Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा क्रिसमस डे को अवसरमा विविध कार्यक्रम सम्पन्न
    कनकाई नगरपालिका

    कनकाईमा क्रिसमस डे को अवसरमा विविध कार्यक्रम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष ११, बिहीबार ०७:४१ गते2 Mins Read

    कनकाई खबर \ क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बुधबार (डिसेम्बर २५)का दिन यस समुदायका मानिसले क्रिसमस डे मनाएका छन् ।

    यसै क्रममा कनकाई ३ सुरुङ्गा स्थित बप्तिस चर्चमा विभिन्न साँस्कृतिक एवं सांगितीक कार्यक्रमका साथ क्रिसमस डे विशेष कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी चर्चका रेभ अमरदिप आलेको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्य रहेको विशेष कार्यक्रममा क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टले दिएको सन्देशका बारेमा चर्चा गरिएको थियो ।

    यशु ख्रीष्टको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिँदै उपप्रमुख शिवाकोटीले मुलुकको समृद्धिका लागि सबै एकजुट हुनु पर्ने बताएकी छन् । चार जात छत्तीस वर्णको साझा फुलबारीका रुपमा रहेको देशमा विभिन्न जातजाती, धर्मसंस्कृति एवं संस्कार मान्ने मानिसहरुको बसोबास रहेको भएपनि सबैले सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा उपप्रमुख शिवाकोटीको जोड थियो ।

    आजभन्दा दुई हजार २४ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको जानकारी दिँदै उपप्रमुख शिवाकोटीले पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट यशु ख्रीष्टको जन्म भएको बताएकी छन् । यसरी जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको विश्वास गरिएको छ ।उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले यस दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेको बताइएको छ ।

    मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा क्रिसमस डे लाई मनाउने गरेको बताइएको छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने वि.सं. २०६३ पछि महोत्सवका रुपमा मनाउन थालिएको चर्चका रेभ अमरदिप आले बताउँछन् ।

    यस दिवसका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । हाल कनकाई नगर क्षेत्रका विभिन्न वडामा २२ वटा चर्च रहेको साथै सुरुङ्गास्थित बप्तिस चर्च अन्तर्गत ९० घर परिवार समेटिएको रेभ अमरदिपले जानकारी दिए । नेपालमा १५ हजारभन्दा बढी चर्च बनिसकेको क्रिश्चियन धर्मावलम्बीहरुको दाबी रहेको छ । नेपालमा क्रिश्चियनका १३ वटा सम्प्रदायका चर्च रहेको जनाइएको छ ।

    पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको पाइन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय स्थलहरुमा क्रिसमसको रमझम बढी देखिएको पाइन्छ ।

    यसै अवसरमा सुरुङ्गास्थित बप्तिस चर्चमा सम्पन्न क्रिसमस डे विशेष कार्यक्रममा स्थानीय स्तरका विभिन्न सामाजिक संघसंस्था सहित क्रिश्चियन धर्मका अनुयायीहरुको बाक्लो उपस्थिती रहेको चर्चका सहायक पास्टर बसन्त घिसिङले जानकारी दिए । सहायक पास्टर घिसिङले सहभागीहरुलाई स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन चर्चका अर्का सहायक पास्टर पदम पुलामीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.