Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पत्रकार महासंघको निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न ः मतगणना सुरु
    कनकाई नगरपालिका

    पत्रकार महासंघको निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न ः मतगणना सुरु

    कनकाई खबरBy कनकाई खबर२०८१ मंसिर २८, शुक्रबार २१:२५ गते2 Mins Read


    झापा \ नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनको मतगणना सुरु भएको छ ।

    निर्वाचन समितिका अनुसार बर्तामोड स्थित अग्रसेन भवनमा अहिले राति ८ वजेदेखि मतगणना सुरु भएको हो । महासंंघको निर्वाचन आज विहान १० वजेदेखि सुरु मतदान ४ वजे सम्पन्न भएको हो । कुल दुई सय २० जना मतदाता मध्ये २०५ जनाले मतदान गरेका थिए । ९३ दशमलव १८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । शुक्रबार केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन समितिका अधिकृत शिरो सान्दाईले जानकारी दिए । आज एकैदिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान भएको हो ।


    झापा शाखामा अध्यक्ष पदका लागि चार जनाले उम्मेद्वारी दिएका थिए । अध्यक्ष पदका लागि टीकाराम नेती, डिकेश लामा, राजेन्द्र गौतम र एकराज गिरीले उम्मेद्वारी दिएका थिए । झापा शाखाको २० सदस्यीय कार्यसमितिका लागि ३३ जनाले उम्मेदवारी दिएका छन् । झापाका लागि १५ जना प्रदेश परिषद सदस्य आवश्यक परेकोमा १३ जनाको मात्र उम्मेदवारी परेका कारण यस अघि नै सर्वसम्मत भएको जनाइएको छ ।


    यसरी सर्वसम्मत हुने प्रदेश परिषद सदस्यहरुमा आत्माराम राजबंशी, पुकारचन्द्र राजबंशी, रश्मिशेखर सुवेदी, रामप्रसाद निरौला, अनुषा चुडाल, वेणुप्रसाद अधिकारी, तुलसीप्रसाद निरौला, विष्णुप्रसाद पौडेल, कमला श्रेष्ठ, सुष्मादेवी नेपाली, उमानाथ भण्डारी, लक्ष्मी उप्रेती र शुष्मा राजबंशी रहेका छन् । त्यस्तै, ४ जना केन्द्रीय परिषद सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।


    कार्यसमितिका लागि उपाध्यक्षमा गणेशमान मुखिया र सुब्रत न्यौपाने, महिला उपाध्यक्षमा विनिता गौतम (विनिशा शर्मा) र सुशीला संग्रौलाले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिवमा राजु पाठक र प्रदिप परियार, सहसचिव पदमा रमेश तिवारी सर्वसम्मत भएका छन् । सहसचिव समावेशीमा चिरञ्जीवी घिमिरे र तिलक तामाङ योञ्जनको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा पुष्पलाल खड्का, शम्भुजीत दाहाल र मुक्तिनाथ पौडेलले उम्मेद्वारी दिएका छन् ।

    सदस्यका लागि भूमिराज पराजुली, सन्तोष शर्मा, प्रकाश उप्रेती, मनोज तिवारी, बिनोद पाण्डे, उत्तम नेपाल, सुदिप अधिकारी, भुकुमारी लिम्बू, सविना लिम्बु, इन्द्रकुमार राई, मनकुमार शर्मा, स्वास्तिका आचार्य, दिलिप थापा, चन्द्रप्रसाद बानियाँ (प्रकाश), तीर्थराज तिम्सिना, अस्मिता साँखी, ईशा प्रधान, द्रोण अधिकारी, दिपेश राजबंशी र देवेन्द्र प्रसाईले उम्मेद्वारी दिएका छन् । एक जना सदस्य मनकुमार गदाल निर्विरोध भएका छन् ।
    त्यस्तै, ४ जना केन्द्रीय परिषद सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । महिलामा लिला अनमोल र आदिबासी जनाजातिमा विशाल नेम्बाङ निर्विरोध भएका छन् ।

    केन्द्रीय परिषद सदस्यमा अर्जुन कार्की, पर्वत पोर्तेल, नेत्रविक्रम विमली, कमन देवान, विष्णु सुब्बा र होमप्रकाश अधिकारी चुनावी मैदानमा छन् । अहिले राति ८ वजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.