Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विविध कार्यक्रम सहित जामुनखाडी कृषि सहकारीको १०औं वार्षिकोत्सव सम्पन्न

    २०८२ चैत्र ११, बुधबार ०६:०८ गते

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    २०८२ चैत्र ९, सोमबार ०७:०३ गते

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हार्ट फाउन्डेसनकाे ३३ ओै केन्द्रीय सभा शुरू, हृदयराेगबाट बच्न स्वास्थ्य अनुशासन जरूरी
    Uncategorized

    हार्ट फाउन्डेसनकाे ३३ ओै केन्द्रीय सभा शुरू, हृदयराेगबाट बच्न स्वास्थ्य अनुशासन जरूरी

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष १४, आईतवार ०७:५२ गते3 Mins Read

    कनकाई खबर \ नेपाल हृदयरोग निवारण प्रतिष्ठान (हार्ट फाउन्डेसन) को ३३ ओैं केन्द्रीय सभा बिर्तामोडको अग्रसेन भवनमा शुरू भएको छ । दुईदिनसम्म सञ्चालन हुने सभाको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरेकी हुन् ।

    हार्ट फाउन्डेसन झापा शाखाको आतिथ्यमा भएको सभा फाउन्डेसनका केन्द्रीय अध्यक्ष सत्यनारायण सुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, फाउन्डेसनका पूर्वअध्यक्ष डा.अवनिभूषण उपाध्याय, डा.प्रकाशराज रेग्मी, केन्द्रीय सभा संयोजक निवर्तमान अध्यक्ष बलराम न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    प्रमुख अतिथि प्रसाईंले प्रेस्क्रिप्सन बिना नै ओैषधी किन्ने र बेच्ने दुवै गलत भएको बताउँदै डाक्टरको सिफारिस बिना नै औषधी खरिद विक्री गर्ने क्रमको नियन्त्रण गर्न जरूरी रहेको बताएकी छन् । जथाभावी रूपमा ओैषधी सेवनले पनि स्वास्थ्यमा गम्भीर समस्या ल्याउने उनको भनाइ थियो ।
    धुम्रपान नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाले प्रयास गरेपनि सुर्तीजन्य बस्तुको ठुलो लगानीका ठुल्ठुला डिलरमा स्टक रहेको सामाग्री सप्लाई सक्न व्यवसायीहरुबाट समयको माग भएकाले तत्काल असम्भव रहेको बिर्तामोड नगर प्रमुख प्रसाईँले प्रष्ट पारिन् ।

    कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले मन्तव्य राख्दै सरकारको दायित्व रहेको काममा अन्य संघसंस्थाहरूसँग हातमा हात मिलाएर मुटुरोग विरूद्व हातेमालो गर्न तयार रहेको प्रतिवद्वता व्यक्त गरेकी छन् । प्रतिष्ठानका केन्द्रीय महासचिव कोमलप्रकाश घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा पूर्वअध्यक्ष डिल्लीप्रकाश घिमिरेले प्रदेश तथा जिल्ला शाखाहरूको प्रतिवेदन प्रस्तुतिको सहजीकरण गरेका थिए ।
    सभामा कैलालीदेखि ताप्लेजुङसम्मका २६ जिल्लाबाट सहभागिता रहेको बताईएको छ ।

    सो क्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले मुटु रोग विरूद्व सचेतनामुलक कार्यमा रेडक्रस संगसंगै रहेको बताए ।
    प्रतिष्ठानका निवर्तमान केन्द्रीय अध्यक्ष बलराम न्यौपानेले निजी क्षेत्रमा उपचार गर्नै कठिन रहेको बताउँदै ब्रेण्डेड र जेनेरेट फर्महरुले विरामीको ओैषधी सिफारिस गर्दा उल्टै विरामी समस्यामा पर्ने गरेको दृष्टान्त सुनाए ।

    समुदायमा हृदयरोग निवारणका लागि जनचेतना जगाउने तथा सो क्षेत्रमा काम गर्नेहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित ओरेशन सम्मानसहित विभिन्न सम्मान र पुरस्कारमाथि छनौट समितिका संयोजक डा. पुष्पराज राजकर्णिकारले प्रकाश पारेका थिए ।

    कार्यक्रममा मृगेन्द्र सम्झना चिकित्सा गुठी ओरेसन सम्मानबाट काभ्रेका डा. राजेन्द्रप्रसाद कोजुलाई सम्मान गरिएको छ । त्यसैगरी मृगेन्द्र सम्झना चिकित्सा गुठी युवा पुरस्कारबाट नगद २५ हजार राशीसहित डा. राजेस साह (धनुषा अस्पताल), स्व.दामोदरराज शर्मा स्मृति मुटुरोगी सेवा पुरस्कारबाट मकवानपुरका हरिबंश भेट्वाल, इण्ड आरएचडी अवार्डबाट नगद २५ हजारसहित डा. उर्मिला शाक्य, शाखा प्रोत्साहन पुरस्कारबाट ५० हजार नगदसहित धादिङ् शाखा र सर्वोत्कृष्ट शाखा सम्मानबाट चितवन शाखा सम्मानित भएका छन् ।

    कार्यक्रममा सम्मानित डा. कोजुले जीवनमा मुटुको संवेदनशीलताबारे प्रकाश पार्दै आहार, विहार र व्यायाममा ध्यान दिन सुझाए । शरीरका सबै अंगहरूको आफ्नै भूमिका रहेको स्पष्ट पार्दै डा. कोजुले सबैभन्दा खाद्य अनुशासन कायम राख्न आग्रह गरेका छन् ।

    प्रतिष्ठानका झापा अध्यक्ष सन्तोष अग्रवालले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा सहभागी प्रमुख अतिथी लगायत सम्पूर्ण अतिथीहरुलाई झापाका निवर्तमान अध्यक्ष कुमारमणी पोखरेलले पुष्पगुच्छाबाट स्वागत सम्मान गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन प्रतिष्ठान झापाकी सचिव उषा श्रेष्ठले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    विविध कार्यक्रम सहित जामुनखाडी कृषि सहकारीको १०औं वार्षिकोत्सव सम्पन्न

    २०८२ चैत्र ११, बुधबार ०६:०८ गते

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    २०८२ चैत्र ९, सोमबार ०७:०३ गते

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    विविध कार्यक्रम सहित जामुनखाडी कृषि सहकारीको १०औं वार्षिकोत्सव सम्पन्न

    २०८२ चैत्र ११, बुधबार ०६:०८ गते

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    २०८२ चैत्र ९, सोमबार ०७:०३ गते

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते

    बजारमा ग्याँसको अभाव भएसँगै कनकाई नगरपालिकाले गर्यो आकस्मिक अनुगमन

    २०८२ चैत्र ३, मंगलवार २२:३४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.