Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई ३ को पोल्टामा वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि
    कनकाई नगरपालिका

    कनकाई ३ को पोल्टामा वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक १४, बुधबार २३:२६ गते2 Mins Read

    कनकाई खबर \ होटल डिलाईट र अमेरिकी भुतपुर्व सैनिक आशिष संग्रौलाद्धारा यहाँस्थित सुरुङ्गामा आयोजित कनकाई वार्डस्तरीय दसैतिहार कप फुटबल प्रतियोगिताको उपाधि कनकाई ३ ले हात पारेको छ ।

    बुधबार सम्पन्न फाईनल खेलमा ३ नम्बरले ५ लाई १—० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै कनकाई ३ ले सबैभन्दा ठुलो धनराशीको वार्डस्तरीय फुटबलको उपाधि रक्षा गरेको हो । ३ नम्बरले उपाधिसँगै नगद ७१ हजार रुपैँया प्राप्त गर्यो भने उपबिजयी हुने टिम ५ नम्बरले नगद ३५ हजारमा चित्त बुझायो ।

    कनकाई ३ को लागि आज पनि क्षितिज कुँबर नायक बने । खेलेका सबै खेलमा म्यान अफ द म्याच बन्न सफल कुँवरले आजपनि आफ्नो टिमका लागि खेलको १९ औ मिनेटमा सुन्दर गोल गर्दै टिमलाई बिजयी बनाए । कुँबरले छातीले वल रोक्दै अगाडि बढाएर सोझै गोल पोस्टमा वल छिराएका थिए । क्षितिजले आजको खेलको पनि म्यान अफ द म्याच हँुदै नगद १ हजार ५ सय प्राप्त गरे /

    बिजयी हुने टिम तथा उपबिजयी हुने दुबै टिमलाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर ४ का सांंसद एलपी साँबा लिम्बु, प्रदेश सांसद राधाकृष्ण खनाल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी , संविधानसभा सदस्य अम्बिका राजवंशी, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई, आयोजक समितिका ख्याम ओली, आशिष संग्रौला, नविन सुवेदी लगायातले नगद र ट्रफि प्रदान गरे ।
    यसैगरी यस खेलमा विधागत तर्फको सर्वोत्कृष्ट खेलाडी कनकाई ३ का आदित्य बाँनीया घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरी हाईस्कोरकर्ताका रुपमा कनकाई ५ का रोचन लिम्बु घोषित भए । उनले समेत नगद ५ हजार रुपैँया प्राप्त गरे । यसैगरी उत्कृष्ट गोलकिपर कनकाई ३ का विवेक वाग्ले र उत्कृष्ट डिफेन्डर कनकाई ३ कै विशाल मुर्मू घोषित भए । उनले समेत नगद ५ हजार प्राप्त गरे ।

    आजै कनकाई नगरपालिका क्षेत्रबाट खेल खेलेर हाल राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिरहने पुरुष फुटबलका राष्ट्रिय खेलाडी रोहन कार्की र महिला तर्फकी खेलाडी सिम्रन राईलाई समेत नगद ५ हजार सहित सम्मान गरिएको थियो ।

    कार्तिक ९ देखि सुरु भई आज १४ मा समापन भएको प्रथम वडास्तरीय दशैं तिहार कप (नकआउट) फुटबल प्रतियोगिताको मुख्य प्रायोजक हाल अमेरीका बस्दै आएका खेलप्रेमी स्थानीय युवा आशिष संग्रौला, अमेरीकास्थित नेप्लीज मिल्ट्री भेट्रान्स क्लव र दारी क्लव युएसए रहेको बताइएको छ । त्यस्तै प्रायोजकका रुपमा युएसए आर्मी नविन सुवेदी सहित बद्री संग्रौला, आकाश संग्रौला, ओजिस उप्रेती, क्रिस्टल कडेँल, योगेश आचार्य र संदिप वास्तोला रहेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.