Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » उपनिर्वाचनका लागि कनकाई ६ मा निर्वाचन कार्यालय स्थापना
    कनकाई नगरपालिका

    उपनिर्वाचनका लागि कनकाई ६ मा निर्वाचन कार्यालय स्थापना

    कनकाई खबरBy कनकाई खबर२०८१ मंसिर १, शनिबार ०७:३८ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई ̶ ६ मा स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ ।

    शुक्रवार झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, मुख्य निर्वाचन आयुक्त झापा जिल्ला न्यायधिस उमेशप्रसाद लुईटेल, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल , जिल्ला प्रहरी प्रमुख मिलन केसी लगायत प्रमुख राजनीतिक दलका जिल्लास्तरीय नेता साथै स्थानीय स्तरका दलका प्रतिनिधिको उपस्थितिमा कनकाई नगरपालिका ६ स्थित वडा कार्यलयमा निर्वाचन प्रयोजनका लागि कार्यालयको स्थापना गरिएको हो ।

    निर्वाचन कार्यालय सञ्चालनसँगै आगामी मंसिर २ गतेदेखि कार्यालयले आफ्ना निर्वाचनका गतिविधि गर्ने झापाका निर्वाचन कार्यालय प्रमुख तथा उपनिर्वाचन कार्यलयका सहायक निर्वाचन अधिकृत तुलसीप्रसाद नेपालले जानकारी दिए । कनकाई ६ मा कुल २हजार ५८ मतदाता रहेकोे र मतदान स्थल स्थानीय चम्पापुर माविको मैदानमा २ वटा मतदानस्थल कायम गरिएको नेपालले बताए ।

    यता झापाको एकमात्रै निर्वाचन स्थल कनकाई ६ भएकोले झापाका सबै जनपथ र सशस्त्र प्रहरीलाई परिचालन गरिने र यसरी हेर्दा यस क्षेत्रमा जम्मा मतदाताको संख्या भन्दा धेरै सुरक्षाकर्मीको संख्या रहनेहँुदा कुनै सुरक्षा चुनौती नभएको झापाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।
    निर्वाचनका बेला अपनाउँनुपर्ने आचारसंहिताका वारेमा प्रमुख निर्वाचन आयुक्त उमेशप्रसाद लुईटेलले जानकारी गराए । झापामा एकमात्र वडाअध्यक्ष पदका लागि निर्वाचन हुन लागेको र निर्वाचन हुन लागेको जिल्ला प्रधानमन्त्री तथा सभामुख, उपसभामुख लगायतका अधिकांश शिर्ष नेताहरू रहेको गृह जिल्ला भएकोले समेत यस निर्वाचनलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

    कनकाईको वडा नं.६मा तत्कालिन अवस्थामा एमालेका तर्फबाट वडाध्यक्ष दिर्घबहादुर थापाले जितेको स्थान हो । गत असारमा क्यान्सर रोगका कारण मृत्यु भएपछि यस वडामा उपनिर्वाचन हुन लागेको हो । यहाँ एमालेबाट तुलाराम बस्नेत, नेपाली कांग्रेसबाट रामगोपाल ओली, माओवादी केन्द्रबाट गणेश थापा, राप्रपाबाट नारायण निरौला सहित जनमत पार्टीबाट समेत शुकलाल राजवंशीले आफ्नो उम्मेद्वारी दिने तयारी गरेको बुझिएको छ । त्यस्तै स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओलीले समेत उम्मेद्वारी घोषणा गरिसकेका छन ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.