Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा गौहत्या गरेर भागेका चारजना पक्राउ
    कनकाई नगरपालिका

    कनकाईमा गौहत्या गरेर भागेका चारजना पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८१ मंसिर १२, बुधबार २२:३१ गते3 Mins Read

    गौहत्या गर्ने जोकोही भएपनि हदैसम्मको सजाय हुनुपर्छः कनकाई नगर प्रमुख पोखरेल
    कनकाई खबर \ झापाको कनकाई ३, सुरुङ्गास्थित टप्पु बस्तीमा गौहत्या भएको छ । टप्पु चोक पूर्वमा मंगलबार गाई काटिएको अवस्थामा फेला परेको हो ।

    गौ हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा बाह्रदशी वडा नं.४ बस्ने बुधन आलम र उनकी श्रीमति कुरेसा खातुन त्यस्तै भारतको किसनगञ्ज घर भई हाल कनकाई ̶ ३ बस्ने दिलबर हुसेन र उनकी श्रीमति महिदा खातुन रहेको बताइएको छ । उनीहरु टप्पु चोक स्थित लीला संग्रौलाको घरमा भाडामा बस्दै आएको जनाइएको छ ।

    संग्रौलाको ईटाको गारो र टीनको छानो भएको घर भाडा लिएर बस्दै आएका उनीहरुले स्थानीय लिलाप्रसाद सिलवालको गोठमा बाँधिएको लैनो गाई चोरी गरेर आफू बसेको घरमा काटेर मासु समेत प्रयोग गरेका थिए । स्थानीयबासीको सहयोगमा प्रहरीलाई सुचना प्राप्त भएको लगत्तै खोजतलासलाई तिब्रता दिएको प्रहरीले बुधन आलमलाई बाह्रदशी वडा नं.४ बाट र अन्य तीनजनालई भद्रपुर नगरपालिका वडा नं.५ स्थित मेची पुलबाट भारत तर्फ भागिरहेको अवस्थामा मंगलबार दिउँसो पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनीहरु चारजनालाई नै झापा जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धि ऐन (गाई गोरु मार्न नहुने ) कसुरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ ।

    घटनास्थललाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो भने गाई काट्नेलाई पक्राउ गरी कारबाहीको माग गर्दै धर्म गुरुहरु सहित स्थानीयबासीले चर्को नाराबाजी गरेका थिए । गाई काट्नेलाई पक्राउ गरी कारबाहीको माग गर्दै श्री शताक्षी गोवद्र्घन गौशालाका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाज, पं.कुबेर सुवेदी लगायत सयौंको संख्यामा रहेका धर्मगुरुहरु सहित स्थानीयबासीहरुले विरोध प्रदर्शन गरेका थिए ।

    गौहत्या गर्ने जोकोही भएपनि हदैसम्मको सजाय हुनु पर्ने भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गौ हत्याप्रति स्थानीय सरकारका तर्फबाट दुख व्यक्त गर्दै हत्यारालाई कुनै पनि बहानामा छोटो समयमा छुट दिनु नहुने बताएका छन् । हत्यारालाई हदैसम्मको कार्वाहीका लागि धर्मगुरुहरुसँगै स्थानीय सरकार साथमा रहने नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाएका छन् ।

    हत्याको बिरोधमा स्थानीय सरकार प्रमुख सहित वडाका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, धर्मगुरुहरु सहित स्थानीयबासीको चर्को नाराबाजीपछि काटेर छियाछिया पारेको गाई लिएर सुरुङ्गा बजार हुँदै चोकमा पुगेर केही समय सडकमा कोण सभा भएको बताइएको छ ।

    त्यसपछि कोटीहोम धार्मिक क्षेत्र आसपासको पुर्वपश्चिमको सडक खण्डमा गएर नाराबाजी सहित सडक अवरुद्ध गरिएको थियो । कोटीहोम परिसरको सडक खण्ड अवरुद्ध गरी राती अबेर सम्म पनि प्रर्दशन भएपछि प्रहरीको बाक्लो उपस्थितीले बाटो खुलाउन बल प्रयोग गरेको बताइएको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रयोग गरेको बताइएको छ । सोही अवस्थामा गौहत्याको विरुद्धमा नाराबाजी गरिरहेका केही धर्मगुरुहरु सहित स्थानीयबासी घाइते समेत भएको जनाइएको छ ।

    हत्या भएको गाईलाई राती र्नै प्रहरीले स्थानीयबासीको रोहबरमा जेसिबीले खाल्टो खनेर नजिकैको जङ्गलमा व्यवस्थापन गरेको बताइएको छ । गौ हत्याको निन्दा र भर्सना गर्दै धर्मगुरुहरुले देशको संविधान संसोधन गर्दै गौ हत्यारालाई जन्मकैदको सजाय हुने गरी कानुन बनाउँनु पर्नेमा जोड दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.