Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा साकोसको वित्तिय साक्षरता तथा कर्जा सुरक्षण वितरण कार्यक्रम सम्पन्न
    कनकाई नगरपालिका

    सहारा साकोसको वित्तिय साक्षरता तथा कर्जा सुरक्षण वितरण कार्यक्रम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक २८, बुधबार २२:३७ गते3 Mins Read

    कनकाई खबर \ सहारा नेपाल साकोस लि. सेवा केन्द्र इलामले सेवा केन्द्रको कार्यालयमा एक दिवसिय वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    सेवा केन्द्र इलाम अन्तर्गत सञ्चालित विभिन्न सहारा महिला समूहका सदस्यहरुको उपस्थितीमा सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोजक हरिहर निरौलाको अध्यक्षता एवं साकोसका इलाम अनुगमन अधिकृत तोयानाथ आचार्यको प्रमुख आतिथ्य एवम् सहयोग समिति सदस्य भगवतीदेवी पराजुली(मञ्जु), शेयर सदस्य स्थानीय व्यवसायी विमल गुरुङ्गको आतिथ्यता रहेको थियो ।

    कर्मचारी सम्झना गुरुङ्गको सञ्चालनमा भएको कार्यक्रमको व्यवस्थापन सेवाकेन्द्रमा कार्यरत कर्मचारीद्वय अनुप रिजाल र सरस्वती कार्कीको रहेको थियो । वित्तिय साक्षरताको आवश्यकता सहकारी जगतबाट आफ्नो वित्तिय जिवन सुधार गरेका विभिन्न उदाहरण साथै सहारा नेपाल साकोसको यस पक्षमा रहेको सक्रियताको चर्चा गर्दै संस्थाले सदस्यलाई विगत देखि दिँदै आएको विभिन्न सेवा सुविधाहरु समाजमा रहेपछि गरिने मानव जिवन चक्रका विभिन्न सामाजिक संस्कारहरु सम्पन्न गर्न खेल्दै आएको भूमिका, जस्तै प्रसुती,शल्यक्रिया,घातक रोग उपचार, दशकर्म, सर्पदंश विषालु जनावरको टोकाई,हातखुट्टा फ्याक्चर भएमा प्रदान गर्ने गरेको सहयोग तथा सुविधाका बारेमा जानकारी गराउदै सदस्य तथा ऋण विस्तारका लागि सदस्यको भूमिका समेत उल्लेख्य रहेको बताइएको छ ।

    सहकारीको सक्रिय सदस्यले निर्वाह गर्नुपर्ने भूमिकाका बारे तथा सेवाकेन्द्र इलामले वर्तमान अवस्थामा युवालाई समेट्दै ३ शून्य क्लव्को अवधारणामा रहि सक्रियतापूर्वक युवाको विभिन्न पक्षको विकाशमा लागि पर्ने एवम् अहिलेको मानव शरीरमा देखा पर्न थालेका विभिन्न स्वास्थ्य समस्याहरुमा प्रभाव पार्ने खानपान,कार्यशैली लगायतको तालिका नमिल्दा मानिसहरुमा देखापर्न थालेका विभिन्न स्वास्थ्य समस्याहरु आउन नदिने प्रयासस्वरुप सबैको सक्रिय साथ रहेमा चाडै नै “योगाभ्यास लाई गरौ नभुलीः नियमितव्यायाम स्वस्थजिवनशैली”भन्ने आह्वानका साथ सेवाकेन्द्रको कार्यक्षेत्रमा रहेका सदस्यतथा गैह्र सदस्यहरु समेतलाई समेट्दै क्षेत्रगत रुपमा प्रत्येक क्षेत्रमा न्युनतम ३ देखि ५ दिनसम्मको योगशिविर सञ्चालन गर्ने सोच रहेकाले आवश्यक साथ र सहयोग समेत गरि सहभागिता जनाउन सेवाकेन्द्र प्रमुख के.पी लुईटेलले आह्वान समेत गरे ।
    कार्यक्रममा प्रमुख अथिति अनुगमन अधिकृत तोयानाथ आचार्यले हाम्रो संस्था हाल नेपालको नम्बर १ सहकारीको रुपमा पहिचान बनाउन पाउदातमाम शेयर सदस्यहरुलाई यसको श्रेय जाने बताउदै आबद्ध सबैलाई गौरव गर्ने वातावरण तयार भएको भन्दै यो ख्यातीलाई थप उचाइमा पु¥याउन कर्मचारी तथा सदस्यहरुको थप प्रभावकारी भूमिका आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै उपसमिति सदस्य भगवती देवी पराजुली(मञ्जु)ले सहारा नेपाल नै किनभन्ने चर्चा गर्दे, सदस्य र संस्थाप्रति हाम्रो दायित्वहाम्रा सेवा सुविधाहरु,हाम्रो आर्थिक कारोवार तथा घर परिवारमा सदस्य बन्न योग्यता पुगेका व्यक्तिहरु लाई संस्थाले योगदान र सक्रियताका आधारमा प्रदान गर्ने सुविधा लिनकालागि सदस्य हुन कोहिपनि नछुट्नु हुन अनुरोध गरेका थिए ।

    कार्यक्रमका सभाध्यक्ष हरिहर निरौलालें धेरै सहकारीहरु मध्येमा सहकारीका मुख्य विशेषताहरु बारे जानकारी गराउदै हामीअब्बल छौ भन्ने कारण प्रस्तुतगर्दे दुख पछिको भेटघाट,विरामी अवस्थामा सन्चो विसन्चो मात्र सोध्ने मानिस पनि भगवान जत्तिकै लाग्ने मानव स्वभाव भएका, अफ्ठ्यारो पर्दा सहाराले गर्ने विभिन्न सहयोगहरु लिनबाट कोहि पनि वञ्चितहुननहुने भन्दै सदस्यविस्तार,ऋण तथावचतको कारोवार आदिमा पहिलो रोजाई सहारा नेपाल साकोस नै बनाउन र बन्न बाकि रहेकाहरुलाई समेट्न सहभागीहरुको साथ प्राप्त हुन सकोस भन्ने कामनाका साथ औपचारिक रुपमा कार्यक्रम सम्पन्नको घोषणा भएको इलाम सेवा केन्द्रका प्रमुख केपी लुइटेलले जानकारी दिए ।

    इलाम अन्तर्गत विभिन्न सहारा महिला समूहमा आबद्ध सदस्यहरुलाई संस्थाको नियमानुसार कर्जा सुरक्षण कोष अन्तर्गतको सेवा लिने योग्यता भएका सदस्यहरुलाई कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि,तथा अतिथिहरुले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते

    कनकाई माइमेलाको तयारी तीब्र

    २०८२ पुष २६, शनिबार १५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.