Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रथम झापा कप – चर्च ब्वाइज सेमिफाइनलमा
    खेलकुद

    प्रथम झापा कप – चर्च ब्वाइज सेमिफाइनलमा

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष ३, बुधबार २२:५९ गते2 Mins Read

    बिर्तामोड \  गतवर्ष डोमालाल रंगशालामा भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड प्रथम झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै अन्तिम चार स्थान पक्का गरेको हो ।

    चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो ।

    गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

    ४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको कर्नर प्रहारलाई चर्चका विदेशी खेलाडी आर्मन्डले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए ।

    पहिलो हाफको थपिएको समयमा चर्चले गोल थपे । कमल श्रेष्ठको फ्रिकिक प्रहारमा अर्का विदेशी खेलाडी डिकाले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

    खेलको अधिकांश समय बल नियन्त्रण गर्न सफल चर्चले गोल गर्ने थप अवसर सदुपयोग गर्न सकेन । ३२ औँ मिनेटमा चर्चका समिर तामाङले गरेको हेडर बार नजिकैबाट बाहिरियो ।

    ४७ औँ मिनेटमा विदेशी खेलाडी अबयोमीले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । खेलको अतिरिक्त समयमा सनम भुजेलले गरेको कडा प्रहार गोल बारमा लागेर फर्कियो ।

    गोर्खा ब्वाइजले ६५ औँ मिनेटमा पाएको अवसर गुमायो । सुजित बुढाथोकीले प्रहार गरेको लङ रेन्जर सट बाहिरियो । ८२ औँ मिनेटमा विदेशी खेलाडी रिचार्डले गरेको प्रहार फ्रेममा पर्न सकेन ।

    तीनजना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको गोर्खा ब्वाइजले अपेक्षित प्रदर्शन गर्न सकेन । गोर्खा ब्वाइजका अधिकांश खेलाडीले खेल अवधिभर बल कन्ट्रोल गर्न सकेनन् ।

    गोर्खा ब्वाइजको स्ट्राइकिङ लाइन फितलो देखिएको थियो । खेलाडीबीच तालमेल नमिल्दा गोर्खा ब्वाइज पहिलो खेलमै पराजित भएर घर फर्किएको छ । खेलको प्लेयर अफ द म्याच विजेता चर्च ब्वाइजका डिका भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

    विहीबारको खेल एनआरटी क्लब काठमाडौँ र काठमााडौँको जिल्ला लिग विजेता चित्लाङ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.