Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका शिक्षकहरुको आफ्नै पिडा ःमासिक रुपमा तलब नपाउँदा दैनिक जीवन कष्टकर
    कनकाई नगरपालिका

    कनकाईका शिक्षकहरुको आफ्नै पिडा ःमासिक रुपमा तलब नपाउँदा दैनिक जीवन कष्टकर

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष २, मंगलवार १५:०८ गते4 Mins Read
    default

    कनकाई खबर \ सङ्घीय सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिक तलब उपलब्ध गराउन परिपत्र गरे पनि कनकाई नगरपालिकाले सो परिपत्र लागु गर्न सकेको छैन ।

    सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको असहयोगका कारण नगरपालिकाले शिक्षकहरूलाई मासिक तलब उपलब्ध गराउन नसकेको बताइएको छ । शिक्षकले आफूहरूलाई मासिक रूपमै तलब दिन गरेको मागमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहजीकरण गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गत मंसिर १७ गते पत्र लेखेको थियो । शिक्षा मन्त्रालयको उक्त पत्रअनुसार सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै पालिकालाई मासिक रूपमै तलब उपलब्ध गराउन पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई मासिक रूपमा तलब उपलब्ध गराउन परिपत्र गरे पनि कनकाई नगरपालिकामा कार्यान्वयन हुन सकेको छैन ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रमा लेखिएको छ–‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रमार्फत शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलबभत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलबभत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भई आएको हुँदा आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’

    कनकाई नगरपालिकाले केन्द्रीय सरकारको परिपत्रलाई स्विकार्दै सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब उपलब्ध गराउने प्रधानाध्यापकहरूको बैठकबाट निर्णय गरे पनि नगरपालिकाले मासिक रूपमा अझै पनि तलब उपलब्ध गराउन नसक्ने देखिएको छ । नगरपालिका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रूपमा तलब दिन सकिने पक्षमा छ । तर कार्यान्वयनका पाटोमा विद्यालयहरूबाट यथेष्ट सहयोग नहुँदा पहिलो गाँसमै ढुङ्गोझैँ भएको छ ।

    लामो समयदेखि मासिक रूपमा तलब नपाउँदा घरखर्चसमेत चलाउन समस्या पर्ने गरेको शिक्षकहरूको गुनासो रहने गरेको छ । कनकाई नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजकुमार ओडारी शिक्षकलाई मासिक रूपमा तलब उपलब्ध गराउन सम्भव रहेको बताउँछन् । शिक्षा अधिकृत ओडारीले भने, ‘सबैले देख्दा स्थानीय तहले तलब दिएन भन्ने देखिन्छ, तर होइन । विद्यालयमा पढाउने गुरुहरूलाई सेवासुविधा नदिने भन्ने होइन । दिनैपर्छ । मासिक रूपमै दिनुपर्छ । आवश्यक पनि छ । तर यसका लागि विद्यालयले आवश्यक कागजात बुझाउनु पर्छ ।’ समयमा माग फाराम बुझाउन प्रधानाध्यापकहरूले झन्झटिलो मान्ने गरेका छन् । पालिकाका कारणले भन्दा पनि विद्यालयका प्रअ तथा प्रशासकले प्रक्रिया पु¥याउन नसक्दा ढिलाइ हुने गरेको उनको भनाइ छ । २५ गतेसम्म माग फारम बुझाउने, मसान्तसम्म शिक्षा शाखाले मागफाराम जाँच गरी लेखा शाखालाई बुझाउने र अर्को महिनाको ५ गतेसम्ममा शिक्षकको तलब निकासा गर्ने गरी तयारी गरिएको भए पनि कनकाई नगरका १४ वटा सामुदायिक विद्यालयमध्ये केही विद्यालयले मात्र २५ गतेसम्ममा माग फाराम बुझाएको शिक्षा शाखाले जनाएको छ ।
    कनकाई माध्यमिक विद्यालय सुरुङ्गाकी विज्ञान शिक्षक बिमला अधिकारी शिक्षकलाई मासिक तलब दिनुपर्छ भनेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिएको परिपत्र उचित भएको बताउँछिन् । उनी भन्छिन्, ‘यो सकारात्मक हो । शिक्षकले मासिक रूपमा तलब खान पाउनु पर्छ ।’ शिक्षकलाई मासिक रूपमा तलब दिन कनकाई नगरपालिका बाधक नरहेको र शिक्षा शाखा तथा लेखा शाखामा यस सम्बन्धमा कुनै समस्या नरहेको शिक्षा शाखाको भनाइ छ ।

    मासिक रूपमा तलब आउँदा जीवन निर्वाह गर्न सजिलो हुने र लामो समयसम्म तलबका लागि कुर्नुपर्दा शिक्षकले ऋण खोजेर व्यवहार चलाउन बाध्य भएको शिक्षकहरूको भनाइ छ । व्यावहारिक रूपमा हेर्दा कतिपय शिक्षकले बैंकबाट, सहकारीबाट ऋण लिएका हुन्छन् । मासिक रूपमा ब्याज तिर्नुपर्छ । मासिक रूपमा कोठाभाडा बुझाउनुपर्छ । खाद्यान्न जुटाउनुपर्छ । मासिक तलब नआउँदा ठूलो समस्या परेको शिक्षकको गुनासो हुने गरेकाले मासिक तलब निकासाका लागि कनकाई नगरपालिकासँग पटकपटक माग गरिएको नेपाल शिक्षक महासङ्घ कनकाई नगर अध्यक्ष चन्द्रप्रसाद पोखरेलले बताए । शिक्षक र कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कनकाई नगरपालिकाले गरेको निर्णय स्वागतयोग्य भएकाले सो निर्णय कार्यान्वयनका लागि प्रधानाध्यापकहरूले सहयोग गर्नुपर्ने पोखरेलको धारणा छ । पोखरेलले भने, ‘यो त हाम्रै वर्षौँदेखिको मागअनुसार भएको हो, तसर्थ यो निर्णय लागु हुनैपर्छ ।’

    सरस्वती मावि कनकाई–२ जामुनाबारीका प्रधानाध्यापक नारायण अधिकारीले सङ्घीय सरकारको परिपत्रअनुसार कनकाई नगरले गरेको शिक्षकलाई मासिक तलब उपलब्ध गराउने निर्णय लागु हुनुपर्ने बताए । माग फाराम बुझाउन कुनै विद्यालयको समस्या भए पनि ती समस्यालाई आन्तरिक रूपमा हल गरी सहज वातावरण बनाउनुपर्ने प्रअ अधिकारीको भनाइ छ । नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरिएको भौचर, अघिल्लो महिनाको शिक्षकलाई तलब भुक्तानी गरिएको भर्पाई, अघिल्लो महिनाको शिक्षकको हाजिरी विवरणसहित माग फाराम शिक्षा शाखामा बुझाउनुपर्ने प्रअ अधिकारीले बताए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कनकाई नगर समिति अध्यक्ष ज्ञानबहादुर रायमाझीले शिक्षकले मासिक तलब पाउने गरी गरिएको तयारीमा सबै पक्षको हार्दिक सहयोग रहनुपर्ने आफ्नो सङगठनको धारणा रहेको बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.