Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वडास्तरीय फुटबल सुरु, कनकाई ३ को बिजयी सुरुवात
    कनकाई नगरपालिका

    वडास्तरीय फुटबल सुरु, कनकाई ३ को बिजयी सुरुवात

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक ९, शुक्रबार २१:५० गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाई—३,सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा प्रथम वडास्तरीय दशैं तिहार कप फुटबल प्रतियोगिता संचालन भएको छ ।

    सुरुङ्गास्थित होटल डिलाइटलको आयोजना एवं हाल अमेरीका बस्दै आएका खेलप्रेमी स्थानीय युवा आशिष संग्रौला, अमेरीकास्थित नेप्लीज मिल्ट्री भेट्रान्स क्लव र दारी क्लव युएसएको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भएको हो । कनकाई वडा नं. ३ र वडा नं.७ बीच भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ३ ले जित हासिल गरेको छ ।

    डा नंं.३ ले वडा नंं.७ लाई ३—१ गोल अन्तरले पराजित गरेको हो । बिजयी टिम ३ नम्बरका लागि खेलको पहिलो हाफमा सबै गोल सम्भव भएको हो ।जसमा खेलको १९ मिनेटमा रोहन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । क्रमिक रुपले खेलको २१ मिनेटमा अरुण श्रेष्ठले र २४ मिनेटमा क्षितिज कुवँरले गोल गरेका थिए । यता वडानम्बर ७ का खेलाडी अमुल्य लिम्बुले भने खेलको ३१ औ मिनेटमा गोल गरेपनि टिमको हारलाई भने टार्न सकेनन् ।

    कनकाई ३ दोस्रो हाफमा एक खेलाडीले दोहोरो एलो कार्ड खाँदै मैदान बाहिरीदा कनकाई ३ का १० खेलाडीमा सिमित हुन पुगेको थियो । तर वडा नं. ७ ले यसको फाइदा उठाउन भने सकेनन् ।खेलको म्यान अफ द म्याच बिजयी टिमका खेलाडी क्षितिज कुँवर घोषित भए । उनलाई आयोजक संस्था होटल डिलाइटका संचालक ख्याम ओली, मुख्य प्रायोजक आशिस संग्रौला लगायतले नगद १५ सय सहित पुरस्कृत गरे । उनी भारतीय टिम राजस्थान रोयल्सबाट व्यावसायिक फुटबल समेत खेलिरहेका छन् । विजेता बनेको कनकाई वडा नं.३ राष्ट्रिय खेलाडी रोहन कार्की सहित खेल मैदानमा उत्रिएको थियो ।


    कनकाई माविको खेल मैदानमा आज कार्तिक ९ गतेदेखि संचालन भएको प्रतियोगिताको भोली शनिवार २ खेलहरु हुनेछन । पहिलो खेल कनकाई ९ र वडा नं. १ बीच दिउँसो १ बजे र दोस्रो खेल वडा नं. ८ र ४ बिच दिउँसो ३ बजे हुने आयोजक समितिका खेल संयोजक दिपेन ओलीले जानकारी दिए ।

    प्रतियोगिताको उद्घाटन संघिय सांसद एलपी साँवा लिम्बुले गरेका थिए । साँवाले विदेशमा रहेर पनि खेल क्षेत्रको विकासका लागि यहाँका सचेत युवाले पहल गरेको भन्दै प्रसंसा गरे । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक दिपेन ओलीले यस क्षेत्रका खेलप्रेमी जनताको भावनालाई मर्न नदिन फुटबल खेलको आयोजना गरिएको बताए । कार्तिक १४ गतेसम्म संचालन हुने फुटबल प्रतियोगिताको बिजेताले नगद ७१ हजार, मेडल र प्रमाण पत्र साथै दोस्रो हुने टिमले नगद ३५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
    प्रतियोगितामा कनकाई नगरपालिकाको ९ वटा वडाको ९टिम र कनकाई भेट्रान्सको एक टिम गरी १० वटा टिमको सहभागीता रहेको बताइएको छ ।

    कनकाई माविको खेल मैदानमा संचालन भएको प्रतियोगिताको उद्घाटन खेल अघि कनकाई नगर क्षेत्रका पत्रकारहरुको संस्था कनकाई सुरुङ्गा प्रेस क्लव र कनकाई भेट्रान्स वीच भएको मैत्रीपुर्ण खेलमा कनकाई भेट्रान्स बिजयी बनेको थियो । कार्यक्रमकै अवसरमा आयोजकका तर्फबाट कनकाई भेट्रान्स क्लवका खेलाडीलाई आवश्यक पर्ने जर्सी हस्तान्तरण गरेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.