Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई सामुदायिक वन उजाड देखियो, यसको पहिचान जोगाउँन सांसद साँवाको जोड
    कनकाई नगरपालिका

    कनकाई सामुदायिक वन उजाड देखियो, यसको पहिचान जोगाउँन सांसद साँवाको जोड

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक १२, सोमबार १५:१७ गते3 Mins Read

    कनकाई खबर \ कनकाई सामुदायिक वनको कार्यालय परिसरमा एउटा फुलबारी समेत नभएकाले वन क्षेत्र दिनप्रतिदिन उजाड देखिँदै गएको भन्दै प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूले यसको पहिचान जोगाउँन अनुरोध गरे ।

    वन समुहको २६औं वार्षिक साधारणसभाको अवसरमा प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै सांसद साँवाले ‘हरियो वन नेपालको धन’ भनेर पढ्ने मात्र नभई कामले यसको पहिचान जोगाउँन वन समितिलाई सुझाव दिए । विज्ञान पार्क, बाल उद्यान्न निर्माण गर्ने योजना सहित पर्यटन प्रवद्र्धनका लागि अत्यन्तै महत्वपूर्ण योजना निर्माण गरिरहेको कनकाई सामुदायिक वनले कार्यालय परिसरमा एउटा फुलबारी पनि निर्माण गर्न नसक्नु दुःखद भएको भन्दै सांसद साँवाले चिन्ता व्यक्त गरेका हुन् ।

    सामुदायिक वनको कार्यक्रममा आएका उपभोक्ता सहित सम्पूर्ण अतिथीहरुले वन क्षेत्रको साइड सिनको अवलोकन गर्दै सेल्फी खिच्न पाउँने वातावरण सिर्जना गर्न उपभोक्ता समितिलाई अपिल गर्दै सांसद साँवाले सरकारको मात्र मुख ताक्ने प्रवृत्तिको न्युनीकरण गर्दै अघि बढ्नु पर्ने धारणा राखे । वन समूहको कार्यालयमा एउटा सभा हलको आवश्यकता खड्कीएको साथै कार्यालय परिसरमा महिला र पुरुषका लागि शौचालय अभाव रहेको भन्दै कार्यक्रममा सहभागीहरुले यस तर्फ उपभोक्ता समितिले प्राथमिकता दिनु पर्ने धारणा राखे ।

    कार्यक्रममा पत्रकार सहित एक दर्जन बढी व्यक्तित्वहरुलाई विभिन्न विधामा सम्मान समेत गरिएको छ । यसै क्रममा उमानारायण मिडियाका सञ्चालक समेत रहेका पत्रकार दिपेश प्रसाईलाई वन समुहको संरक्षण र यसका सकारात्मक गतिविधिको प्रचारमा महत्वपूर्ण भुमिका खेलेको भन्दै नगद ५ हजारसहित सम्मान गरिएको हो । उनलाई प्रमुख अतिथि सांसद साँवा कोशी प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री हिराकुमार थापा, संविधानसभा सदस्य अम्बिका खवास, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओली लगायतले सम्मान गरेका हुन् ।

    त्यसै गरी कार्यक्रममा समाजलाई साहित्य र शिक्षाको माध्यमबाट सचेत बनाउने अग्रज साहित्यकार तथा शिक्षासेवी कोमलप्रसाद पोखरेललाई सम्मान गरिएको थियो । त्यसै गरी, कार्यक्रममा समूह क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकहरू कनकाई–४ का राधाकृष्ण ढकाल र मनमाया संग्रौला , वडा नं. ३ बाट दाताराम खरेल, ललितबहादुर कार्की, मनमाया संग्रौला र गंगादेवी उप्रेती, वडा नं. २ बाट धनार्जन तिवारी र कमलादेवी मैनालीलाई दोसल्लासहित सम्मान गरिएको छ ।

    समूहले उपभोक्ता परिवारका सदस्य गरिब तथा जेहेन्दार विद्यार्थीलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिदै कनकाई मावि सुरुङ्गाबाट एसईई–२०८० मा उत्कृष्ट नतिजा कुल ३.७८ जिपीए ल्याउने सफल मैनाली र छात्रातर्फ ३.७५ जिपिए ल्याउने रमा ओली साथै जेहेन्दार तर्फ सोनिका मर्डीलाई नगद पुरस्कारसहित प्रशंसा पत्रले सम्मान गरिएको थियोे ।

    कार्यक्रममा वन समुहका कार्यालय सहायक गोकर्ण पराजुलीलाई उत्कृष्ट कर्मचारीको रूपमा नगद ५ हजारसहित सम्मान गरिएको थियोे भने वन संरक्षण समितिका संयोजक देवराज ओझा, सदस्य तिलादेवी संग्रौला, धरणीधर मैनाली, इन्द्र रोक्का, फरक क्षमता भएका कृष्णबहादुर राजवंशी, रञ्जितबहादुर बुढाथोकी, यसोदादेवी लुईटेल र भक्त विकलाई सम्मान गरिएको थियोे ।

    कार्यक्रमको अध्यक्षता समेत गरिरहेका वन समूहका अध्यक्ष ख्याम ओलीले आर्थिक वर्ष २०८०\२०८१ मा समुहबाट सञ्चालन गरिएका विभिन्न योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । समुहका कोषाध्यक्ष श्रीप्रसाद खरेलले वन समुहमा वार्षिक रूपमा वन पैदावर, गैह्र वन पैदावर तथा आर्थिक बर्ष २०८०\२०८१ को बैक तथा नगद मौज्दातबाट समेत आम्दानी हुने २०८१\२०८२ को अनुमानित ४ करोड १४ लाख ६६ हजार तिन सय दुई रुपैयाँ बराबरको कार्ययोजना समेत समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले दुवै प्रतिवेदनका साथमा लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेका थियो ।

    समुहका उपाध्यक्ष ललितबहादुर कार्कीको स्वागत तथा मान्ता खरेलले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ४का प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूसहित कोशी प्रदेशका पुर्व कृषि मन्त्री हिराकुमार थापा, कनकाई नगरपालिका कार्यपालिका सदस्य तथा कनकाई–३ को कार्यवाहक वडाअध्यक्ष कृष्णमाया भुजेल, सामुदायिक वन कोशी प्रदेश सदस्य ख्यामराज सिटौला, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्केरा, सल्लाहकार भीष्म मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.