Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    मानवीय सेवामा समर्पित लिलाप्रसाद चिमरिया : लायन्स गभर्नरको नयाँ यात्रामा

    २०८२ चैत्र २१, शनिबार १६:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कृषकलाई आलु खेती सम्बन्धि प्रशिक्षण प्रदान गर्दै रोटरी क्लव अफ सुरुङ्गा
    कनकाई नगरपालिका

    कृषकलाई आलु खेती सम्बन्धि प्रशिक्षण प्रदान गर्दै रोटरी क्लव अफ सुरुङ्गा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ कार्तिक १४, बुधबार ०८:१२ गते4 Mins Read

    कनकाई खबर \ निस्वार्थ सामाजिक सेवामा अहोरात्र क्रियाशिल रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रका कृषकहरुलाई लक्षित गरी आलु खेती प्रविधि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    कृषिलाई व्यवसायिक बनाएर स्थानीय कृषकहरुको आम्दानीको बलियो स्रोतका रुपमा विकास गर्ने उद्येश्यका साथ आलु खेती सम्बन्धि प्रशिक्षण संचालन गरेको हो । क्लवको वार्षिक क्यालेण्डर अनुसार समय र स्थानीय स्तरको आवश्यक्तालाई मध्यनजर गर्दै हरेक महिना समुदायसँग जोडिने किसिमको कार्यक्रम संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाले कृषकहरुका लागि अहिले आलुखेतीको समय भएकोले पनि आलु खेती प्रविधि सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती प्राप्त युवा बैज्ञानिक प्रसोधन निरौलाले आलु खेती प्रविधि सम्बन्धि प्रशिक्षण दिएका हुन् ।

    प्रशिक्षणका क्रममा आइतबार कनकाई वडा नं.४ स्थित ज्येष्ठ नागरिक भवनमा स्थानीय वडा कार्यालयसँगको सहकार्यमा वडामा क्रियाशिल विभिन्न कृषि समुहका प्रतिनिधि साथै अगुवा कृषकहरुको उत्साहजनक सहभागीतामा कार्यक्रम सम्पन्न भएको रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष लुबराज उप्रेतीले जानकारी दिए । क्लवका अध्यक्ष उप्रेतीको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कनकाई वडा नं.४ का वडाअध्यक्ष रोशन सुवेदी, नगरपालिकाका कृषि विकास शाखा प्रमुख यदुकुमार उप्रेती, नगरका अन्य कर्मचारीहरु, वडाका जनप्रतिनिधिहरु सहित रोटरी क्लवका पुर्व अध्यक्षहरु सहित पदाधिकारीहरुको समेत उपस्थिती रहेको कार्यक्रममा क्लबका प्रेसिडेन्ट इलेक्ट डिल्लीराम मैनालीले कार्यक्रमको औचित्य सहित स्वागत गरेका थिए ।

    त्यस्तै सोमबार दक्षिणी भारतको सिमा क्षेत्रमा रहेको झापाको पुरानो सदरमुकामले चिनिने झापा बजार नजिकै रहेको झापा गाउँपालिका–४स्थित डिल्लीराज माविको सभा हलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । झापा गाउँपालिकाको सहकार्यमा संचालन भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा झापा गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष हिमाल चौलागाईँ, पालिकाका कृषि तथा पशु शाखा प्रमुख जगतनारायण मण्डल, कृषि अधिकृत समिक्षा उप्रेती ,पशु अधिकृत शर्मिला बर्देवा, डिल्लीराज माविका पुर्व प्रधानाध्यापक सुन्दरलाल गणेश सहित क्रियाशिल विभिन्न कृषि समुहका प्रतिनिधि साथै अगुवा कृषकहरुको सहभागीता रहेको क्लवका प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोराले जानकारी दिए ।

    प्रशिक्षणका क्रममा प्रशिक्षक निरौलाले बोटबिरुवालाई पनि मानिसको जस्तै पौष्टिक आहाराको आवश्यक्ता पर्ने भएकाले यसको मात्रा घटी वा बढी भएमा सोचेजस्तो परिणाम नआउँने जानकारी दिए । प्रशिक्षक निरौलाले आलु खेतीमा मात्रै नभएर सबै खेतीका लागि महत्वपूर्ण विषय विउ भएकाले विउ उत्पादन र यसको अवस्थाका बारेमा कृषकलाई ज्ञान हुनु पर्ने बताए ।

    त्यस मध्ये आलुका लागि माटो कसरी छनौट गर्ने, कस्तो माटो छनौट गर्ने, सिंचाई कहिले–कहिले र कसरी गर्ने, मल कसरी हाल्ने, गोबर मल कस्तो प्रयोग गर्ने, आलुलाई आवश्यक खाद्य लगायतको सन्तुलनको व्यवस्था कसरी मिलाउँने जस्ता विषयमा प्रष्ट पार्दै निरौलाले प्रशिक्षण प्रदान गरेका थिए । यसका साथै माटोको प्रकार, गुणस्तर र यसमा रहेका विविध तत्व, माटोमा लाग्ने रोग र माटो अनुकूल उत्पादनका विषयमा समेत जानकारी गराइएको थियो ।

    आलु खेतीप्रविधि प्रशिक्षण प्राप्त गरेसँंगै सहभागी कृषकहरुले तालिम प्रभावकारी भएको र अब आँफुहरुले पनि व्यवसायीक रुपमा आलु खेती गर्ने सोच बनाएको बताए । आलुको सिजनलाई प्राथमिकतामा राखेर किसानलाई आवश्यक सिप प्रदान गर्दै परम्परागत खेती प्रणालीलाई विकास गर्न सहयोग पुगेको भन्दै सहभागीहरुले आयोजक रोटरी क्लवप्रति आभार प्रकट गरे ।

    प्रशिक्षणका क्रममा कृषकहरुले देखाएको उत्साह र उत्सुकताको आधारमा आवश्यकता अनुसार यस किसिमको तालिमलाई वार्षिक रुपमा निरन्तरता दिन सकिने क्लवका पुर्व अध्यक्ष एवं रोटरी डिष्ट्रिक ३२९२ रिजन ७ का एसिस्टेन्ट गभर्नर कुमारमणी पोखरेलले बताए ।

    तालिममा महिलाहरुको उत्तिक्कै सहभागीता रहेकाले परम्परागत र निर्वाहमुखी रुपमा गरिदै आएको कृषिलाई व्यवसायिक बनाउँन सकिने एसिस्टेन्ट गभर्नर पोखरेलले विश्वास व्यक्त गरे । रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था भएकाले सामाजिक र मानवीय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको गभर्नर पोखरेल बताउँछन् ।

    रोटरी क्लव अफ सुरुङ्गाले आयोजना गरेको आलुखेती प्रविधि प्रशिक्षण कार्यक्रममा सहकार्य गरेर हौसला प्रदान गर्ने स्थानीय सरकारसहित सहभागी सबैप्रति क्लवका अध्यक्ष लुवराज उप्रेतीले धन्यवाद सहित आभार प्रकट गरे । मानवीय र सामुदायिक सेवामा क्रियाशील सहयोगी हातहरू अगाडि बढाउने क्रममा रोटरीले आफ्नो सीमित साधन र स्रोतको अधिकतम परिचालन गर्नुका साथै रोटरी अन्तर्राष्ट्रियको सहयोगमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वृक्षरोपण लगायत विभिन्न सामुदायिक क्षेत्रमा समेत काम गर्दै आएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।औपचारिक कार्यक्रमको संचालन क्लवका सचिव सोमनाथ उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    मानवीय सेवामा समर्पित लिलाप्रसाद चिमरिया : लायन्स गभर्नरको नयाँ यात्रामा

    २०८२ चैत्र २१, शनिबार १६:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    मानवीय सेवामा समर्पित लिलाप्रसाद चिमरिया : लायन्स गभर्नरको नयाँ यात्रामा

    २०८२ चैत्र २१, शनिबार १६:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते

    महाकालेश्वर शिवालय मन्दिरमा भएको महायज्ञको आयव्यय सार्वजनिक

    २०८२ चैत्र २०, शुक्रबार २३:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.