Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कुकुर तिहार किन मनाइन्छ ?
    राष्ट्रिय

    कुकुर तिहार किन मनाइन्छ ?

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक १५, बिहीबार ०९:५८ गते2 Mins Read

    कार्तिक कृष्ण चतुर्दशीकै दिन कुकुर तिहार पर्दछ, कुकुर तिहारको दिन उसको निष्ठा र साहसको सम्मान गरिन्छ । कुकुरलाई हिन्दु धर्ममा निष्ठा, सुरक्षा र न्यायको प्रतीक मानिन्छ । पौराणिक कथाहरूमा कुकुरलाई विशेष स्थान दिइएको छ, यसका विभिन्न धार्मिक र पौराणिक कारणहरू रहेका छन् ।

    कुकुरलाई विधिवत् पूजा गर्नु भनेर त शास्त्रमा लेखिएको छैन तर ‘स्वानबलि’ भनेर कुकुरलाई जे खान मन पर्छ त्यो दिनु भनिएको छ ।

    पौराणिक कथा अनुसार श्याम र सबल भन्ने कुकुर यमलोकको द्वारमा दुईतिर बस्छन् । यमलोकमा सबै जीवले जानुपर्छ भन्ने मान्यता छ । यमराजको सान्निध्यमा जाँदा यी कुकुरले दुःख नदिऊन् भनेर ‘स्वानबलि’ दिइएको हो । त्यसो त कुकुरलाई पनि यमदूत नै मानिएको छ ।

    महाभारतको कथा अनुसार, जब धर्मराज युधिष्ठिर आफ्नो भाइहरू र एक कुकुरसँग स्वर्ग यात्रामा जान्छन्, सबै भाइहरू बीचमै पतन हुन्छन्, तर कुकुरले अन्त्यसम्म पनि युधिष्ठिरलाई साथ दिन्छ । पछि त्यो कुकुर धर्मराजको प्रतीक भएको कुरा थाहा हुन्छ । कुकुरलाई यमराजको दूतको रूपमा पनि मानिन्छ, जसले सत्य, निष्ठा, र धर्मको मार्गमा चल्नेहरूको सम्मान गर्छ । यो कथा कुकुरको निष्ठा, सद्गुण र सहनशीलताको प्रतीक भएकाले जसलाई कुकुर पूजा गरी सम्मान गरिन्छ।

    हिन्दुधर्ममा कुकुरलाई मृत्युदेवता यमराजका दूत मानिन्छ । कुकुरले मृत्यु पछिको जीवन र यमलोकमा प्रवेशको प्रतीकात्मकता बोकेको छ । त्यसैले कुकुरलाई सम्मान गर्दै पूजा गर्दा यमराज प्रसन्न हुने र मृत्युपछिको जीवनमा शान्ति मिल्ने जनविश्वास छ ।

    भगवान शिवको एक उग्र रूप कालभैरवलाई कुकुरको साथसाथै चित्रण गरिन्छ । भैरव न्यायका रक्षक मानिन्छन् र उनीहरूलाई साथ दिने कुकुरलाई पनि धर्म र न्यायको प्रतीकका रूपमा मानिन्छ ।

    कुकुरको सेवाले राहु र केतु ग्रहजन्य पीडा कम हुन्छ भन्ने ज्योतिषीय मान्यता समेत रहेको छ । साथै वर्तमान समयमा पनि कुकुरले मान्छेलाई सुरक्षा दिन्छ र उसको निष्ठा अतुलनीय रहेको कुरालाई नकार्न सकिँदैन । घरपालुवा कुकुरले मालिकको सुरक्षा गर्ने, चेतावनी दिने र सङ्कटमा सहयोग गर्ने अहम् भूमिका खेल्दछ ।

    यी धार्मिक, पौराणिक र सांस्कृतिक कारणहरूकै कारणले कुकुर तिहार मनाइन्छ, जसमा कुकुरको पूजा गरेर उसको योगदानको कदर गरिन्छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.