Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सताक्षीधाममा मंसिर १४ देखि हुने गोरक्षा महोत्सवको भव्य तयारी
    विशेष

    सताक्षीधाममा मंसिर १४ देखि हुने गोरक्षा महोत्सवको भव्य तयारी

    कनकाई खबरBy कनकाई खबर२०८१ मंसिर ११, मंगलवार ०५:५० गते3 Mins Read


    झिलझिले \ झापाको सताक्षीधाममा मंसिर १४ गतेदेखि सुरु हुने गोरक्षा महोत्सवको भव्य तयारी भइरहेको छ । यो वर्ष सवा करोड रुद्राक्षजडित ५१ फिट अग्लो शिवलिङ्ग महोत्सवको मुख्य आकर्षण हुने आयोजक गोलोक गोवर्धन गौशालाले जनाएको छ।

    गोरक्षा महोत्सवको तयारी लगायतका विषयमा जानकारी दिने उद्देश्यले गौशाला परिसरमा आयोजित पत्रकार भेटघाटमा गौशालाका संरक्षक समेत रहेका अध्यक्ष नन्दकिशोरजी महाराजले महोत्सवको तयारी धमाधम भइरहेको जानकारी दिए ।

    महोत्सवमा पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्रीतुलसी–शालिग्राम, श्री सीता–राम विवाह तथा लिंग महापुराण कथा प्रवचन हुने जनाइएको छ ।
    सवा करोड रुद्धाक्ष दानाको शिवलिङ्ग धमाधम निर्माण भइरहेको छ । यो सबै पूर्वपश्चिम राजमार्गमा स्वागतद्वारहरू निर्माण भएका छन् ।
    गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य भारतद्वाजले मंसिर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ, १५ गते बालाचतुर्दशी उत्सव सतबीउ रोपण, १६ गते बिद्वत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुन्डीय श्री रुद्र महायज्ञ तथा ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा बिशेष अर्चना, रुद्री पाठ तथा श्रीलिंग महापुराण प्रारम्भ हुने बताए ।

    यसैगरी मंसिर १८ गतेदेखि नियमित पञ्चकुण्डीय महायज्ञ तथा रुद्रीपाठ एवं श्री लिङ्ग महापुराण प्रवचन, २० गते झापाका सामुदायिक बिद्यालयका छात्रहरुबाट गोरक्षाको आवश्यकता माथि प्रतिस्पर्धात्मक विचार गोष्ठी, २१ गते विवाह पञ्चमी, श्री सिताराम, तुलसी शालिग्राम विवाह महोत्सव, २२ गते कनकाई मातामा दुग्धाभिषेक, २३ गते नेपाल प्रहरी तथा उत्कृष्ट गौसेवक सम्मान र २४ गते गोरक्षा महोत्सव सहित धार्मिक कार्यक्रम हुने बताइएको छ ।

    लिङ्ग महापराण कथा प्रवचक विद्वत्वरेण्य आचार्य पं. लक्ष्मीप्रसाद खतिवडा र पाठपारायण आचार्य पं. मदनमोहन अधिकारी रहने बताइएको छ ।
    दशौँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा करिब एक करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। दक्षिण एसियाली मुलुक लगायत युरोपियन मुलुकमा बसोबास गर्ने नेपाली भाषीले दिएको आर्थिक सहयोग यो कार्यक्रमको मुख्य स्रोत भएको नेपाल भारत देशका राधे राधे परिवारका प्रवक्ता घनश्याम शास्त्री खनालले बताए । करिब एक करोड खर्च भइरहँदा यो धार्मिक अनुष्ठानमा ३ करोड सहयोग प्राप्त हुने अनुमान गौशालाले गरेको छ । धार्मिक अनुष्ठानको खर्चबाट बचेको रकम गौ संरक्षणमा खर्च हुने बताइएको छ ।

    हाल गौशालामा ६६२ वटा गाई र तिनका बाछाबाछी छन् भने किसानले गौ सेवाका लागि २ हजार १६० वटा गाई लगेका छन् । किसानहरूले गौशालाबाट निःशुल्क गाई लगेका हुन् । गौशालाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक बेदप्रकाश अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव मदनमोहन अधिकारीले गरेका थिए । कार्यक्रममा गौशाला प्रमुख घनश्याम खनाल शास्त्री, राम मन्दिर निर्माणकर्ता समेत रहेका गौशालाका सञ्चालक समिति सदस्य कृष्ण खरेल, खनिमाया श्रेष्ठ लगायतको सहभागिता थियो।

    गौशालामा मासिक करिब ६ लाख रुपैयाँ खर्च हुने गरेको बताइएको छ । गाईको आहारा, गौशालाका सेवकको पारिश्रमिक र भोजनमा यतिका रकम खर्च हुने गौशालाले जनाएको छ । यो खर्चको जोहो गौशालाले भिक्षा दान पाएर गरिरहेको छ।
    २०७२ सालमा स्थापना भएको गौशाला परिसरमा मठमन्दिर लगायत गरी करिब २५ वटा पूर्वाधार निर्माण भएको छ । कोरोनाको महामारीपछिको चार वर्षमा करिब १० करोड मूल्य बराबरको लागतमा संरचनाहरू निर्माण भएको गौशालाले जनाएको छ।

    यो वर्षदेखि गौशालाले दुई तला भएको भवनमा गाईको आवास क्षेत्र निर्माण गरेको छ । यो भवनमा करिब २०० वटा गाई अटाउन सक्ने अनुमान गरिएको छ। नेपालमा दुई तलाको भवनमा गाईको आवास क्षेत्र निर्माण गरिएको यो सम्भवतः पहिलो भवन हो। यो भवन पनि धार्मिक पर्यटकका लागि निकै आकर्षकको गन्तव्य बन्न सक्ने स्थानीयवासीले बताए ।

    गौशालाले यो वर्षदेखि अर्थात् मङ्सिर १४ गते अन्नपूर्ण भण्डारको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको गौशालाका अध्यक्ष भारद्वाजले बताए । पहिलो तलामा भोजन ग्रहणका लागि अन्नपूर्ण भण्डार, दोस्रो तलामा धार्मिक उत्सव विवाह लगायतका कार्यक्रमहरू सञ्चालन गर्न सकिनेछ भने तेस्रो तलामा धार्मिक पाहुनाका लागि आवास क्षेत्र निर्धारण गरिएको छ। जसका लागि २८ वटा कोठा निर्माण गरिएको छ ।

    यसअघिका कार्यक्रम पनि गौशालाका ऐतिहासिक कार्यक्रम थिए। नेपालमै पहिलोपटक १०८ कुण्डीय कोटिहोम आयोजना गरेर गौशालाले छुट्टै धार्मिक पहिचान स्थापित गरेको थियो। यो कोटिहोममा ४३२ ब्राह्मणले लगातार नौ दिनसम्म होमादि गरेका थिए।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.