Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अब चाँडै उपभोक्तासम्म उत्पादन पुर्याउँदै कनकाईको उर्जा कम्पनी
    कनकाई नगरपालिका

    अब चाँडै उपभोक्तासम्म उत्पादन पुर्याउँदै कनकाईको उर्जा कम्पनी

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक २२, बिहीबार ११:२३ गते5 Mins Read

    कनकाई खबर \ जनप्रतिनिधिहरुको महत्वकांक्षी योजना कनकाई–विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले अब चाँडै उपभोक्तालाई परिणाम दिने भएको छ ।

    झापाका पालिकाहरु कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने उद्येश्यले स्थापना गरेको यस कम्पनीले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गर्दै अब चाँडै उपभोक्तालाई परिणाम दिने प्रतिवद्धता जनाएको हो । सम्बन्धित तीनवटै नगरपालिकाका प्रमुखहरुले एउटै स्टेजबाट सम्बोधन गर्दै लामो समयको प्रतिक्षापछि अब उपभोक्तालाई बायोग्यास बितरण गर्न कम्पनीले आवश्यक प्रक्रिया अघि बढाएको जनाएका छन् ।

    कम्पनीका अध्यक्ष मीनाल तिम्सिनाको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सभालाई सम्बोधन गर्दै कनकाई नगर प्रमुख पोखरेल सहित बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महताराप्रसाईँ र अर्जुनधारा नगरपालिका प्रमुख बलदेव गोम्देनले स्थानीय, प्रादेशिक तथा सङ्घीय बजेटबाट कम्पनीको बाँकी काम पुरा गरी चाँडै उपभोक्तासम्म उत्पादन पुर्याउँने प्रतिबद्धता जनाएका हुन् । फोहोरलाई मोहोरमा बदल्ने चुनावी एजेण्डा नै बनाएर निर्वाचित भएपछि जनप्रतिनिधिहरुको यो महत्वकांक्षी योजना पूरा गरेर पूर्ण रुपमा कार्यान्वयनमा ल्याउँनु आँफूहरुको ठूलो दायित्व भएको भन्दै स्थानीय सरकार प्रमुखहरुको प्रतिबद्धतापछि सञ्चालकहरू पनि ऊर्जा परियोजना सम्पन्न हुनेमा आशावादी भएको बताइएको छ ।

    परियोजनाबाट उत्पादन भएको बायोग्यास उपभोक्तामा पुर्याउँन प्राविधिक कारणले ढिलासुस्ती भएको स्विकार्दै कनकाई नगर प्रमुख पोखरेलले फोहोर मैलाको व्यवस्थापन गरेर यसबाट आयआर्जन गर्ने योजना आफैंमा चुनौतीपूर्ण कार्य भएको बताए ।

    कुनै पनि नयाँ बाटो हिड्ने कार्य सजिलो हुँदैन, कहिलेकाँही ठेस लाग्न सक्छ ,तर यो ठेस लागेर पनि कम्पनीलाई लड्ने गरीको अवस्था नभएको प्रष्ट पार्दै नगर प्रमुख पोखरेलले यसबाट सचेत भएर योजना कार्यान्वयनमा अघि बढ्न उर्जा प्राप्त भएको बताए । कम्पनीका तर्फबाट सरोकारवाला सबैमा सहयोगको अपेक्षा राखिएको भन्दै नगर प्रमुख पोखरेलले हाल तयार भएको ड्राइजेष्टरलाई बचाउँने काम मात्र भइरहेको र यसलाई जतिसक्दो चाँडो उपभोक्ता समक्ष पुर्याउँने प्रतिवद्धता जनाए । यो परियोजनाको सवालमा कुनै किसिमको भ्रष्टचार अथवा अनैतिकताको कुनै शंका नगर्न अनुरोध गर्दै, कम्पनीसँग जोडिएको विषयमा यदि कोहीबाट भ्रष्टचारको प्रमाण फेला पर्छ भने जोकोही भएपनि त्यस्तो व्यक्ति तुरुन्त सजायको भागेदार बन्ने नगर प्रमुख पोखरेलले प्रष्ट पारे ।

    सभामा कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कम्पनीका संस्थापक शेयरधनीको रूपमा कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिका सहित ६ सय ६७ जना रहेको अध्यक्ष तिम्सिनाले बताए । कम्पनीद्वारा ४० मेट्रिकटनको ड्राजेष्टर निर्माण भएको, सेग्रिगेसन सेड निर्माण र मेसिनजडान गरिएको, जेनेटर सेड निर्माण गरी जडान गरिएको, बायोग्याँस उत्पादनको लागि सेड निर्माण गरी सबै मेसिनजडान गरिएको, विद्युतीकरण तर्फ ट्रान्सफर्मर जडान गरिएको, कार्यालय भवननिर्माण गरी सञ्चालनमाआइरहेको तथा कम्पनीको उद्देश्य अनुसार कम्पोष्ट मल र सी.एन.जी. ग्याँस उत्पादन भैरहेको सञ्चालक समिति अध्यक्ष तिम्सिनाले जानकारी दिए । त्यसरी नै पेभर्स मेसिन जडान गरी उत्पादन कार्य शुरु गरिएको उनले बताए ।

    स्थापनाकालमा तीनवटा नगरपालिका संलग्न भएपश्चात शेयरधनी सदस्यहरूको संख्यामा उल्लेख्य वृद्धि भएको अध्यक्ष तिम्सिनाले बताए । उनले कम्पनीलाई सक्षम, सफल व्यवस्थित ढंगमा अगाडि बढाउन स्थानीय पालिका र संस्थापक शेयरधनीको प्रमुख भूमिका रहने बताए । विगतमा कम्पनीको व्यावसायिक क्रियाकलाप तथा उपलब्धीमाथि जनस्तरबाट जिज्ञासा, गुनासा र आलोचना भएतापनि सबै पक्षको सल्लाह सुझावलाई स्वीकार्दै कम्पनी अघि बढ्ने अध्यक्ष तिम्सिनाले बताए ।

    आवश्यक बजेटको अभाव, विभिन्न सरकारी निकाय वीचमा उचित समन्वयको अभाव, आर्थिक मन्दी लगायतका कारण ढिला हुन गएको तर कम्पनीमा कुनै पनि हिसाबकिताब तलमाथि नभएको अध्यक्ष तिम्सिनाले बताए । चित्त नबुझे कम्पनीको सम्पूर्ण खातापाता जो कोहीले पनि हेर्न र अध्ययन गर्न पाउने अध्यक्ष तिम्सिनाको भनाइ थियो ।

    विगतका वर्षहरूमा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९र औद्योगिक, व्यापारिक तथा निर्माण क्षेत्रमा पारेको प्रतिकुल प्रभाव लगायत अन्य विविध कारणले परियोजनामा ढिलाइ भएको प्रतिवेदनमा स्वीकारिएको छ । शेयर रकम (६३७जनाको) ४ करोड १लाख८०हजार, अग्रिम शेयर (२७जनाको)४६लाख२५हजार र अग्रिम शेयर ३ पालिका तर्फ ६ करोड २० लाख ८३ हजार २ सय गरी शेयर वापतको १० करोड ६८लाख ८८ हजार २ सय रुपैयाँ र जम्मा अनुदान ४१ लाख ६१हजार १सय९९ रुपैयाँ रहेको बताइएको छ ।

    सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण सम्बन्धमा शेयर सदस्यबाट उठेको प्रश्नको अध्यक्ष तिम्सिनाले जवाफ दिएका थिए । कम्पनीको नियमावलीको नियम ३१ बमोजिम कम्पनीमा ९ जनाको सञ्चालक समिति रहने व्यवस्था रहेको, संस्थापक समूह तर्फबाट मनोनित प्रक्रिया वा आपसी सम्झौता वा निर्वाचनको प्रक्रियाद्वारा ६ जना र शेयरधनीको समूह सर्वसाधरण (ख) वा कर्मचारी (ग) को तर्फबाट मनोनित वा निर्वाचित २ (दुई) र स्वतन्त्र सञ्चालक १ (एक) जना नियुक्त भई सञ्चालक समितिमा प्रतिनिधित्व हुने व्यवस्था गरिएकोमा हाल कम्पनीमा दोस्रो साधारण सभाले नियमावली संशोधन गरी ११ जना सञ्चालक समितिबाट ९ जना कायम गरेको र कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृत दिएको हुँदा सञ्चालक समिति परिवर्तन गर्नु परेको अध्यक्ष तिम्सिनाले स्पष्टीकरण दिएका थिए ।

    तेस्रो साधारण सभाको हलबाट मिनाल तिम्सिना र मदन गोपाल सुब्बा, विर्तामोड नगरपालिकाबाट उमेश राउत (वार्ड सदस्य) वार्ड नं. ४, कनकाई नगरपालिकाबाट बलराम राई (वार्ड अध्यक्ष वार्ड नं. २) र अर्जुनधारा नगरपालिकाबाट गोविन्द खतिवडा (वार्ड नं. ७ वार्ड अध्यक्ष) सञ्चालकमा मनोनयन भएका छन् । बाँकी १जना स्वतन्त्र विज्ञपछि चयन गरिने सहमति भएको छ । सञ्चालक समितिको बैठक बसी अध्यक्ष चयन गरिने बताइएको छ । सभामा आ.व. २०७८\ ७९, आ.व. २०७९\ ८० र आ. व.२०८०\ ८१ को कम्पनीको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत लेखापरीक्षकबाट पेश गरिएको प्रतिवेदन तथा सञ्चालक समितिको प्रतिवेदन आवश्यक संशोधन सहित पारित गरिएको सञ्चालक समितिका पूर्व सदस्य सुवास भट्टराईले जानकारी दिए ।

    सभामा शेयर सदस्यहरु दिननाथ खतिवडा, श्याम पोखरेल, गोपाल खरेल, कुलप्रसाद ओडारी, भरत ढकाल लगायतले जिज्ञासा राखेका थिए । सदस्य सुवास भट्टराईको स्वागत तथा कम्पनीका कार्यकारी प्रमुख गणेशबहादुर कार्कीले संचालन गरेको औपचारिक कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महताराप्रसाईँ , अर्जुनधारा नगरपालिका प्रमुख बलदेव गोम्देन, कनकाई नगरका पूर्व उपप्रमुख मञ्जु प्रसाईं, चेम्बर अफ कमर्श झापा अध्यक्ष ओम बिमली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, अर्जुनधारा नगरका उपप्रमुख खड्गमाया पराजुली लगायतको आतिथ्य रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते

    आरएफसी युथ क्लबले सुरुङ्गामा वृहत फुटसल प्रतियोगिता गर्ने

    २०८२ असार १२, बिहीबार २१:३७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.