Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा कपको उपाधि चर्चब्वाइजलाई
    खेलकुद

    झापा कपको उपाधि चर्चब्वाइजलाई

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष ९, मंगलवार ०६:०३ गते2 Mins Read

    बिर्तामोड \ झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न ‘प्रथम झापा कप’ को उपाधि चर्च ब्वाइज युनाइटेडले हात पारेको छ ।
    चर्च ब्वाइज युनाइटेडले भर्खरै सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला झापामा लिएको छ ।

    इलाममा दश दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटी क्लबले चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

    त्यसको बदलामा चर्च ब्वाइजले प्रथम झापा कपको सम्पन्न फाइनल खेलमा एनआरटी क्लबलाई ३–१ गोल अन्तरले हराएको छ ।उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ हात पार्यो । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो ।

    गतवर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो । बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको ‘प्रथम झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसन राखेको थियो । स्कोर भने हुन नसक्दा एनआरटीले उपाधि हात पार्न असफल भएको हो ।

    खेलको २१ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेन्डरको मिसपासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए । मैदानको मध्यभागबाट सिंगल खेल्दै गोलरक्षकको हातबाट फुत्किएको बललाई वान टचमा जाली चुमाए ।

    ४३ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई डिबक्समा अनमार्क रहेका विदेशी खेलाडी अर्मान्डले गोल गरे ।

    त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो । विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए ।

    खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे । खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

    प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रुपमा छनोट भएका झापा–११ का प्रदिप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाए ।

    मस्ट भ्यालुएबल प्लेयर चर्च ब्वाइजका रोहण कार्की भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए । यसैबीच, झापा ११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले नगद २५ हजारसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।

    विजेता तथा उपविजेतालाई प्रमुख अतिथि संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, गोर्खा टि इस्टेटका सञ्चालक उदय चापागाईं, आयोजक झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पूर्वअध्यक्ष टिकाराज ढकाल, अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देन तामाङ, शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा, बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौला, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.