Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आत्मा र परमात्मालाई चिन्ने एउटा महत्वपूर्ण माध्यम ध्यान
    कनकाई नगरपालिका

    आत्मा र परमात्मालाई चिन्ने एउटा महत्वपूर्ण माध्यम ध्यान

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष ६, शनिबार २२:२६ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा एक विशेष कार्यक्रमका बीच विश्व ध्यान दिवस मनाइएको छ ।

    कनकाई ३ सुरुङ्गा स्थित ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले आत्मा र परमात्मालाई चिन्ने एउटा महत्वपूर्ण माध्यम ध्यान रहेको बताएका छन् । राजयोग सेवा केन्द्र सुरुङ्गाकी प्रमुख ब्रम्हकुमारी पार्वती दिदीको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको ध्यान दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले अहिलेको व्यस्त जीवनशैली व्यवस्थापनमा ध्यानको अत्यन्तै महत्व रहेको बताएका छन् ।

    मानव जीवनमा मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको अति नै महत्व रहेको भन्दै नगर प्रमुख पोखरेलले तनाव व्यवस्थापन, आत्मचिन्तन र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यानको अति नै आवश्यक रहेको बताए । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवसको अवसरमा नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संघ संस्थाले ध्यान शिवरि संचालनमा ल्याएको बताइएको छ ।

    संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते अर्थात आज पौष ६ गतेका दिन पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम सम्पन्न भएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ ।

    प्राचीनकालमा आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गरे पनि पछिल्लो समय जीवन विज्ञान, विपश्यना, ओमशान्ति, पतञ्जली लगायतले शान्त र आरोग्य जीवन अपनाउन सकिने गरी जनमानसमा ध्यानको अभ्यास गराउँदै आएको बताइएको छ ।यसबाट शान्तिको निरन्तर लहर पृथ्वीभर फैलने विश्वास गरिएको छ ।

    ब्रम्हकुमारी अशोका दिदीले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, वडा नं. ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, कार्यपालिका सदस्य कृष्णमाया भुजेल, वडा नं.९का पुर्व वडाअध्यक्ष प्रेमप्रसाद राजवंशी , समाजसेवीहरु
    खड्ग प्रसाईँ र रविन्द्र लम्साल, पत्रकार रामप्रसाद निरौला लगायतले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै ध्यानको माध्यमबाट परिवार र समाज रुपान्तरणमा हत्वपूर्ण भूमिका खेल्न सकिने बताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.