Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा नेपाल साकोसको एकाईगत साधारण सभा सुरु,शेयर पुँजी १अरब,६७ करोड बढी
    कनकाई नगरपालिका

    सहारा नेपाल साकोसको एकाईगत साधारण सभा सुरु,शेयर पुँजी १अरब,६७ करोड बढी

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ पुष १७, बुधबार ०८:४१ गते3 Mins Read

    कनकाई खबर \ झापाको बिर्तामोड ̶ २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले २८औं वार्षिक साधारण सभा अन्तर्गत एकाईगत साधारण सभा सुरु गरेको छ ।

    यसै क्रममा सोमबार र मंगलबार कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सुरुङ्गा सेवा केन्द्रको एकाईगत साधारण सभा सम्पन्न भएको छ । सेवा केन्द्रका संयोजक निर्मल दहालको अध्यक्षता एवं कनकाई वडा नं.४ का वडाअध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्य रहेको सभा सोमबार सम्पन्न भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष सुवेदीले वित्तिय कारोबारसँगै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा स्थानीय सरकारसँग सहकार्य गर्दै आएको सहारा नेपाल विपन्न परिवार एवं समुदायका लागि एउटा विश्वासिलो सारथी बनेको भन्दै संस्थाको थप सफलताको कामना गरे ।
    अन्य सहकारी संस्थाहरुको तुलनामा अब्बल संस्थाको रुपमा स्थापित सहारा साकोसले युवाहरुलाई स्वदेशमै आत्मनिर्भर हुन सक्ने युवा लक्षित कार्यक्रमलाई थप सशक्त बनाउँदै अघि बढ्न वडाअध्यक्ष सुवेदीले सुझाव दिए ।

    एकाईगत साधारणसभामा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका प्रथम उपाध्यक्ष छविलाल खतिवडाले आर्थिक वर्ष २०८०\०८१ असार मसान्त सम्मको वित्तीय विवरण प्रस्तुत गर्दै संस्थाको कुल पुँजी तथा दायित्व १६ अरब, ८३ करोड,३३ लाख, ३६ हजार ४१० रहेको जानकारी दिए । त्यस्तै १ अरब, ६७ करोड, ८६ लाख, १२ हजार ७०० शेयर पूँजी रहेको संस्थामा १२ अरब, ७५ करोड,३७ लाख, ६३ हजार, २०८ निक्षेप रहेको बताइएको छ ।

    साधारण सभामा संस्थाको नीति तथा कार्यक्रम संचालक सदस्य शंकर रिजालले साथै लेखापरीक्षणको प्रतिबेदन संस्थाका सहायक निर्देशक ईश्वरप्रसाद भट्टराईले प्रस्तुत गरेका थिए । त्यस्तै ईलाका कार्यालय प्रमुख चुडामणि कट्टेलले लेखा सुपरिवेक्षण समिति तथा ऋण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । सेवा केन्द्र सदस्य रामबहादुर भुजेलले स्वागत तथा सदस्य रुपनारायण खतिवडाले सञ्चालन गरेको सभाबाट ३ जना अन्तिम माइन्युट प्रमाणित गर्न र १७ जना प्रतिवेदन प्रमाणित गर्ने प्रतिनिधिहरु सर्वसम्मत छनौट भएको बताइएको छ ।

    त्यस्तै मंगलबार सेवा केन्द्र संयोजक दहालकै अध्यक्षतामा भएको दोस्रो दिनको एकाईगत साधारण सभा कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वडाअध्यक्ष चम्लागाईँले स्थानीय सरकारसँगको सहकार्यमा सहाराले गरेका गतिविधिहरु सबैले देख्न र अनुभव गर्न सकिने भएको भन्दै समाज रुपान्तरणमा सहाराको भूमिका अब्बल रहेको बताए ।

    संचालक सदस्य लक्ष्मीप्रसाद आचार्यले अध्यक्षको प्रतिवेदन, संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले नीति तथा कार्यक्रम साथै ईलाका कार्यालय प्रमुख चुडामणि कट्टेलले लेखा सुपरिवेक्षण समिति तथा ऋण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन सहित संस्थाको सेवाका विषयमा सभामा सदस्यहरुबाट उठेका सवालको जवाफ संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले दिएका थिए।

    सेवा केन्द्र सदस्य रामबहादुर भुजेलले स्वागत तथा सदस्य चन्द्रकला सिटौलाले सञ्चालन गरेको सभाबाट ३ जना अन्तिम माइन्युट प्रमाणित गर्न र १७ जना प्रतिवेदन प्रमाणित गर्ने प्रतिनिधिहरु सर्वसम्मत छनौट भएको सेवा केन्द्र प्रमुख टिका प्रधानले जानकारी दिए ।
    संस्थाले साधारण सभा प्रयोजनका लागि कुल ७ वटा एकाई अन्तरगत ८६ वटा उप एकाईमा विभाजन गरी कार्यक्रम संचालन गर्दै आएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.