Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको वडा नं.६ मा ओली निर्वाचित
    कनकाई नगरपालिका

    कनकाईको वडा नं.६ मा ओली निर्वाचित

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ मंसिर १७, सोमबार ००:५१ गते2 Mins Read

    कनकाई खबर \ स्थानीय तहको उपनिर्वाचन अन्तर्गत झापाको कनकाई नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र तर्फका उम्मेद्वार लक्ष्मीप्रसाद ओली विजयी भएका छन् ।

    चापाकल चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार ओली ४९३ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत प्राप्त गरे । उनीहरु बिचको अन्तर १३७ मतको रहेको बताइएको छ । नवनिर्वाचित वडाअध्यक्ष ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी सहित कनकाईमा क्रियाशिल स्वतन्त्र नागरिक सम्पादन समूहको समेत समर्थन रहेको बताइएको छ ।

    उपनिर्वाचनका लागि कनकाई ६ मा दुई हजार ५८ मतदाता रहेकोमा एक हजार ५ सय १३ मत खसेको बताइएको छ । गत २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेवाट निर्वाचित वडाअध्यक्ष दीर्घबहादुर थापाको क्यान्सर रोगका कारण निधन भएपछि उक्त पदका लागि उपनिर्वाचन भएको हो ।
    नवनिर्वाचित वडाअध्यक्ष ओली २०७४को स्थानीय तह निर्वाचनमा सोहि वडाको वडाअध्यक्षमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनले २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवार भएर झिनो मतान्तरले एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।
    मत परिणाम अनुसार नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेद्वार गणेशबहादुर थापाले २७७ मत प्राप्त गरे । मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले २० मत प्राप्त गरे भने राप्रपाका नारायण प्रसाद निरौलाले २९ मत पाए ।
    जनमत पार्टीका शुकलाल राजवंशीले ९ मत ल्याएका छन् भने नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले जानकारी दिए. ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.