Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » क्यान झापामा शुभको नेतृत्वमा कार्यसमिति सर्वसम्मत निर्वाचित
    कनकाई नगरपालिका

    क्यान झापामा शुभको नेतृत्वमा कार्यसमिति सर्वसम्मत निर्वाचित

    कनकाई खबरBy कनकाई खबर२०८१ मंसिर ९, आईतवार २२:०९ गते3 Mins Read

    झापा / कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको दशौं वार्षिक साधारणसमा तथा पाँचौ अधिवेशनले क्वालिटी कम्प्युटरका निर्देशक शुभ कुमाई पाठकको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय अध्यक्ष रन्जितकुमार पोद्धारको प्रमुख आतिथ्यमा प्रथम आईटी सिस्टम प्रालि बिर्तामोडको तालिम कक्षमा आज आइतबार सम्पन्न वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

    अधिवक्ता पवन कार्कीको संयोजकत्वमा क्यान कोशी प्रदेशका अध्यक्ष रोशन दाहाल र पूर्व केन्द्रीय सदस्य दिपेश पाठक सदस्य रहेको निर्वाचन समितिले लोकनाथ खनाल (लोकप्रिय), खगेन्द्र मिश्र, बिनोद श्रेष्ठ, जेनिशा पोखरेल, योगेश राजवंशी, तोषराज ठाकुर र वाप्पा साहालाई सदस्यमा सर्वसम्मत चयन गरेको छ । यस्तै क्यान झापाको संस्थागत कार्यसमिति सदस्यमा साझामञ्च मिडियाका प्रधान सम्पादक गोपाल काफ्लेलाई चयन गरिएको छ ।


    निर्वाचन समितिको संयोजक अधिवक्ता पवन कार्कीले निर्वाचित उम्मेदवारहरुको नाम घोषणा गरी अध्यक्ष पाठकलाई सपथग्रहण गराएका थिए । सो पछि अध्यक्ष पाठकले सदस्यहरुलाई सपथ ग्रहण गराइन् ।
    क्यानको विधान अनुसार कार्यसमितिको बैठकले पदाधिकारीको जिम्मेवारी तोक्ने ब्यवस्था छ । आज निर्वाचित कार्यसमितिको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष पाठकले जानकारी दिइन् ।
    वार्षिक साधारण सभाका प्रमुख अतिथि कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)का केन्द्रीय अध्यक्ष पोद्धारले क्यानको जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिमा सर्वसम्मत निर्वाचित गर्ने रणनीति बनाइएको भन्दै झापामा पनि सर्वसम्मत हुने विश्वास व्यक्त गरे ।
    उनले क्यान महासंघको विधान महाधिवेशनबाट निर्देशित भएर विधान पुनः लेखन भइरहेको जनाउँदै संस्थाको विधान समय सापेक्ष संशोधन भइरहन्छ र गर्नुपर्छ भनी जनाउ दिए । ‘अन्तिम समय भइसकेको छ तर पनि मेरो कार्यकालमा विधान लेखन पूरा गरी महाधिवेशनबाट पास गराउने छु’ अध्यक्ष पोद्धारको भनाई छ ।

    क्यान झापाका सचिव लोकप्रिय खनालले सञ्चालन गरेको सो वार्षिक साधारणसभामा अध्यक्षको प्रतिवेदन कृष्णप्रसाद घिमिरेले, सचिवको प्रतिवेदन लोकप्रिय खनालले र कोषाध्यक्षको प्रतिवेदन विनोद श्रेष्ठले गरेका थिए । अधिवेशनसहितको साधारणसभामा कम्प्युटर एशोसिएसन नेपाल महासंघका पूर्व केन्द्रीय सदस्य तथा झापाका संस्थापक अध्यक्ष दिपेश पाठकले आफूमा भएको दक्षता देखाउने फोरम क्यान महासंघ हुनसक्छ भन्दै कार्यसमितिलाई सक्षम एवम् सक्रिय बनाउन सबै सदस्यले सल्लाह र सुझाव दिनुपर्ने सुझाए ।

    क्यान कोशी प्रदेशका अध्यक्ष रोशन दाहाल, साझामाञ्च डटकमका सम्पादक गोपाल काफ्ले र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललगायतले मन्तब्य राखेको सो कार्यक्रममा हेल्भेटास नेपालको सहयोगमा कनकाई पोलिटेक्निक इन्स्टिच्युट दुर्गापुरमा २ वर्षे डिप्लोमा कोर्ष पूरा गरेका पहिलो ब्याचका २० जना विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    क्यान महासंघ झापाका उपााध्यक्ष रोशन बुढोथोकीले आमन्त्रित अतिथि र सहभागीहरुलाई शाब्दिक स्वागत गरेको सो कार्यक्रममा हेल्भेटास नेपालका प्रतिनिधि रेखा उप्रेतीले क्यान झापासँगको सहकार्य अत्यन्त राम्रो रहेको प्रतिक्रिया जनाउँदै क्यान महासंघ केन्द्रसँग मिलेर देशैभर यस्तो परियोजना सञ्चालन गर्ने इच्छा व्यक्त गरिन् ।

    यस्तै कनकाई पोलिटेक्निक इन्स्टिच्युटका प्राचार्य खगेन्द्र मिश्रले कनकाई नगरपालिकाले सञ्चालन गरेको सो प्राविधिक विद्यालयमा विद्यार्थीले साढे ३ महिनामात्र अध्ययन गर्ने र साढे १९ महिना जबस्टेशनमा सेवा गरेर सीप सिकाउने व्यवस्था रहेको जानकारी दिए । पहिलो ब्याचका २० जना विद्यार्थीहरु अहिले १९ वटा कम्पनीमा आवद्ध गराएर स्वरोजगार बनाइ सकिएको उनको भनाई थियो ।

    कनकाई पोलिटेक्निकमा प्रिडिप्लोमा गरेका सबै विद्यार्थीहरु खपत भइसकेको जानकारी दिँदै प्राचार्य मिश्रले दक्ष जनशक्ति उत्पादन गरी आवश्यकता सम्बोधन गरिने कुरामा ढुक्क रहेको जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.