Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा कर्णाली सहकारीको २४ औं वार्षिक इकाईगत साधारण सभा सम्पन्न
    कनकाई नगरपालिका

    सुरुङ्गामा कर्णाली सहकारीको २४ औं वार्षिक इकाईगत साधारण सभा सम्पन्न

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ मंसिर १, शनिबार १५:१३ गते3 Mins Read

    कनकाई खबर \ झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २४ औं वार्षिक साधारणसभा सुरु गरेको छ ।
    संस्थाको इकाई नं.४ अन्तर्गत सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघको सभा हलमा इकाईगत साधारण सभा सम्पन्न भएको हो ।
    संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता एवं कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा सुरुङ्गा सहित झिलझिले, शिवगञ्ज, बैगुनधुरा,शरणामति गरी ५ वटा सेवा केन्द्रका शेयर सदस्यहरु सहभागी रहेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चम्लागाईँले सहकारी संस्थाहरु बित्तिय कारोबारमा मात्र सिमित नभई समाजमा रहेका विपन्न परिवारको औषधोपचार सहित आर्थिक उपार्जनका लागि समेत गम्भिर बन्नु पर्ने सुझाव दिए । सदस्य केन्द्रित भएर संचालनमा रहेका कुनै पनि सहकारी संस्थाहरुमा कहिल्यै पनि समस्या नपर्ने भन्दै प्रमुख अतिथी चम्लागाईँले हरेक सदस्यहरुले आफू आवद्ध संस्थाको अवस्था र प्रगतिको बारेमा समेत जानकारी राख्नुपर्नेमा जोड दिए ।

    झापा, मोरङ र इलामलाई कार्यक्षेत्र बनाएको कर्णाली सहकारीले साधारण सभा सम्बन्धी नीतिगत व्यवस्था अनुसार आफ्ना ४१ वटा सेवा केन्द्रहरुलाई ७ वटा इकाईमा विभाजन गरी इकाईगत साधारणसभा संचालन गरेको हो । साधारणसभामा संस्थाका अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०\०८१ को असार मसान्तको वास्तविक वित्तीय विवरण प्रस्तुत गरे ।

    गत असार सम्ममा ५६ हजार ४०९ जना शेयर सदस्यहरु रहेको यस संस्थामा महिला सदस्य ३५ हजार ६०८ जना मध्ये समूहमा आधारित महिला सदस्य १० हजार ८९५ वा ६३.१२ प्रतिशत, पुरुष सदस्य२० हजार ७५१ जना वा २६.७९ प्रतिशत र अन्य ०.९ प्रतिशत रहेको बताइएको छ । गत असार मसान्त सम्मको चुक्ता शेयर पुँजी ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ तथा निक्षेप बचत २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११० रुपैंयाँ रहेको प्रतिवेदनमा जनाइएको छ ।

    कर्णाली सहकारीमा आवद्ध शेयर सदस्यहरुमध्ये १५ हजार ३५० जनाले संस्थाबाट ऋण कारोबार गरिरहेको र ३ अर्ब ७६ करोड ८० लाख ४८ हजार १५६ रुपैंयाँ ऋण लगानीमा रहेको र बाह्य कर्जा ६४ करोड, ३२ लाख, ९० हजार रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

    संस्थाको स्थिर सम्पति १५ करोड, ४४ लाख, ५४ हजार,४५० रहेको संस्थाको कोषमा ५४ करोड ७७ लाख ६१ हजार ६१६ रुपैयाँ रहेको, जसमध्ये १७ करोड २४ लाख ९० हजार २२९ रुपैयाँ आवश्यक परेको समयमा निकाल्न सकिने र ३७ करोड ५२ लाख ७१ हजार ३७८ रुपैयाँ संस्थामा मौज्जाद रहने उल्लेख छ ।

    साधारणसभामा लेखा सुपरिवेक्षण समिति सदस्य निलम प्रधानले लेखा प्रतिवेदन र ऋण उप समिति सदस्य पवित्रा कोइराला ढुङ्गानाले ऋण उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    साधारण सभामा प्रस्तुत भएका प्रतिवेदन माथि सदस्यहरुले छलफल गरी सुझाव सहित पारित गरिएको थियो । आगामी दिनमा बाँकी रहेका इकाईमा साधारणसभा गरि आगामी मंसिर १४ गते बिर्तामोडमा माईन्युट लेखन प्रमाणीकरण गरि यस बर्षको साधारणसभा सम्पन्न गर्ने कार्यक्रम रहेको संस्थाका सचिव भुपाल बस्नेतले जानकारी दिए । जसका लागि इकाई नं.४ अन्तर्गत सभा हलबाट ५ वटा सेवा केन्द्रको प्रतिनिधित्व हुने गरी सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएको बताइएको छ ।

    संस्थाका उपाध्यक्ष रामकुमार गौतमले शाब्दीक स्वागत गरेको कार्यक्रमको संचालन सचिव भुपाल बस्नेतले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.