार्कीले मुलुकलाई संमृद्ध बनाउनका लागि जनताको जीवनस्तर उठाउनुपर्ने बताएका छन् ।

    कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले सञ्चार माध्यमहरुले तेस्रो आँखाका रुपमा सत्य सूचना प्रवाह गर्नुपर्ने आवश्इकता औंल्याइन् ।

    प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले सबै किसिमका सञ्चार माध्यमहरु मध्ये डिजिटल न्यूजपोर्टल सबैभन्दा छिटो माध्यम भएको र साझामञ्च डटकम कोशी प्रदेशकै पहिलो न्यूजपोर्टल भएकाले यही पोर्टल हेरेर पाठकले आवश्यकता पूर्ति गर्नसक्ने बनाउन सुुझाव दिए ।

    सो अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी र झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले पत्रकारिता क्षेत्रका विविध विषयमा आफ्ना धारणा राख्दै साझामञ्चको स्थापना दिवस र सम्मानित पत्रकारहरुलाई बधाई शुभकामना मन्तव्य राखेका थिए ।

    कम्पनीका उपाध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनी निर्देशक सुवास भट्टराईले शाब्दिक स्वागत गरेका थिए भने कम्पनीका कार्यकारी निर्देशक तथा साझामञ्च डटकमका प्रधान सम्पादक गोपाल काफ्लेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

    यसैबीच साझामञ्च मिडिया प्रालिको आठौं र नवौं वार्षिक साधारण सभाको बन्दसत्रले तीन वर्षे कार्यकालका लागि सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

    कम्पनीे सञ्चालक समितिको अध्यक्षमा एकराज कार्की, उपाध्यक्षमा खड्गप्रसाद दाहाल, सचिवमा गोपाल काफ्ले, सञ्चालक समिति सदस्यहरुमा नारायणप्रसाद पोखरेल, कृष्णप्रसाद घिमिरे र पुण्यप्रसाद भट्टराई चयन भएका छन् ।

    बन्दसत्र बैठकले सचिव काफ्लेलाई कम्पनीको कार्यकारी प्रमुख र साझामञ्चले सञ्चालन गरेका सबै सञ्चार माध्यमहरुको प्रधानसम्पादकमा निरन्तरता दिने निर्णय गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.