Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको उपनिर्वाचन : वडाअध्यक्षका लागि ५ दलका उम्मेद्वार चुनावी मैदानमा
    कनकाई नगरपालिका

    कनकाईको उपनिर्वाचन : वडाअध्यक्षका लागि ५ दलका उम्मेद्वार चुनावी मैदानमा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ कार्तिक १५, बिहीबार १०:२५ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई वडा नं. ६ मा मंसिर १६ गते हुने वडाअध्यक्ष पदको उपनिर्वाचनका लागि ५ दलका तर्फबाट उम्मेद्वारहरु चुनावी मैदानमा देखिन थालेका छन्।

    निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम सार्वजनिक गरेसँगै स्वतन्त्रसहित मुख्य राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाएपछि यतिबेला राजनीतिक दलहरु चुनावी मैदानमा देखिन थालेका हुन् । यस उपनिर्वाचनमा वडामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा र स्वतन्त्रबाट समेत वडाअध्यक्ष पदका लागि उम्मेद्वार सिफारीस भएको बताइएको छ ।

    यसै क्रममा नेकपा एमालेका तर्फबाट पार्टीको जिल्ला कमिटी पुर्व सदस्य साथै क्षेत्रीय कमिटीका पुर्व सचिव समेत रहेका पुर्व जनप्रतिनिधि तुलाराम बस्नेतलाई पार्टीले वडाअध्यक्ष पदका लागि उम्मेद्वार सिफारीस गरेको छ । साविक घैलाडुवा गाविसको निर्वाचित उपाध्यक्ष भएर एक कार्यकाल जनप्रतिनिधिको अनुभव बटुलीसकेका बौद्धिक व्यक्तित्व बस्नेत बिगत लामो समयदेखी कम्युनिष्ट आन्दोलनमा क्रियाशिल छन् । २०३८ देखी नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका बस्नेतले पुर्व नेकपा मालेबाट राजनीतिक जीवन सुरु गरेका हुन्। स्थानीय कम्युनिष्ट नेताहरु सूर्यप्रकाश उप्रेती, कमलपन्त, बलराम गजुरेल, बेदप्रसाद खतिवडा लगायतको प्रभाव र प्रेरणा प्राप्त गरी कम्युनिष्ट आन्दोलनमा होमिएका बस्नेतले साविक घैलाडुवा गाउँ कमिटीको सदस्य साथै दोस्रो अधिबेसनबाट दुई कार्यकाल सचिवको जिम्मेवारी सफलतापुर्वक निर्वाह गरेका थिए । पार्टीको इलाका नं.१० को सदस्य समेत रहेका बस्नेत विभिन्न सामाजिक साथै शैक्षिक संघसंस्थामा समेत सक्रिय छन् ।

    त्यस्तै नेपाली कांग्रेसबाट पार्टीका वडा सभापति समेत रहेका रामगोपाल ओली वडाअध्यक्ष पदका लागि उम्मेद्वारका रुपमा चुनावी मैदानमा होमिएका छन् । यस अघिको स्थानीय तह निर्वाचनमा समेत पार्टीका तर्फबाट वडाअध्यक्षको आकांक्षी बनेका जुझारु युवा ओलीले आँफुले मान्नु पर्ने पार्टीका अग्रज व्यक्तित्वलाई समर्थन जनाउँदै धैर्यताका साथ पार्टी राजनीतिमा सक्रिय बन्दै आएका हुन् । पार्टी राजनीतिसँगै विभिन्न सामाजिक संघ संस्थामा समेत क्रियाशिल रहेका ओली विद्यार्थी अवस्थादेखी नै पार्टीको भातृ संगठनमा क्रियाशिल रहँदै आएका थिए ।

    त्यसैगरी नेकपा माओवादीका तर्फबाट स्थानीय युवा गणेश थापालाई पार्टीले वडाअध्यक्षका रुपमा अघि सारेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीमा बसेर वि.सं.२०५७ अघिदेखी नै विद्यार्थी राजनीतिमा सक्रिय रहेका थापा त्यसपछिका दिनहरुमा भने नेकपा माओवादीको राजनीतिमा हालसम्म पनि क्रियाशिल हँुदै आएका छन् । हाल पार्टीको जिल्ला सदस्य समेत रहेका थापाले साविक घैलाडुवा गाविसको पार्टी नेतृत्व सम्हालेका थिए । पार्टी राजनीतिसँगै स्थानीय स्तरमा विभिन्न सामाजिक, धार्मिक साथै शैक्षिक संघसंस्थाहरुको नेतृत्व तहमा रहेर काम गरिसकेका थापाले पार्टीको भातृ संगठनको समेत जिम्मेवारी पूरा गरेका छन् ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत वडामा उम्मेद्वार तयार गरेको जनाइएको छ । विगत लामो समयदेखी राप्रपाको विभिन्न जिम्मेवारीमा रहेर पार्टी राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाइसकेका स्थानीय नारायण निरौलालाई राप्रपाले यस उपनिर्वाचनमा वडाअध्यक्षको उम्मेद्वार बनाउँने भएको छ। लामो समयदेखी निरन्तर पार्टी राजनीतिमा क्रियाशिल निरौला स्थानीय स्तरका विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहेको बताइएको छ ।

    त्यसैगरी यस अघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्रको उम्मेद्वारका रुपमा झिनो मतको अन्तरले पराजित बनेका लक्ष्मीप्रसाद ओली समेत यस उपनिर्वाचनमा वडाअध्यक्षको उम्मेद्वारका रुपमा चुनावी मैदानमा अघि बढ्ने भएका छन् । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी सहित वडामा क्रियाशिल अन्य साना दलको समेत आँफूलाई समर्थन हुने भएकाले निर्वाचनको तयारीमा रहेको ओलीले बताउँदै आएका छन् ।जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्महालेपछि कनकाईको वडा नं.६ मा पहिलो कार्यकालको निर्वाचित वडाअध्यक्षका रुपमा रहेर वडामा विभिन्न विकास गतिविधि सहित समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्दै आएका ओली स्थानीय स्तरका विभिन्न सामाजिक, शैक्षिक तथा धार्मिक संघसंस्थामा समेत त्यतिक्कै सक्रिय रहेको बताइएको छ ।

    कनकाई वडा नं.६ का वडाअध्यक्ष दीर्घबहादुर थापाको ६६ बर्षको उमेरमा गत असारमा निधन भएपछि रिक्त वडा अध्यक्ष पदको लागि निर्वाचन हुन लागेको हो ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते

    कनकाई माइमेलाको तयारी तीब्र

    २०८२ पुष २६, शनिबार १५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.