Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बाह्रदशीकी मनिषा बनिन् ‘हेरिटेज पेटाइट युनिभर्स’ विद्यामा विश्व सुन्दरी
    बाह्रदशी गाउँपालिका

    बाह्रदशीकी मनिषा बनिन् ‘हेरिटेज पेटाइट युनिभर्स’ विद्यामा विश्व सुन्दरी

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष ९, मंगलवार ०६:४२ गते2 Mins Read

    कनकाई खबर \ झापा बाह्रदशी – ६ स्थित कुमाई गाउँकी मनिषा राजबंशीले शिक्षा, अभिभावकको साथ र आत्मविश्वासका कारण अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्न सफल भएको बताएकी छन् ।

    उनी हालै थाइल्यान्डको बैंककमा आयोजित ‘हेरिटेज पेटाइट युनिभर्स २०२४’ को ताज पहिरिन सफल भएकी हुन् ।

    अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्ने राजबंशी समुदायकी प्रथम नेपाली (पहिलो राजबंशी विश्व सुन्दरी) मनिषा राजबंशीले शिक्षा नै सबै भन्दा ठुलो कुरा भएकोले आफ्नो समुदायलाई पनि यसैमा जोड दिन आग्रह गरेकी थिइन् । ‘म मोडलिङमा यसो ट्राइ गरौँ न भनेर मात्र आएकी होइनँ’, मनिषा भन्छिन्, ‘आदिवासी राजवंशी समुदायबाट पनि अभिनय र मोडलिङको क्षेत्रमा केही गर्न सक्ने प्रतिभा रहेछन् भनेर स्थापित गर्न यो क्षेत्रमा लागेकी हुँ ।’ 

    आफ्नो समुदायबाट अभिनय र मोडलिङको क्षेत्रमा खासै उपस्थिति नभएका कारण केही राम्रो गर्ने सोचका साथ मोडलिङ सम्बन्धी प्रतियोगिता र ब्युटी प्याजेन्टहरूमा भाग लिने गरेको बताउँछिन् । उनले २०१८ मा मिस राजवंशी (दोस्रो रनर अप), २०१९ मा मिस ग्रेस काठमाडौँ (दोस्रो रनर अप), सन् २०१८ मा मिस राजवंशीको उपाधि जितेकी उनले सन् २०२१ मा मिस डिभाको विनर भएकी थिइन्। 

    प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकार भेटघाटमा आफुले कहिल्यै पनि कल्पना गर्न नसकेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विजेता बन्न सफल भएकोमा मनिषाले खुशी व्यक्त गरिन् ।

    प्रतियोगितामा भारत, मेक्सिको, जापान लगायत ४४ मुलुकका सहभागीले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए । नेपालकी राजबंशी सबैलाई उछिन्दै विजेता बनिन् । राजबंशी समुदायको भाषा, कला, पहिरन र संस्कृति प्रस्तुत गरेको उनको भनाई छ । उनी हाल रत्न राज्य लक्ष्मी क्याम्पसमा समाजशास्त्रको स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययन गर्दैछिन् ।

    उनले यसअघि लोकतन्त्र पोस्ट दैनिकमा काम गरेकी थिइन् । पत्रकार सम्मेलनको आयोजना काजी मिडिया एन्ड टेक्नोलोजीले गरेको थियो । सौन्दर्य प्रतियोगिता जितेको श्रेय उनले आमा उर्मिला र हजुरआमा दिनु राजबंशीलाई दिइन् ।

    प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा मनिषाकी आमा उर्मिला राजबंशी, हजुरआमा दिनु राजबंशी, राजबंशी समाज विकास समितिका अध्यक्ष उत्तम राजबंशी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन काजी मिडियाकी सञ्चालक एवम् नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको उपाध्यक्ष अम्बिका भण्डारीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.