Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा कनकाई बचत तथा ऋण सहकारीको शेयर पूँजी १करोड ६लाख ४९ हजार
    कनकाई नगरपालिका

    सुरुङ्गा कनकाई बचत तथा ऋण सहकारीको शेयर पूँजी १करोड ६लाख ४९ हजार

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ मंसिर २८, शुक्रबार ०७:४९ गते2 Mins Read

    कनकाई खबर \ सुरुङ्गा कनकाई बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    तराईकै पहिलो सामुदायिक वनका रुपमा रहेको कनकाई सामुदायिक वन समुहका उपभोक्तालाई सदस्यता प्रदान गर्दै आजभन्दा १३ वर्ष अघि २०६८ को असोजबाट बचत तथा ऋणको कारोबार गर्न सुरुवात गरेको यस सहकारी संस्थामा हाल १ हजार ४ सय १७ जना शेयर सदस्य रहेका छन् । वन समुहको क्षेत्र कनकाईको वडा नं.२, ३ र ४ सिमाना कायम गरिएको संस्थाको शेयर पूँजी रु.१ करोड, ६ लाख ४९ हजार ७ सय रहेको बताइएको छ ।

    संस्थाका अध्यक्ष प्रेमप्रसाद चुडालको सभापतित्व एवं संस्थाको संरक्षकको रुपमा रहेको कनकाई सामुदायिक वनका अध्यक्ष ख्यामप्रसाद ओलीको प्रमुख आतिथ्य रहेको साधारण सभामा संस्थाको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चुडालले सदस्यहरुकालागी सहकारीको माध्यमबाट गरिबि न्यूनिकरण साथै उद्यमशीलता श्रृजना गर्दै रोजगारीको दिगो व्यवस्थापनमा संस्था अघि बढेको बताए । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउँनकालागी स्वरोजगारमुखी कार्यक्रममा प्रोत्साहन गर्दै आएको अध्यक्ष चुडालले प्रतिवेदन मार्फत सभामा जानकारी गराए ।

    साधारण सभाको अवसरमा संस्थाको वार्षिक कार्यक्रमका रुपमा रहेको ज्येष्ठ सदस्यहरु, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट ऋणी साथै उत्कृष्ट बचतकर्ताहरुलाई विशेष सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा संस्थाका जेष्ठ शेयर सदस्यहरु खेमप्रसाद अधिकारी र कौशिला दहाल रहेका छन् । त्यस्तै असल धितो ऋणी तर्फ हिमादेवी शिवाकोटी, व्यक्तिगत व्यवसाय ऋणी तर्फ कमल श्रेष्ठ र पवित्रीकुमारी शाह, निक्षेप बचत तर्फ गीता थापा, समूहगत तर्फ केशरीमाया माझी, कल्पना मगर, सीता राई, उर्मिला थेम्बे र उमा राई रहेका छन् । त्यस्तै मासिक बचत कर्ता मध्ये प्रेमकुमार गुरुङ्ग , दैनिक बचत कर्ता मध्ये कौशिला भट्टराई, बसन्तकुमार बिमली र मदनकुमार पाठक सम्मानित भएको संस्थाकी व्यवस्थापक लीलाकुमारी भुजेलले जानकारी दिएकी छन् ।

    सम्मानित सबैलाई संस्थाका अध्यक्ष चुडाल सहित कार्यक्रमका प्रमुख अतिथी कनकाई सामुदायिक वनका अध्यक्ष ओली, सुरुङ्गा कनकाई सहकारी संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद पाठक, कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ लगायतले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा संस्थाको लेखा समितिका संयोजक श्रीप्रसाद खरेलले लेखा समितिको वार्षिक प्रतिवेदन र ऋण उपसमिति तर्फको वार्षिक प्रतिवेदन संयोजक खेमराज कार्कीले प्रस्तुत गरेका थिए ।


    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ओलीले सामुदायिक वनको माध्यमबाट उपभोक्ताको जीवनस्तर उकास्ने उद्येश्यका साथ अघि बढेको यो सहकारी आफैंमा अब्बल संस्था रहेको बताए । संस्थाका उपाध्यक्ष कमल मैनालीले स्वागत गरेको कार्यक्रममा कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, वडाका निवर्तमान अध्यक्ष रुद्रप्रसाद चिमरीया, सुरुङ्गा कनकाई सहकारी संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद पाठक, दुर्गापुर साझा सहकारी संस्थाका अध्यक्ष टिका पाठक, कनकाई नगरपालिका सहकारी तथा सामाजिक विकास शाखाकी प्रतिनिधि कमला वि.क. लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव श्यामकुमार पौडेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.