Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » उप्रेतीको तीब्र चाहानासँगै कनकाई प्याव्सनले पायो जुनियर नेतृत्व
    कनकाई नगरपालिका

    उप्रेतीको तीब्र चाहानासँगै कनकाई प्याव्सनले पायो जुनियर नेतृत्व

    कनकाई खबरBy कनकाई खबर२०८१ मंसिर १०, सोमबार ०७:२० गते2 Mins Read

    कनकाई खबर \ निजी तथा आवासिय विद्यालयहरुको संस्था प्याब्सन कनकाई नगर समितिले संगठनभित्र सिनियर पदाधिकारी हुँदाहुँदै जुनियर नेतृत्व प्राप्त गरेको छ ।

    कनकाई प्याब्सनको सफल नेतृत्व विनोद सुव्वा अध्यक्ष रहेको कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारीमा रहेका विनोद उप्रेतीले यस पटक अध्यक्ष बन्ने तिब्र चाहाना राखेपछि समितिमा सिनियर पदाधिकारी हुँदाहुँदै जुनियरले नेतृत्व प्राप्त गरेको हो । यस अघि स्थानीय स्तरका विभिन्न सामाजिक संघसंस्थाको समेत जिम्मेवारी नपाएका उप्रेतीले कनकाई प्याब्सनको अध्यक्ष बन्ने तिब्र चाहाना राखेकै कारण प्याब्सनभित्र भएको व्यापक छलफलपछि उनलाई नेतृत्व दिन बाध्य हुनु परेको प्याब्सन स्रोतले जनाएको छ ।

    आकांक्षीका रुपमा सिनियर अन्य केही व्यक्तित्व रहेको भएपनि उप्रेतीको तीब्र चाहानापछि सबैले समर्थन जनाउँन बाध्य हुनु परेको स्रोत बताउँछ । सुरुङ्गा जेसीज र कनकाई खेलकुद प्रतिष्ठानमा समेत नेतृत्वका लागि तिब्र आकांक्षीका रुपमा रहेका उप्रेतीले कनकाई प्याब्सनमा आफ्नो चाहाना पूरा गरेका छन् । हालसम्म जिल्लामै उत्कृष्ट रहेको कनकाई प्याब्सनले अबको गतिविधिलाई कुन रुपमा अघि बढाउँने हो, त्यो भने हेर्न बाँकी नै रहेको छ ।

    प्याब्सन कनकाई नगर समितिको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट कनकाई ̶ ५ स्थित बिद्योदय अंग्रेजी माविका संचालक तथा प्रिन्सिपल समेत रहेका उप्रेतीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको विधान अनुसार सचिवमा झापा मेरिगोल्ड अंग्रेजी माविका संचालक एवं प्रिन्सिपल गोकुल उप्रेती, कोषाध्यक्षमा ग्लोबल एडुकेयर एकाडेमीका संचालक एवं प्रिन्सिपल बिमान लामा सहित सदस्यहरुमा हरिकुल नमुना अंग्रेजी माविका प्रिन्सिपल रोशन केसी र ज्ञानमाला स्मार्ट एकाडेमीका प्रिन्सिपल गोपाल संग्रौला सर्वसम्मत भएका हुन् ।
    नेतृत्व सर्वसम्मतका लागि प्याब्सनका केन्द्रिय सदस्य एलपी उप्रेतीको संयोजकत्वमा प्याब्सन कोशी प्रदेश सदस्य भानु राजवंशी र कनकाई प्याब्सनका सल्लाहकार अखिलकुमार कोइराला सदस्य रहेको निर्वाचन मण्डलले सहजीकरण गरेको जनाइएको छ ।

    प्याब्सन कनकाई नगर अध्यक्ष विनोद सुव्वाको अध्यक्षता एवं केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्य रहेको नगर अधिवेशनमा सचिव मोहन थापाले सांगठनिक प्रतिवेदन साथै कोषाध्यक्ष विनोद उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कनकाई नगरभित्र रहेका २१ संस्थागत विद्यालयहरु मध्ये हाल सम्म १७ विद्यालय प्याब्सन सदस्य अन्तर्गत रहेको बताइएको छ ।

    कार्यक्रममा प्यासनका केन्द्रिय सदस्य एलपी उप्रेती, प्याव्सन कोशी प्रदेशका सचिव कोषराज प्याकुरेल, जिल्ला अध्यक्ष गौरीमान फागो लगायत जिल्लाका अन्य पदाधिकारी तथा सदस्यहरु सहित कनकाई नगर साथै छिमेकी पालिकाबाट समेत प्याब्सनका पदाधिकारीहरुको आतिथ्य रहेको प्याब्सन कनकाई नगरका नवनिर्वाचित सचिव गोकुल उप्रेतीले जानकारी दिए । नगर कोषाध्यक्षको आसनबाट विनोद उप्रेतीले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन पारिजात शिक्षा निकेतनका संचालक समेत रहेका समितिका सचिव मानवशास्त्री मोहन थापाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.