Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » साहित्य एवं संगीतमा क्रियाशिल दुई फरक संस्थाको भव्य कार्यक्रम एकै ठाउँमा
    कनकाई नगरपालिका

    साहित्य एवं संगीतमा क्रियाशिल दुई फरक संस्थाको भव्य कार्यक्रम एकै ठाउँमा

    कनकाई खबरBy कनकाई खबर२०८१ मंसिर १९, बुधबार २२:४६ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा साहित्य र संगीतका क्षेत्रमा क्रियाशिल दुई फरक संस्थाले एकै ठाउँबाट भव्य कार्यक्रम सम्पन्न गरेका छन् ।

    साहित्य र संगीतका क्षेत्रमा क्रियाशिल संस्था क्रमशः कनकाई प्रतिभा प्रतिष्ठान र संगीत साधना कला केन्द्रको संयुक्त आयोजनामा साहित्यिक एवं सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कला केन्द्रको सभा हलमा शनिवार सम्पन्न विशेष कार्यक्रमका अवसरमा दुईवटा कृति बिमोचनसँगै सुरुङ्गामा रहेको कला केन्द्रको सभाहल समेत उद्घाटन गरिएको छ ।

    कार्यक्रम अन्तर्गत कनकाई प्रतिभा प्रतिष्ठानले बार्षिक रुपमा नियमित प्रकाशन गर्दै आएको कनकाई प्रवाहको सातौ तरङ्गको रुपमा यस पटक प्रकाशन गरेको संस्मरण विशेषाङ्क अनावरण गरिएको थियोे । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ पवन राजवंशी , कनकाई नगर उपप्रमुख आशा शिवाकोटी , साहित्यकार कोमलप्रसाद पोखरेल, जीवनहरी शर्मा , साहित्य चौतारिका संस्थापक अध्यक्ष देविभक्त श्रेष्ठ , संगीत साधना कलाकेन्द्रका संस्थापक सदस्य एवं अक्षयकोषका संरक्षक लीलाप्रसाद चिमरिया, कार्यक्रमका अध्यक्ष जीवनाथ सुवेदीले संयुक्तरूपमा संस्मरण विशेषाङ्क अनावरण गरेका हुन् ।

    विशेषाङ्कको समिक्षा शिक्षासेवी भिम दाहालले गरेका थिए । पुस्तकको समिक्षा गर्दै दाहालले संस्मरण विशेषाङकका सर्जकहरुले भावनामा नबगी यथार्थमा जस्ताको त्यस्तै चित्रण गरेको प्रष्ट पारे । दाहालले संस्मरणमा साहित्यका नवरसहरु मध्ये श्रृङ्गारीक रस बाहेक सबै रसहरु प्रयोग भएको पनि जानकारी गराए । संस्मरणले विभिन्न देशका विभिन्न स्थानको परिचय समेत दिनुका साथै धार्मिक ,सामाजिक , पारिवारिक लगायतका विभिन्न विषयबस्तु समेट्न सफल भएको हँुदा संस्मरण विशेषाङ्क मनन् योग्य , पठन योग्य रहेको पनि समिक्षक दाहालले वताए ।

    त्यस्तै कार्यक्रममा गायिका तुलसा तिम्सिना पाठकको एकल स्वरमा रहेको कृष्ण दर्शन भाग –२ भजन संग्रहको समेत लोकार्पण गरिएको थियोे । भजन संग्रहमा प्रतिष्ठानका अध्यक्ष समेत रहेका जीवनाथ सुवेदी , पुर्णलाल श्रेष्ठ र दुर्गा ओलीका रचना समेटिएका छन् भने पुर्णलाल श्रेष्ठले आफ्नो रचनामा आफंै संगीत भरेका छन् । अन्य सबै रचनामा संगीतकार ध्रुव पाठकको संगीत रहेको छ ।

    भजन संग्रहको समिक्षा गर्दै शिक्षासेवी डा.पुण्यप्रसाद सिग्देलले यस संग्रहमा रहेका भजनहरु गाउँदा ,सुन्दा थाहै नभई भक्ति भावमा सजिलै समर्पित हुने वताए । सबै भजनहरुमा स्वर , संगीत र शब्दको गतिलो समायोजन भएकोले कर्णप्रिय रहेको पनि उनले वताए । प्रमुख अतिथि प्राज्ञ पवन राजवंशी , विशिष्ट अतिथि कनकाई नगर उपप्रमुख आशा शिवाकोटी, कृष्ण योञ्जन लगायतले जीवनाथ सुवेदीको रचनामा रहेको भजनको भिडियो प्ले गरेर लोकार्पण गरिएको भजनको समिक्षा समेत गरिएको थियो । भजनका शब्दमा भक्ति भावसँगै संयोग हुनसक्छ “शुदर्शन विना जिव…” भन्ने बाबु जीवनाथ र स्वर्गीय छोरा शुदर्शन नाम अंकित शव्द र दृश्य चित्रले भावविह्वल नै बनाउने पनि समिक्षक सिग्देलले वताए ।

    कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा र स्वर सम्राट नारायण गोपालको स्मृतिमा कवि जीवनहरि शर्मा , पुण्य बराल , कमला सुवेदीबाट रचना वाचन सहित गायक झलक संग्रौला , तुलसा तिम्सिना पाठक , रविन मैनाली , लता चिमरिया , धनमाया गजुरेल साथै संगीत साधना कलाकेन्द्रका विद्यार्थीहरुबाट सांगितीक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

    सोहि अवसरमा कनकाई नगर उपप्रमुख आशा शिवाकोटीबाट संगीत साधना कलाकेन्द्रले सञ्चालनमा ल्याएको अक्षयकोषको वृद्धिका लागि व्यक्तिगत रुपमा नगद ५१ हजार १ सय ५५ रुपैयाँ कलाकेन्द्रका संस्थापक ध्रुव पाठक र अध्यक्ष तुलसा तिम्सिना पाठकलाई हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण गर्दै नगर उपप्रमुख शिवाकोटीले नगर भित्र संगीतमा विशेष रुची रहि आर्थिक अवस्थाका कारण प्रशिक्षण लिन नसकिरहेका कोही भएमा आफ्नो वडा र संगीत विद्यालयबाट सिफारिस लिएर नगरपालिकाको कार्यालयमा आएमा प्रशिक्षणको व्यवस्थापन नगरले गरिदिने प्रतिवद्धता समेत जनाएकी छन् ।

    कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीको अध्यक्षता एवं प्राज्ञ पवन राजवंशीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा झापा सहित जिल्ला बाहिरका समेत साहित्यकार , संगीतकर्मी साथै स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियोे ।

    कार्यक्रमका विशिष्ट अतिथि कृष्ण योञ्जन , विशेष अतिथि यज्ञराज ओली र अखिलकुमार कोइराला लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत संगीत साधना कलाकेन्द्रका सचिव दिलिपकुमार खतिवडाले गरेका थिए भने धन्यवाद ज्ञापन कलाकेन्द्रका संस्थापक ध्रुव पाठकले गरेका थिए । कार्यक्रम संचालन कनकाई प्रतिभा प्रतिष्ठानका सचिव प्रेम प्रभात न्यौपाने र कलाकेन्द्रका सहसचिव लेखनाथ गुरगाईले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.