Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पूर्वाञ्चल दैनिक आजबाट ३० वर्षमा प्रवेश
    बिर्तामोड नगरपालिका

    पूर्वाञ्चल दैनिक आजबाट ३० वर्षमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०८१ मंसिर १, शनिबार १५:५१ गते2 Mins Read

    बिर्तामोड \ झापाको बिर्तामोडबाट नियमित प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आजबाट ३० औं वर्षमा प्रवेश गरेको छ ।

    लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको ३० वर्षमा प्रवेश गरेको हो।बिर्तामोड नगरपालिका–१मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशन हुँदै आएको छ ।

    पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २९ बर्ष पूरा गरी ३० बर्षमा प्रवेश गरेको हो । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो ।

    संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल ३० वर्षमा प्रवेश गरेको अवसरमा अहिलेसम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।

    ३० वर्ष प्रवेशसँगै पत्रिकाले प्रिन्ट मिडियासंगै डिजिटल मिडियाालाई समेत प्रभावकारी बनााउने जनाइएको छ । कोशी प्रदेशका विभिन्न जिल्ला तथा भारतको केही स्थानमा समेत प्रत्यक्ष रुपमा पत्रिकाको विक्री वितरण हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रविधिको विकाससँगै www.purwanchaldaily.com नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यसमार्फत ताजा अपडेट र रंगीन ई–पेपर मोवाइलबाटै पढ्न पाठकलाई सहज भएको छ ।

    विभिन्न कठिनाईका बाबजुद पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिएको पूर्वाञ्चल दैनिकले आम पाठक तथा विज्ञापनदाताको मन जित्न सफल भएको छ । पत्रिकालाई अझ जिम्मेवार र गुणस्तरीय बनाउनका साथै अनलाइनलाई सशक्त बनाउने उद्देश्यले अनलाइनमार्फत विभिन्न कार्यक्रमहरु तथा सूचनालाई प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्दै आएको प्रधानसम्पादक एकराज गिरीले बताए । श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चललाई मोफसलमा पहिलोपटक कर्पोरेट हाउसको रुपमा विकास गरेर लाने प्रधान सम्पादक गिरीको भनाइ छ ।

    यता पत्रिकको बजारलाई अझ बिस्तार र व्यवस्थित गर्ने योजना रहेको व्यवस्थापक चन्द्रकान्त ढकालले बताए । परिवर्तित समयलाई मध्यनजर गर्दै छिटो र प्रभावकारी ढङ्गबाट हरेक क्षेत्रका समाचार तथा जानकारीलाई श्रव्य–दृश्य मार्फत अगाडि बढाउने योजना अनुसार आगामी दिनमा अनलाइनमा श्रव्य–दृश्य सहितको समाचार बुलेटिनको तयारी भइरहेको जनाइएको छ ।

    पूर्वमै विश्वासनीय सञ्चारमाध्यमा रुपमा अगाडि बढिरहेको पूर्वाञ्चल दैनिक पाठकमाझ लोकप्रिय रहेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.