Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मदन मण्डारी मार्गलाई महेन्द्र राजमार्गमा नजोडी छुट्टै सडक निर्माण गर्नु पर्ने माग
    विशेष

    मदन मण्डारी मार्गलाई महेन्द्र राजमार्गमा नजोडी छुट्टै सडक निर्माण गर्नु पर्ने माग

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक १४, बुधबार २२:२७ गते3 Mins Read

    शिवसताक्षी \ निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली गाउँपालिकाको कमल खोलादेखि माइ नगरपालिकासम्म सडक निर्माणको काम सुरु हुने भएको छ ।

    मंगलबार शिवसताक्षी नगरपालिकाको दूधेमा मदन मण्डारी राजमार्ग आयोजना अन्तर्गत उक्त क्षेत्रको आइईई प्रतिवेदन सार्वजनिक गरेको हो ।

    वि.सं. २०७५ साल जेठ ०६ गते मन्त्री परिषदको निर्णय अनुसार चुरिया क्षेत्र र भित्री मधेशका उपत्यकाहरु जोड्नका लागि मदन भण्डारी राजमार्गको अवधारण ल्याएको थियो । जसले पूर्व झापाको बाहुण्डागीदेखि भित्री मधेशका प्रमुख शहरहरु धरान, गाइघाट, सिन्दुलीमाढी हेडौडा, भरतपुर, तम्घास, घोराई, तानसेन सुर्खेतहुँदै डडेलधुरासम्म हुने आयोजनाले जनाएको छ ।

    हाल चुलाचुलीको कमल खोलासम्म सडक निर्माणका काम सुरु भएपनि कमलदेखि माइनगरपालिका सम्म भने काम सुरु हुन सकेको छैन । विभिन्न राजनीतिक कारणहरुका बाजबुत आयोजनाले ४ वर्ष अघि गरेको डिपिआर अनुसार सडक नबन्ने भएपछि सम्वन्धि पालिका र स्थानीय बासीहरु खबरदारी आएका थिए ।

    हाल कमल खोलादेखि माइनगरपालिकाको माईखोला सम्मको २५.३०२ किमीसडक निर्माण लागि आइ.इ.इ प्रतिवेदन सार्वजनिक गरिएको हो ।

    उक्त सडक शिवसताक्षी नगरपालिका वडा नं. ११ उत्तर सतासीधाम खानेपानी ट्यांकीबाट दक्षिण दूधे बजारमा जोडी माइधारसम्म महेन्द्र राजमार्गमा ओभरल्याव गर्ने गरी आइइइ प्रतिवेदन तयार भएको होमल्याण्ड इन्जिनिनियरिङ कन्सल्टेन्सी प्रा.लिका परापर्शदाता मिन थापाले जानकारी दिए ।उनले सडक क्षेत्रअधिकार भित्र पर्ने स्थानमा प्रारम्भिक वातावरण परीक्षणको सान्दर्भिकता, भौतिक विवरण, जैविक वातावरण सम्वन्धी सम्पूर्ण प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

    उक्त प्रतिवेदन माथि छलफलका क्रममा चुलाचुली गाउँपालिका र शिवसताक्षी नगरपालिकालेका प्रमुखहरु, मदन भण्डारी राजमार्ग संघर्ष समिति र स्थानीयबासीले उक्त सडक पानीट्याकंकीबाट दूधे बजार नजोडी पुरानै डिपिआरमा कायम गर्नु पर्ने धारणा राखे । उनीहरुले मदन भण्डारी राजमार्ग बैकल्पिक सडकका रुपमा रहेकाले यसमा राजनीतिकरण नगरी साविकको डिपिआर भएको चुलाचुलीको कान्छी चोकबाट कमलखोला, सताक्षीधाम मन्दिर, सतासीधाम खानेपानी ट्यांकी हुँदै चुरेको फेदबाट दोमुखा जोड्नु पर्ने धारणा व्यक्त गरे ।

    त्यस्तै कार्यक्रममा मदन भण्डारी राजमार्ग आयोजना दमकका इन्जिनियर सुवास दत्तले मदन भण्डारी राजमार्ग दूधेबजारमा ल्याएर जोड्ने कुरा दमक कार्यालय अनविज्ञ रहेको बताए । आइइइ प्रतिवेदनका लागि आयोजनाको केन्द्रिय कार्यालय काठमाण्डौले गर्ने भएकाले हामी यसमा जानकार छैनौ उनले भने, । इन्जिनियर सुवासले सार्वजनिक सुनुवाईमा भएका सुझावहरुलाई केन्द्रिय कार्यालयमा पठाइने समेत जानकारी दिए ।

    मदन मण्डारी राजमार्ग कमलदेखि माइखोला सम्मको क्षेत्रमा ४९४ वटा रुखहरु कटान हुने प्रतिवेदनमा उल्लेख छ । हालसम्म राजमार्गको ७७ प्रतिशत काम सम्पन्न भएको इन्जिनियर दत्तले जानकारी दिए । आयोजनाका अनुसार सडकको रेखाङकन अनुसार पूर्वमा सुनसरीको सार्दु खोलदेखि झापाको पातापुर सम्म १२७.८ किमीमा हाल ९५.८ किमी सडक ठेक्का लागिसकेको छ । जसमा कमल खोलादेखि सदाहतस्थल सम्म चतहरादेखि सार्दु खोलासम्म गरी ३२ किमी सडक ठेक्का लाग्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
    सडक ठेक्का व्यवस्थापन भएको ७ ओटा ठेक्का मध्ये एउटा ठेक्का सम्पन्न भई हाल ६ ओटा ठेक्का चालु आवस्थाम छन् । जसमा ३७ ओटा मुल ठेक्का लागेकोमा २२ ओटा पुलको निर्माण कार्य सम्पन्न भएको छ ।

    सडक निर्माणमा बन क्षेत्र बाधक भएको आयाजना सुबास दत्तले जानकारी दिए । हालसडक निर्माण हुँदै गरेको मोरङ्ग जिल्लामा रुख कटान ढिला हुँदा सडकले पूर्णता पाउन नसकेको आयोजनाको भनाई छ । इन्जिनियर दत्तका अनुसार बन मन्त्रालयबाट अब छिटै मोरङ्ग सडक खण्डमा रुख कटानका लागि अनुमति प्राप्त हुने छ । त्यस्तै इलाम र झापामा उक्त सडकमा पर्ने रुख कटानका लागि बन विभागमा फाइल पुगिसेको समेत आयोजनाले जनाएको छ । धरान देखि मेची नगर सम्ममा ५० हजार बन क्षेत्र पर्ने र १३ हजार रुख कटान हुने आयोजनाले जनाएको छ ।

    आईईई प्रतिवेदन सार्वजनिकमा शिवतसाक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्ग, गाउँपालिका उपाध्यक्ष दिलु लावती, शिवसताक्षी वडा नं. १० का वडाध्यक्ष हर्क सिगु, ९ का वडाध्यक्ष डिल्ली लाल फेम्बु, ११ वडाध्यक्ष बहादुर आङ्गबो, मदन भण्डारी सघर्ष समितिका संयोजक सुबास आङ्गथपु लगायतले सुझाब राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.