इटहरी \ नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । सुनसरीको इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनमा सोमबार राती भएको निर्वाचनबाट थापा ७८२ मत ल्याएर विजयी बनेकी हुन् ।
अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरेका छन् । मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी थापाले यसअघि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्ष लगायत विभिन्न क्षेत्र र संस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेकी छन् ।
जेसीजको कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।
कसको कति मत ?
रजनी थापा (राष्ट्रिय अध्यक्ष) ७६२ मत– विजयी
जीवन कार्की– ४५३ मत
कार्यकारिणी उपाध्यक्ष
गणेश सापकोटा– ७८५ मत– विजयी
एलिना महर्जन– ७३४ विजयी
कृष्ण सापकोटा– ७६८ विजयी
सौरभ श्रेष्ठ– ६८३ विजयी
राष्ट्रिय उपाध्यक्ष
सन्दिप खत्री– १०६८ विजयी
दिपक अधिकारी– १०६२ विजयी
धनराज कँडेल– १०३४ विजयी
सुजन थापा काजी– १०२३ विजयी
संगम कार्की– ९५८ विजयी
बबिता पाण्डे– ९२२ विजयी
अभिषेक दुलाल– ९०७ विजयी
सुमित्रा भट्टराई– ८७८ विजयी
उज्जवल काबरा– ८२९ विजयी
सुवास गौतम– ८१८ विजयी
राघव कोइराला– ८०० विजयी
मनिप्रसाद अर्याल– ७८३ विजयी