Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको उपनिर्वाचन ः उम्मेद्वारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्रदान
    आमनिर्वाचन

    कनकाईको उपनिर्वाचन ः उम्मेद्वारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्रदान

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ मंसिर ५, बुधबार २३:२४ गते2 Mins Read

    कनकाई खबर \ यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा झापाको कनकाई वडा नं. ६ मा वडाअध्यक्ष पदका लागि ९ जना उम्मेद्वारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

    कनकाईको वडा नंं.६,चम्पापुरस्थित वडा कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी निर्वाचन आयोगले उम्मेद्वारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरेको हो । सोही अवसरमा स्वतन्त्र सहित उम्मेद्वारी मनोनयन गरेका मुख्य राजनीतिक दलका प्रमुख साथै प्रतिनिधिहरुको उपस्थितीमा आयोगले निर्वाचन आचार संहिताको पालना गर्ने विषयमा समेत जानकारी गराएको थियो \

    निर्वाचन आयोगले वडाअध्यक्ष पदका लागि नेकपा एमालेका उम्मेद्वार तुलाराम बस्नेतलाई चुनाव चिन्ह सूर्य, नेपाली कांग्रेसका रामगोपाल ओलीलाई रुख, माओवादी केन्द्रका गणेश थापालाई गोलाकारभित्र हँसिया हतौडा, राप्रपाका नारायणप्रसाद निरौलालाई हलो, संघीय लोकतान्त्रीक राष्ट्रिय मंचका दलबहादुर श्रेष्ठलाई दाप सहितको खुकुरी, मंगोल नेशनल अर्गनाइजेशनका उम्मेद्वार पदमबहादुर तामाङ्गलाई कुखुराको भाले, जनमत पार्टीका शुकलाल राजवंशीलाई लाउड स्पिकर र नागरिक उन्मुक्ति पार्टीका जमुना राजवंशीलाई पिध भएको सादा ढकिया सहित स्वतन्त्रका उम्मेद्वार लक्ष्मीप्रसाद ओलीलाई चुनाव चिन्ह चापाकल प्रदान गरेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । सोही अवसरमा निर्वाचन अधिकृत नेपालले निर्वाचन प्रयोजनका लागि आचार संहिताका विषयमा विस्तृत जानकारी गराएका थिए ।

    मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले निर्वाचनलाई धेरै भद्धा नबनाइकन शान्तीपूर्ण रुपमा सम्पन्न गर्न सम्बन्धित सबैले स्वामित्व लिनु पर्नेमा जोड दिए । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले तोकेको आचार संहिता पालना गर्नु पर्नेमा मुख्य निर्वाचन अधिकृत लुइँटेलले थप प्रष्ट पारे । अधिकृत लुइटेलले चुनाव प्रचारका लागि यहि मंसिर ६ गतेदेखी १३ गते सम्म बिहान ७ बजेदेखी बेलुका ७ बजे सम्मलाई समय निर्धारण गरेको जानकारी दिए ।

    उपनिर्वाचनका लागि कनकाई ६ मा दुई हजार ५८ मतदाता रहेका छन् । मतदानको समय मंसिर १६ गते चम्पापुर माविको परिसरमा तय गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । एमालेवाट निर्वाचित वडाअध्यक्ष दीर्घबहादुर थापाको क्यान्सर रोगका कारण निधनपछि उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.