Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको उपनिर्वाचनः ‘हेबी वेट’ का नेताको उपस्थितीमा माओबादीको उम्मेद्वारी घोषणा
    कनकाई नगरपालिका

    कनकाईको उपनिर्वाचनः ‘हेबी वेट’ का नेताको उपस्थितीमा माओबादीको उम्मेद्वारी घोषणा

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक १६, शुक्रबार ०७:०८ गते2 Mins Read

    कनकाई खबर \ आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कनकाईको वडा नं.६ मा ‘हेबी वेट’ का नेताहरुको उपस्थितीमा माओवादी केन्द्रका तर्फबाट औपचारिक रुपमा उम्मेद्वारी घोषणा भएको छ ।

    माओवादी केन्द्र वडा समितिको आयोजनामा सम्पन्न शुभकामना आदानप्रदान सहितको उम्मेद्वार घोषणा कार्यक्रममा स्थानीय युवा नेता तथा पार्टीका जिल्ला सदस्य गणेश थापालाई पार्टीका तर्फबाट वडाअध्यक्षको उम्मेद्वारका रुपमा घोषणा गरिएको हो ।

    ‘हेबी वेट’ का नेता पार्टीका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित पार्टीका केन्द्रिय सदस्य झलकसिंह दर्लामी सन्देश, केन्द्रिय सदस्य धर्मशीला चापागाईँ, युवा नेता तथा केन्द्रिय सदस्य रन्जित तामाङ्ग, पार्टीका केन्द्रिय सदस्य हरिकुमार राना, प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ्ग बिजय, पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, नगर अध्यक्ष यामनाथ सेढाई लगायतले खादा, माला र अबिर लगाएर थापालाई पार्टीका तर्फबाट वडाअध्यक्षको उम्मेद्वार घोषणा गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी नेता श्रेष्ठले आफुहरुले सुशासन कायम गर्न खोज्दा सरकार ढालेको बताउँदै जसको नीति उसको नेतृत्व हुँदा मात्रै यो व्यवस्थाको रक्षा हुने भएकोेले माओवादीका उम्मेद्वारले जित्नु आवश्यक रहेको बताए ।

    बर्तमान सरकारका कामकार्वाहीका कारण सरकार र यो व्यवस्थाप्रति जनताको नैराश्यता बढेको बताउँदै संविधानको सहि कार्यान्वयनका लागि माओवादी नेतृत्व आवश्यक रहेको नेता श्रेष्ठको जोड थियो । ‘हामीले व्यवस्था त परिवर्तन गर्यौं, अब अवस्था परिवर्तन गर्नुपर्छ, धनी झन धनी हुने गरिब झन गरिब हुने व्यवस्था हामीलाई चाहिएको होईन, सबैलाई समान पहँुचमा राज्यको ध्यान पुर्याउनका लागि हामीलाई समाजवाद सम्ममा पुग्नका लागि व्यवस्था परिवर्तन गरिएको हो’ नेता श्रेष्ठले भने ।

    ‘हामीले सबै जनतालाई विकासको लाभ दिनुपर्छ, त्यसमा पनि गरिब र तल्लो बर्गका जनतालाई हामीले हेर्नुपर्छ ,सामाजिक न्यायको सिद्धान्तलाई परिपालना गर्नुपर्छ’,नेता श्रेष्ठको भनाइ थियो ।

    यता माओवादी पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ्ग बिजयले युवा नेता र जनताको पक्षका उम्मेद्धार गणेश थापा भएको भन्दै उनले विजयीपछि गर्ने सबै कामहरु पारदर्शी र जनमुखी हुने भन्दै मतदान गर्न आव्हान गरे ।

    कनकाई ६ मा तत्कालिन वडाध्यक्ष दिर्घबहादुर थापाको निधन भएपछि त्यस क्षेत्रमा उपनिर्वाचन हुँदैछ । कार्यक्रम माओवादी केन्द्र कनकाई ६ का वडाध्यक्ष रेवतबहादुर रेग्मीको सभापतित्व तथा पार्टीका नगर सहसचिव कृष्ण खतिवडाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.