Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » महिला जनप्रतिनिधिहरुको उत्सव,‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९मा
    कनकाई नगरपालिका

    महिला जनप्रतिनिधिहरुको उत्सव,‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९मा

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष १७, बुधबार १६:१२ गते2 Mins Read

    कनकाई खबर \ महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने भएको छ ।
    देशभरका महिला जनप्रतिनिधिहरुबाट छानिने ‘शी लिड्स आइकन’ को उत्कृष्ट २७ मा पर्न सफल झापाको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी यतिबेला कार्यक्रमकै सिलशिलामा काठमाण्डौ गएकी छन् ।

    सोही अवसरमा आयोजक कल्प इम्पावर वेमेन नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने जानकारी दिएको छ । कार्यक्रममा स्थानीय तहबाट प्राप्त एक सय ४० आवेदनमध्ये निर्णायक मण्डलद्वारा छनोट गरिएका २७ प्रेरणादायी महिला जनप्रतिनिधिबाट छनोट गरिएको छ भने उत्कृष्ट तीनलाई ‘आइकन’ घोषणा गरिने जनाइएको छ ।

    प्राप्त आवेदनमध्ये कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिम प्रदेशबाट १५ महिला जनप्रतिनिधि सहभागी भएको बताइएको छ । निर्णायक मण्डलका सदस्य अष्टलक्ष्मी शाक्य (राजनीतिक क्षेत्र), सरु जोशी (सामाजिक क्षेत्र) र चारु चङ्गा (मिडिया क्षेत्र) ले हरेक प्रदेशबाट उत्कृष्ट प्रतिनिधि चयन गरेका छन् ।

    जनमतका लागि कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट तीन जना प्रतिनिधि छनोटमा परेका छन् । कार्यक्रममा ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता’ जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने महिलालाई विशेष सम्मान गरिने छ ।

    आयोजकका अनुसार कार्यक्रममा तीन हजार बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानीय तहमा उत्पादित सामग्रीको प्रदर्शनी, सूचना केन्द्र र स्टल रहने आयोजकले जनाएको छ ।

    कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित यस कार्यक्रमलाई महिला सशक्तीकरणको नयाँ दिशामा लैजाने युवा पुस्ताको प्रयासका रूपमा हेरिएको छ।

    महिला सशक्तीकरण, उद्यमशीलता, र नेतृत्वलाई प्रवर्द्धन गर्न आयोजना गरिने यो कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधिको सशक्त भूमिका उजागर गर्दै देशभरका महिलालाई प्रेरणा दिने अपेक्षा गरिएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.