Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको उपनिर्वाचनः एमालेबाट बस्नेत, भट्टराई र प्रसाईँ आकांक्षी, उम्मेद्वार आज टुङ्गो लाग्ने
    कनकाई नगरपालिका

    कनकाईको उपनिर्वाचनः एमालेबाट बस्नेत, भट्टराई र प्रसाईँ आकांक्षी, उम्मेद्वार आज टुङ्गो लाग्ने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ कार्तिक १०, शनिबार ०९:०१ गते2 Mins Read

    कनकाई खबर \ आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एमाले कनकाईले आज उम्मेद्वारको टुङ्गो लगाउने भएको छ ।
    झापामा एक मात्र स्थान कनकाई वडा नं.६मा वडाअध्यक्ष पदकालागि उपनिर्वाचन हुँदैछ । वडाअध्यक्ष दीर्घबहादुर थापाको ६६ बर्षको उमेरमा गत असारमा निधन भएपछि रिक्त वडा अध्यक्ष पदको लागि निर्वाचन हुन लागेको हो ।

    जसकालागि अहिले प्रमुख राजनीतिक दलका जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको कनकाई नगरमा चहलपहल बढेको पाइन्छ । उपनिर्वाचनकालागि नेकपा एमाले कनकाई वडा नं. ६ को केही दिन अघि सम्पन्न वडा कमिटीको बिस्तारित बैठकले वडास्तरीय निर्वाचन परिचालन समिती साथै निर्वाचन केन्द्रित सल्लाहकार समिति सर्वसम्मत रुपमा चयन गरिसकेको छ ।

    एमाले नगर कमिटीका पुर्व सचिवालय सदस्य साथै पुर्व वडा ईञ्चार्ज धर्मेन्द्र भट्टराईको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको हो । त्यस्तै स्थानीय एमाले नेता लीलाबल्लभ सुवेदीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन केन्द्रित सल्लाहकार समिति गठन गरेको बताइएको छ । एमाले वडा कमिटी अध्यक्ष वृहस्पती ओलीको अध्यक्षता एवं जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीको प्रमुख आतिथ्यमा निर्वाचन केन्द्रित विशेष बैठक सम्पन्न भएको हो ।

    एमालेका तर्फबाट पार्टीको जिल्ला कमिटी पुर्व सदस्य साथै क्षेत्रीय कमिटीका पुर्व सचिव समेत रहेका पुर्व जनप्रतिनिधि तुलाराम बस्नेत, त्यस्तै नगर कमिटीका पुर्व सचिवालय सदस्य धर्मेन्द्र भट्टराई र पुर्व ईलाका कमिटी सदस्य शान्तीराज प्रसाई आकांक्षीका रुपमा रहेको पाइएको छ । वडा कमिटी सहित निर्वाचन परिचालन समितिको सिफारीसका आधारमा एमाले नगर कमिटीले आज कातिक १० गते उम्मेद्वारको टुङ्गो लगाउँने पार्टी स्रोतले जनाएको छ ।

    वडाअध्यक्ष पदमा आकांक्षी तीनजना रहेको भएपनि यस उपनिर्वाचनका लागि बस्नेतकै पक्षमा निर्णय हुने अवस्था देखिन्छ । साविक घैलाडुवा गाविसको निर्वाचित उपाध्यक्ष भएर एक कार्यकाल जनप्रनिधिको अनुभव बटुलीसकेका बौद्धिक व्यक्तित्व बस्नेत बिगत लामो समयदेखी कम्युनिष्ट आन्दोलनमा क्रियाशिल छन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.